अन्तर्वार्ता,जिन्दगीको …..!


भक्त गुरुंग बोस्टन यु.एस.  

यस कथा नेपाली समाजमा हुने लिंगीय भेदभावमा आधारित छ! साथै हिन्दू नारीहरुको महान् चाड तिजको शुभ अवसरमा  तयार पारिएको हो ! यस महान् चाडको उपलक्ष्यमा सम्पूर्ण नेपाली नारीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु|)
एउटी टुहुरी केटीको अन्तरकथा ,बेदना ,पिडा जुन सामान्य मानिसमा भन्दा फरक हुन्छ;उनीमा पनि त्यो छटपटी ,उकुसमुकुसपना हृदयविदारक अंतर्द्वंद आदि इत्यादी थियो,,हुनु स्वाभाविकै  हो ! एउटा सम्भ्रान्त परिवारमा जन्मिएर पनि उनमा एउटा बन्धन छ समाजको,भेदभाव छ लिङ्गको | नारी भएकै कारण उनको जीवनमा ठुलो आरोह अवरोह भएको छ एउटा सम्बेदनशील नारी जो ‘आमा’जस्तो पवित्र शब्दको अधिकारी हुन सक्छे हाम्रो समाजले बुझी रहेको छैन
बुझ्ने प्रयास गरेको देखिंदैन! ‘सम्झना’एउटी अत्यन्तै सरल ,सोझी र एउटी पूर्ण नारी!                                     
मानव जीवन,एउटा जैविक प्राणीको नाताले उनमा एउटा हृदय ,एउटा स्वच्छ मन आदि इत्यादी जुन एउटा मानवमा हुन्छ ;एउटा भावना |उनलाई पनि समयको परिवर्तन संगै शारीरिक एवं मानसिक परिवर्तन तर्फ उन्मुख गराउदै लग्यो | एकाइशौं  बशन्त पार पछी उनमा एककिसिमको मानसिक परिवर्तन
आयो जुन अरु बशन्तहरुले अचानक यसरी एका एक ल्याएको थिएन |उनी बिस्तारै भाबुक बन्दै गईन् |उनले जीवन र जगत् लाइ  एउटा बयस्क नारीको रुपबाट र एउटा शिक्षित नारीको तर्फबाट अनुभव गर्दै गईन् ,उनका समस्त ज्ञानेन्द्रीयहरुले जीवन र जगत् को अनुभव यसरी गरे मानौ,सिङ्गो जगत् को परिपुर्णआत्मकता उनको जीवनमा नै समाहित छ| उनी सुशील र सहनशील नारी थिइन् \ हात्तीको  जस्तो धैर्यता थियो उनीमा | उनको जिन्दगीको पल पल हामीले सोचेजस्तो परिपूर्ण अनि भरिपूर्ण थिएन कारण थियो सौतेनी आमा ,सौतेनी आमासंग बिताउन पर्दा उनको जीवनमा कुनै मिठास थिएन ,सिर्फ रिक्तता र तिक्तता थियो| त्यहि प्रभावले होला उनमा कुनै सम्भ्रन्तताको कुनै झलक थिएन ;थियो केवल शालीनता,चन्द्रमाको जस्तो शितलता अनि फूलको जस्तो कोमलता …..|
               घरका सबै ब्यबहारिक कामहरु सिध्याएर पनि उनले  क्याम्पसमा  आफ्नो अध्ययनलाइ पनि शानदार निरन्तरता दिएकी थिइन् |कलेजमा उनको त्यति घनिष्ठता थिएन | कलेजमा साथीहरुको छाडापन ,स्वछन्दता उनलाई त्यति मन पर्दैन थियो |सायद त्यो उनको वास्तविकताको परिधि भन्दा टाढा थियो | उनको सरलता,सुशिलता प्रति शिक्षक तथा शिक्षार्थीहरु पनि आकर्षित हुन्थे | यसो भन्न सकिन्छ कि,उनी अब्बल दर्जाकी अध्ययनशील छात्रा थिइन् |
                                    उनका बुबा सुबर्ण थापा समाजका एक प्रतिष्ठित व्यक्ति थिए | बहुमुखी या बहुआयामिक भएता पनि उ ,समाजसेवी भन्न रुचाउथे आफुलाई | उनको व्यक्तित्व प्रति समाजका सदस्यहरु पनि प्रभावित थिए | बिशेष गरि “समाजमा शिक्षाको उज्यालो समानरुपमा वितरित हुनुपर्छ ,भेदभावबिना ”भनि आफ्नो धारणा राख्दथे | शिक्षाका लागि मरी मेटदथे पनि | समुदायमा हुने महत्वपुर्ण कार्यक्रमहरुमा बिशेष अतिथिको रुपमा प्राय आमन्त्रित हुन्थे |
                                      *************************************************************************************************************************************************
                                 सुबर्ण थापा संग कमलादेवीको  बिबाह भब्यरुपमा विधिवित सम्पन्न भयो|समुदाय देखि टाढा-टाढाका आफन्त ,शुभचिन्तक सबै त्यस मनमोहक समारोहमा सम्मिलित भए| आफुले भ्याए सम्मका बधाई ,शुभकामना ,आशिर्बाद ती दुइ जोडीमा चढाईए !बहुत बृहत् हर्ष बढाई भयो| उनीहरुको जोडी पर्ति सबैमा एककिसिमको इर्ष्या देखियो;एवंरितले सम्पन्न भयो ,त्यो जीवनको एक मोड कमलादेवी र सुबर्ण थापाको ….|
                                 त्यसपश्चात ,उनीहरुमा भावनात्मक एकता थियो,समझदारीको बलियो जड नै थियो ,साथै मेलमिलापको छुट्टै शुत्र नै थियो | त्यसकारण उनीहरुको जिन्दगीमा खुशी थियो सुख थियो आनन्द थियो ;एउटा जिन्दगीमा हुनु पर्ने सुखद अनुभूति थियो |समय कसरी बितिरहेको छ ,उनीहरुलाई पत्तो नै हुँदैनथ्यो |बिहे गरको डेढ बर्ष नपुग्दै कमला देवी गर्भवती भईन् | समयमा नै,तिजको दिनमा एउटी लक्ष्मीको आगमन भयो घरमा खुसीले प्राय सबै गद्  गद् भए |अझ भनौ सुनमा सुगन्ध | भनिन्छ नि फूल बिना को बघैचा र केटा केटी बिना को घर  सानी नानी को आगमनले घरनै स्वर्ग तुल्य भयो सुबर्ण थापाको …| केटा केटी आगमनको घर अनि फूल नै फूलको बघैचा आहा ! प्रकृतिको नियम कति बुझी नसक्नुको छ तर  सुबर्ण को आमालाई नातिनी भएको मा नाती जन्मिएको जस्तो खुशी लागेन | कता कता झन् प्रश्न र कौताहलताको ,शंका र उपशंकाहरुको बिचमा घेरिन पुगिन्| उही रुढीबादी सोचाई ! नातिनी पनि उही लिङ्ग भएकीले होला ,छोरीले पाउने सामाजिक मर्यादा प्रति सायद बुढीलाई चित्त बुझेन ! खुशी पनि बेखुशी पनि मिश्रित …!
                              सुबर्ण र कमला देवीले आमाको मनमा छाएको बेखुसीको छनकको शंका समेत गरेनन् ! उनीहरु दुवै खुशियालीमा हराउदै गए |  उनीहरुलाई थाहा थियो ,छोरा सरह छोरीलाइ पनि समान अवसर दिएमा छोरीले पनि छोराहरुले भन्दा  धेरै गर्न सक्छन् भन्ने.. |समयको गति संगै सुबर्णका  दिन,महिना,बर्ष गतिशील भइ बित्दै गए|  उनीहरु ती खुसि का दिनहरु सदा कायम रहोस भनि कामना गरि रहन्थे|
                               एक रात अचानक कमलादेवीको पेटमा तिब्र बेदना हुन्छ| तडपिन्छिन् ,हुँदैन ,सुबर्ण सार्है ब्याकुल हुन्छन् | कमलालाइ अस्पताल पुर्याउछन् | एक्स-रे गरिन्छ |रिपोर्टमा दुर्भाग्यबश:देखिन्छ पाठेघरको क्यान्सर ……..|सुबर्ण इन्तु न चिन्तु हुन्छन् !उनका सम्पूर्ण सुखका दिनहरु शिशाका गिलास फुटे र चकनाचुर भए जस्तो अनुभूति हुन्छ| उनका भावी योजनाहरु चकनाचुर भए जस्तो लाग्छ | सुबर्ण ले केहि सोच्न सक्दैनन् र होस गुमाउन पुग्छन् ! ब्युझेपछी आफ्नो कान प्रति बिश्वास हुँदैन |सपना होकी बिपना छुट्याउन सक्दैनन् सुबर्ण ! सुबर्णले आफुलाई सम्हाल्छन् !आइ.सी.यु. मा पल्टिएकी आफ्नी प्राण भन्दा प्यारी अर्धांगिनी ………उदास मुहार ,मुखरबिन्द खाली छ ,केहि थिएन न त्यो मुस्कान न लालिमा …| अर्को पट्टि हेर्छन् ,”छोरी सम्झना ”जो नाबालिका ,निर्भिक ,निर्दोस अहा! सुबर्ण लाइ दुवै तर्फ हेर्न मुश्किल भइ रहेको थियो | हेर्दथे ,देख्थे ,दुबैमा शालीनता ,मुटुमा भक्कानो फुटेर आउथ्यो बिचरा सुबर्ण यहि क्षण थियो उसले एक लाइ रोज्नु पर्थ्यो……….!
                              ++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
                               आज एक्काइस बर्षकी परिपक्व भइ सकेकी छिन् कमलाकी नासो “सम्झना”|सुबर्णले बुझ्यो ,जिन्दगीमा जन्मिएपछि मर्नु पर्छ भन्ने तितो तर वास्तविक सत्य ………| बुझे कमलाले जिन्दगीबाट मुक्ति पाईन्|     सुबर्णले कमलाको फिक्री गरेमा आफ्नी छोरीको बेहाल हुने सम्झिए | सम्झनालाइ राम्रो मान्छे बनाउने  अठोठ गर्छन् उनी ..|
                               गाउँ घर हुँदै आमाले पनि सुबर्णलाइ अर्को विवाहकोलागि घच्घचाउँन थाले ! आमाको बात काट्न सकेनन् | उनले पनि सोचे ,ठिकै हो ,यो अबोध वालिका ,सम्झनालाई त मातृवात्सयाल्यता को खाँचो छ |यिनकै लागि भएपनि मैले एउटी नारीलाइ घरमा भित्र्याउनु  पर्छ भन्ने अठोट गरे !
                              केहि बर्ष राम्रै भयो|बिस्तारै उनमा पनि सौतेनी आमाको लक्षणहरु देखिन थाल्यो|सुबर्णले नचहदा नचाहदै पनि कतिपय त्यो घरमा हुन थाल्यो |सुबर्ण विवस थियो भनौ ,सुबर्णलाइ स सानो कुराहरुमा हस्तक्षेप गर्न मन लाग्दैनथ्यो या त भनौ सुबर्ण को आत्मसम्मान ,नैतिकता गुमिसकेको थियो| कहिलेकाहीं आफ्नो कान्छीलाई सम्झाउदा झन् उल्टो हुँदो नहुँदो सम्झनाको बारेमा सुनऊँथिइन् |
                             सम्झनालाई एकदिन एउटा इन्जिनियरले हेर्न आउने भयो| केटा पक्षका सम्पूर्ण जमात घरमा सम्झनालाई हेर्न आए | सबै तर्फबाट कुरा सकरात्मक नै भयो तर केटा पक्ष खै किन फर्किएर आएन |कुरा तेतिकै साम्य भयो |त्यसै बेला देखि खै किन कुन्नि सम्झनामा अचानक एक किसिमको बदलाव ,एक किसिमको अनौठो अनुभूति अनि जीवनमा नारीलाइ गरिने कठोर ब्यबहारको तितो अनुभव भयो|सम्झनाले पढाईलाइ जुनसुकै कठिन परिस्थितिमा पनि निरन्तरता दिनु पर्छ र शिक्षा नै जिन्दगीको अमुल्य धन रहेछ भन्ने वास्तविक सत्यता आत्मसात् गरिन्|
                            अर्को बर्ष पुन:एउटा नेपाली सैनिकको क्याप्टेनले कुरा उठायो|फेरी पनि पारिवारिक जमघट भयो | सम्झनाले आफुलाई निर्देशन गरे अनुरुप उनीहरुको अगाडी मधुर मुस्कान छर्नु पर्ने देखि लिएर विविध रसम हरु निर्वाह गरिन् | कुरा सबै ठिकै थियो ,तर कुरा दाइजोमा गएर अड्कियो | केटा पक्ष फेरी अलप भए|
                            अग्नि परीक्षा नै अग्नि परीक्षा ……जिन्दगीको हरेक पाइलाहरुमा परिक्षा हुन्छ ,मुल्यांकन हुन्छ तर नारीको जीवनमा सधै परिक्षा ,सधै अन्तर्वार्ता सधै अन्तर्वार्ता अनि सफल भए आत्म-समर्पण !घृणा लागेर आउछ जीवन प्रति दुनियाको ढोंग प्रति ,चलन प्रति…|
                              कडा मिहिनेतका साथ तनावै तनावको वातावरणमा पनि सम्झनाले स्नातक तह अब्बल दर्जामा नै सफल हुन्छिन् ! सम्झनाले बुझी ,समाजको,रुढिवादी परम्पराको कठपुतली भएर होइन नारीले स्वन्त्रपुर्वक आफ्नो आत्म-सम्मान नगुमाई आफ्नो खुट्टामा उभिनु पर्छ भन्ने …..!
                              एउटा  निजि बैंकमा  दरखास्त खुल्छ ,निबेदन दिन्छिन् |सम्झनाले साधारण अन्तरवार्ता पश्चात् उक्त बैंकमा अकाउटेन्ट पदमा बहाली हुन्छिन् | उनको सरलता ,मिजसिलोपनाले उनी बैंकमा सबैको नजरमा चर्चित र लोकप्रिय हुन पुगिन् |बैंकको संस्थापक म्यानेजरले सम्झनालाइ बिबाहको प्रस्ताव  राखे ! सम्झनाले पनि सहर्ष स्वीकार गरिन् र उनीहरुको बिबाह विधिवत्रुपमा सुसम्पन्न भयो!
                                अहिले मेरा आँखाहरु रसाउँछन् ,बिगतका दिनहरु सम्झेर सम्झनाका बिगत सम्झेर अनि कमलाको भित्ताको तस्विर देखेर| म सुबर्ण थापा  अहिले पनि विनम्रतापुर्वक के आग्रह गर्दछु भने नारी लाइ पनि समान अवसर देउ अनि हेर नारीले के समाज परिवर्तनमा सहयोग गर्न सक्दैनन् त? अस्तू ………………..!