बेलायती जीबन र भोगाइहरु

 TUESDAY, 21 FEBRUARY 2012

बेलायत सरकारले गोरखा सैनिक र उनका परिवारलाई आबसिया भिषा
 दिए पछि यहाँ नेपालीहरुको जनसंख्या एक्कासी बढेको छ | यो भन्दा अगाड़ी नेपालीहरु 
नगन्य रुपमा थियो |  उनीहरु प्राय ब्यापारिक भिषा र बिद्यार्थी भिषामा आएकाहरु हुन |  
उनीहरुको बेलायत बसाई  दुई  देखि तीन  दसक बितिसकेको छ | तर सिधै आबसिया
 भिषामा बसोबास गर्नेहरु भने एक दसक पनि भएको छैन |  यो बाहेक  हंगकंग बाटा  
पनि बेलायती पासपोर्ट लिएर अधिक नेपालीहरु बेलायत आएका  छन | कोही अझै आउने 
क्रममा छन |  जे जसरी बेलायत आए पनि नेपालीहरुको मूल उदेश्य भने धेरैको एउटै छ |  
त्यो हो छोरा छोरीलाई राम्रो शिक्षा दीक्षा दिने | बेलायती शिक्षा संसारमै राम्रो मानिन्छ |
त्यस पछि को दोस्रो  उदेश्य भनेको  राम्रो रोजगार |
त्यसो  त गोरखालीहरु बेलायत आउनु भन्दा

गोरखा जिल्ला गुरुंग समाज यू के को ल्होसार २०१२ भब्यताका साथ समपन्न

                                                                                                          (हरि गुरुंग बेलायत)
गुरुंग जातिहरुको महान पर्ब ल्होसार हरेक बर्ष पौष १५ मा परम्परागत रुपमा मनाउने गरिन्छ I   बिदेशमा रहेका तमुहरूले  आ- आफ्नो  समय अनुकुल पारेर केहि फरक दिनमा मनाउने गरिन्छ I  यसरी नै गोरखा जिल्ला गुरुंग समाज यू के ले हरेक बर्ष झै यो बर्ष पनि यही ३१ डिसेम्बर का दिन कनौट स्कूल अल्डरसटमा मुप्रील्हो  ल्होसार  भब्यताका साथ मनायो I लामागुरुको  पुजा पाठ बाट कार्यक्रमको सुरुवात गरिएको थियो I  यो बर्ष गरुड़ बर्ग परेकोहुनाले उनीहरुको ग्रह शान्तिको लागि लामागुरु बाट ग्रह काटेर रूपा लगाउने काम पनि भयो I यस पुजा अबधिभर लामागुरुलाई पुजाको लागि दिनेश गुरुंगले सहयोग गरेका थिए I

   पुजाको समापन पछि समाजका सदस्य तथा  संयोजक बलराम गुरुंगले दोस्रो चरणको कार्यक्रम सञ्चालन गरेको थिए I समाजका अध्यक्ष पञ्च गुरुंग बाटा कार्यक्रममा  उपस्थित सबैलाई  ल्होसरको शुभकामान र स्वागत मनतब्य राख़नु
भएको थियो I
         कार्यक्रमको प्रमुख अतिथिमा

GZGSUK LT/ORDINARY MEM AS AT 08 OCTOBER 2013

अन्तर समाज लोक नूत्य प्रतियोगितामा गोरखा जिल्ला गुरुंग समाज बिजयी

अन्तर समाज लोक नूत्य प्रतियोगितामा गोरखा जिल्ला गुरुंग समाज बिजयी


 

THURSDAY, 9 JUNE 2011

 तमुधी लण्डन इकाईले बुद्ध जयन्तिको
अबसरमा तेस्रो अन्तर समाज नेपाली लोक नूत्य प्रतियोगिता सम्पन गरेको छ | कार्यक्रम यही सनिबार ४ जुन २०११ का दिन हयार्रो लिजर सेण्टरमा भएको थियो | बिहान ११  बजे देखि दिउसो ४ सम्म लामा गुरु बाटा पूजापाठ ग्रह काटने, रूपा लगाउने, वांग दिने र प्रबचन कार्यक्रम गरिएको थियो | 
बेलुका ५.३० बजे अन्तर समाज लोक नूत्य प्रतियोगिता 
शुरू भएको थियो | यस बर्सको नूत्य प्रतियोगिता पनि गोरखा जिल्ला  गुरुंग समाज यू के ले नै प्रथम स्थान हासिल गरेको थियो | गोरखा जिल्ला गुरुंग समाज यू के ले यस बर्स पनि

गो ज़ि गुरुंग समाज यू के को तेस्रो साधरणसभा सम्पन्न


     हरि गुरुंग बेलायत    
                 यही २१ मे २०११  शानिबारको दिन गोरखा जिल्ला गुरुंग समाज यू के को तेस्रो साधरण सभा  तथा बी बी क्यू कार्यक्रम भब्य
ताका साथ सम्पन्न  भयो | कार्यक्रमको शुरुमा टीपन  टापन अनि चियापानको थियो  | त्यस पछि १२:३० बजे तिर मात्र साधारण सभा शुरु भएको थियो |  सभाको अध्यक्षता समाजका अध्यक्ष श्री  पञ्च गुरुंगले गर्नु भएको थियो |  कार्यक्रम समाजका महासचिप तुल बहादुर गुरुंगले सञ्चालन गरेका थिए | 
उक्त कार्यक्रममा गोरखाली समाजका अध्यक्ष तथा
समाजका सल्लाहकार खुसिमान गुरुंग, समाजका उपाध्यक्ष  फडकजित गुरुंग,
सल्लाहकारहरु थम प्रसाद गुरुंग, ग्यारी घले,ढक बहादुर गुरुंग, प्रेम बहादुर गुरुंग र
महिला सल्लाहकार तील कुमारी गुरुंगको सहभागिता थियो | करीब ७ सय जनाको
सहभागिता रहेको उक्त कार्यक्रममा गोरखा जिल्लाका सदस्यहरु लगायत छिमेकी 
जिल्ला लम्जुंगबाट पनि अथितिहरू आउनु भएको थियो |    
                         अध्यक्षको स्वागत मनतब्य बाट शुरु भएको उक्क्त कार्यक्रममा 
महासचिप तुल बहादुर गुरुंगले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने

गोरखा दरवार

नब नेपालको इतिहासको पानामा गोरखा जिल्लाको नाम सुनौलो अक्षरमा कोरिएको तथ्यलाई नर्कान सकिन्न । विशाल नेपालको निर्माता श्री ५ बडामहाराजाधिराज पूथ्वीनारायण शाहको जन्म भएको गोरखा दरवार यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ । सदरमुकामबाट करीव ४० मिनेटको पैदल यात्रामा पुग्न सकिने यो दरवार डाँडाको टुप्पोमा रहेको छ । यो दरवार राजा रामशाहको पालामा नै निर्माण भएको हो भन्ने भनाई छ । तर यहि समयमा नै बनेको हो भन्ने पुष्टी भने हुन सकेको छैन । त्यसको क्षेत्रको प्राचिन नाउँ स्वोर्णकुट भएको जानकारी पनि पाईन्छ । गोरखा दरवार क्षेत्रमा लिच्छविकाल देखिका विभिन्न धार्मिक सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरु रहेको कुरा इतिहार विदहरुले वताउँछन् ।

वान आर जी आर लाई समाज बाट बिदाई


बेलायत : यही ७ मार्च २०१० का दिन गोरखा जिल्ला गुरुंग समाज यू केले केन्टमा अफगानस्तान मिसन टूरमा
जाने वान आर जी आरका सदस्यहरु लाई बिदाई तथा सुभकामना कार्यक्रमको आयोजना गरेको थियो l उक्त कार्यक्रमा 
सस्थाका सल्लाहकार रि. क्या ग्यारी घलेले मिसन मा जाने सदस्यहरूले उच्च मनोबल राखनु पर्ने सुझाब दिनु भयो l 
त्यसै गरि महासची तुल बहादुर गुरुंग र सदस्य गौतम गुरुंगले पनि कार्यक्रमको बारेमा आ आफ्नो मनतब्य राखनु
भएको थियो l 
उक्त कार्यक्रममा अध्यक्ष थम प्रसाद गुरुंग लगायत उपस्थित सदस्यहरुले सुभकामना दिएका थिए l 
राजकुमार गुरुंग, टेकमान गुरुंग र सस्थाको सल्लाहकार पंच गुरुंगले यातायात को बन्दोबस्त गरेका थिए l यसै
गरि पेय पदार्थको लगी गौतम गुरुंगले हलको लागी तारामणि गुरुंगले र खानको लागी अम्बर गुरुंगले प्रयोजन 
गरेका थिए l