भर्च्युल माध्यम द्वारा गोरखा जिल्ला गुरुङ समाज यू के को बाह्रौँ लोछार/लोसार कार्यक्रम सम्पन्न

गोरखा जिल्ला गुरुङ समाज यू के ले आइतबार 27  डिसेम्बर 2020 का दिन
 महान पर्ब पुस पन्द्र (१५) मुसा बर्गलाई बिदाई गरि गाई बर्गलाई स्वागत गर्दै  भर्चुअल प्रविधिको प्रयोग मार्फत ल्वो लोछार/लोसार कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका महासचिव मान गुरुङ ज्यूले संचालन गर्नुभएको कार्यक्रम गोरखा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष फडक जित गुरुङ ज्यु र प्रमुख अतिथि तमु ह्युल छोंजधीं राष्ट्रिय गुरुङ परिषद नेपालका अध्यक्ष रेशम गुरुङ ज्यु ले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।  नेपालबाट अतिथि श्रद्धेय लामा लोपेन सोनाम गुरुङ, प्रमुख अतिथिमा तमु ह्युल छोजधी राष्ट्रिय गुरुङ परिषदका अध्यक्ष रेशम गुरुङ ज्यू, अतिथि कलाकारहरुमा गणेश गुरुङ र सुनिला गुरुङ हुनुहुन्थ्यो ।
समाजका उपाध्यक्ष श्रीमती नैना गुरुङ ज्यू ले स्वागत मन्तव्य र समाजको च्यारिटीको विषयमा छोटो भनाई राख्नुभएको थियो । ततपश्चात श्रद्धेय लामा लोपेन सोनाम गुरुङ ज्यू ले लोछार/लोसारको