रष्ट्रिय लोक दोहोरी कलाकारहरुको साथमा 14औं वार्षिक उत्सव भव्यरुपमा मनाउदै

विश्वव्यापी महामारी रोग Covid 19 का कारण बेलायत लगायत विश्वका विभिन्न देशहरुमा सार्वजनिक रुपमा भेला भएर मनाउने कार्यक्रमहरु स्थगन भइरहेको छ । यसरी प्रत्यक्ष भेटघाट भएर कार्यक्रम मनाउन नसकेपछि पछिल्लो समयमा virtual प्रविधिमार्फत कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको छ । गोरखा जिल्ला गुरुङ समाज यूके ले यस बर्षको तमु ल्होसार कार्यक्रम भर्चुअल प्रविधि द्वारा मनाइएको थियो । 14औं बार्षिकोत्सव कार्यक्रम

14औं वार्षिक उत्सवको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना

तमु गुरुङ जातिहरुको धर्म संस्कार संस्कृति रीतिरिवाज भाषा भेषभुषा तथा परम्परागत रीतिरिवाज लगायत तमु जातिको मौलिक पहिचान उत्थान संरक्षण र संवर्धनको लागि स्थापित संस्था गोरखा जिल्लाको गुरुङ समाज युकेले आज 13 औं बर्ष पार गरी 14 औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा गोरखा जिल्ला गुरुङ समाज यूके का वर्तमान कार्यसमिति सम्पूर्ण आजीवन सदस्य तथा साधारण सदस्यहरु सल्लाहकारहरु र सम्पूर्ण देश विदेशमा छरिएर रहेका समस्त नेपाली दाजु भाई दिदी बहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ । 

यस अवसरमा १४ औं वार्षिकोत्सव कार्यक्रम Virtual माध्यम द्वारा यही शनिबार २७ मार्च २०२१ को दिन भव्य सभ्य रुपमा मनाउन गैरहेको हुँदा समस्त सदस्यज्युहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ । साथै उक्त दिन 14 औं वर्षगाँठ तथा नेपाली नयाँ बर्ष को अवसर पारेर गोरखा जिल्ला गुरुङ समाज युकेले प्रकाशन गर्दै आइरहेको दरौंदी थेम्स पत्रिकाको विमोचन पनि गरिने कार्यक्रम रहेको छ । तसर्थ उक्त दिन गोरखा जिल्ला गुरुङ समाज यूके का सम्पूर्ण सदस्यज्यूहरु भर्चुअल माध्यम द्वारा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुन यो कार्य समिति हार्दिक अनुरोध गर्दछौं ।