चर्चित कलाकारहरुको साथमा १५ औं ल्होछार/सार भव्यताकासाथ मनाउँदै

विश्वव्यापी कोरोना महामारीका कारण विगत दुई वर्षसम्म तमु ल्होछार/ लोसार कार्यक्रम मनाउन सकिएको थिएन ।  श्री गौतम गुरुङको अध्यक्षतामा गठित छैटौं नयाँ कार्यसमितिले १५औ ल्लोछार/ल्महोसार पर्व मनाउनको लागि भव्य तयारी गरिँदैछ । यस पटकको ल्होछार कार्यक्रम लोकदोहोरी गायक गायिका र नेपाली चलचित्र म्यूजिक भिडियोका नायक नायिका र निर्देशकको भब्य प्रस्तुतिका साथ मनाउने भएको छ । म्युजिक भिडियो र चलचित्र निर्देशक दिप गुरुङ, मोडल तथा नायक आनन्द गुरुङ र नायिका तथा मोडल लक्ष्मी गुरुङलाइ गोरखा जिल्ला गुरुङ समाज यूकेले निमन्त्रणा गरिएको हो ।

चर्चित लोकदोहोरी गायक चिज गुरुङ र लोकदोहोरी गायिका भिमु गुरुङ तमु धीं युकेको निमन्त्रणामा बेलायत आएका हुन । समाजका महासचिव तथा ल्होछार  कार्यक्रमका संयोजक क्या रिटायर्ड शेर बहादुर गुरुङको अनुसार ल्होछार/लोसार तयारीको काम तीव्रताको साथ अघि बढिरहेको जानकारी प्राप्त भएको छ ।