च्ह्य - ल्हो (चरा वर्ग ) तमु ल्होछार / ल्होसारको भब्य तयारी

"प्ये म्हस्या छ्या म्हामु,छ्य म्ह्स्या ल्हु म्हामु,ल्हु म्हास्या म्ही म्हामु "
"शास्त्र हराए संस्कार हराउछ,संस्कार हराए संस्कृती हराउछ, सस्कृति हराए मानब अस्तित्व नै हराउछ"

गोरखा जिल्ला गुरुङ समाज यू के को आयोजनामा च्ह्य - ल्हो (चरा वर्ग ) तमु ल्होछार / ल्होसारको भब्य तयारी भइरहेको छ l मिति २२ अकटोवर २०१६ शनिबारका दिन  गोर्खा किचन अल्डरमा  फडक जित गुरुङको  अध्यक्षतामा   सम्पन्न  बैठकले
यस बर्षको तमु ल्होछार  मनाउन, जनवरी ७ शनिबार २०१७ का दिन मनाउने निर्णय भएको हो l
च्ह्य - ल्हो (चरा वर्ग ) तमु ल्होछार भब्य रुपमा मनाउन अध्यक्ष  फडक जित गुरुङ,  महा सचिब  बल राम गुरुङ, (फार्नबरो आम समुह),  संयोजक दिनेश गुरुङ, फार्नबरो क्षेत्रको लागि प्रतिनिधि थानेसोर गुरुङ , हंस्लो लन्डन क्षेत्रको लागि प्रतिनिधि प्रेम गुरुङ, वेम्ब्ली लन्डन क्षेत्रको लागि प्रतिनिधि बिर बहादुर गुरुङ , केन्ट क्षेत्रको लागि प्रतिनिधि नरेश गुरुङ , प्लम एस्टित लन्डन क्षेत्रको लागि प्रतिनिधि खुम बहादुर गुरुङ , ब्रेकन वोएल्स क्षेत्रको लागि प्रतिनिधि खिल बहादुर गुरुङ कोल्चेस्टर क्षेत्रको लागि प्रतिनिधि लक्ष्मन गुरुङको संयुक्त संयोजनमा भब्य तयारी भईरहेको छ।

उक्त दिन तमु ल्होछार / ल्होसार कार्यक्रम दिनको २ बजे बाट सुरु भई राति अबेर ११ बजे सम्म मनाउने
निर्णय गरिएको छ l च्ह्य - ल्हो (चरा वर्ग ) तमु ल्होछार / ल्होसार कार्यक्रम भब्य सफलताको  निमित्त सम्पूर्ण गोरखा जिल्ला गुरुङ समाज यू के  परिवारका सदश्यहरुलाइ उपस्थितिको लागि हार्दीक अनुरोध गर्दछ l