शुभ कामना भरत रोका (अध्यक्ष गोरखाली समाज यूके)

गोरखा जिल्ला गुरुग समाज यूकेले आफ्नो जतिको कलासस्कृति,रितिरिवाज,रहनसहन, र परम्पराको जगेर्ना गर्ने उदेस्यलेतयार पारिएको पुस्तक " दरौदी थेम्स" को तेस्रो सस्करण प्रकासितगर्नु भएकोमा गोरखा जिल्ला गुरुग समाज यूके लाइ हार्दिकसुभकामना दिन चाहन्छु । उक्त पुस्तकले समाजमा भएका गलतसस्कार हरुलाई सहि मार्ग निर्देसित गराई नया पिडीलाई आफ्नोकला सस्कृति रितिरिवाज रहनसहन र परम्पराको बाटोमा सहि ढंगलेअगाडी बढाउदै लानेछ भन्ने मैले महसुस गरेको छु । यस अंकले राष्ट्रियता, जति, धर्म, उमेर, लिङ्ग लाइ विभेद नगरीसमाजको पारस्परिक विचार उकास्न उल्लेखेनिया मदत गर्नेछ भन्नेकामना गर्दछु । साथै बिदेसमा बसेरपनि आफ्नो देसको कला रसस्कृतिको जगेर्ना गर्नु को साथै समाजमा भैपरीआएका परोपकारीकामगरी समाज

अन्तर्वार्ता,जिन्दगीको …..!


भक्त गुरुंग बोस्टन यु.एस.  

यस कथा नेपाली समाजमा हुने लिंगीय भेदभावमा आधारित छ! साथै हिन्दू नारीहरुको महान् चाड तिजको शुभ अवसरमा  तयार पारिएको हो ! यस महान् चाडको उपलक्ष्यमा सम्पूर्ण नेपाली नारीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु|)
एउटी टुहुरी केटीको अन्तरकथा ,बेदना ,पिडा जुन सामान्य मानिसमा भन्दा फरक हुन्छ;उनीमा पनि त्यो छटपटी ,उकुसमुकुसपना हृदयविदारक अंतर्द्वंद आदि इत्यादी थियो,,हुनु स्वाभाविकै  हो ! एउटा सम्भ्रान्त परिवारमा जन्मिएर पनि उनमा एउटा बन्धन छ समाजको,भेदभाव छ लिङ्गको | नारी भएकै कारण उनको जीवनमा ठुलो आरोह अवरोह भएको छ एउटा सम्बेदनशील नारी जो ‘आमा’जस्तो पवित्र शब्दको अधिकारी हुन सक्छे हाम्रो समाजले बुझी रहेको छैन
बुझ्ने प्रयास गरेको देखिंदैन! ‘सम्झना’एउटी अत्यन्तै सरल ,सोझी र एउटी पूर्ण नारी!                                     
मानव जीवन,एउटा जैविक प्राणीको नाताले उनमा एउटा हृदय ,एउटा स्वच्छ मन आदि इत्यादी जुन एउटा मानवमा हुन्छ ;एउटा भावना |उनलाई पनि समयको परिवर्तन संगै शारीरिक एवं मानसिक परिवर्तन तर्फ उन्मुख गराउदै लग्यो | एकाइशौं  बशन्त पार पछी उनमा एककिसिमको मानसिक परिवर्तन

यसकारण उनी चर्चित दश जनामा परे ।


साथीभाइ माझ जे गुरुङ भनेर चिनिने जीवन गुरुङ एउटा गैरसरकारी संस्था ग्रासरुट मुभमेन्ट इन नेपाल (जिमिन) युके का सक्रिय सदस्य हुन् । सन् २०११ मा उनी र साथीहरुले गोर्खा कप र नेपाली मेलामा टिसर्ट, व्याच आदि बेचेर दाङ जिल्लमा विद्यालय भवन बनाउन दुईहजार पाउण्ड उठाएका थिए । सन् २०१२ मा उनले २६ माइल लामो लण्डन म्याराथुन दौडेर एस्थर बेन्जामिन्स ट्रष्टका लागि १८०० पाउण्ड उठाए । उक्त संस्थाले भारतमा सर्कसमा काम गर्न बेचिएका बालबालिकालाई उद्धार गर्ने काम गर्दछ । सन् २०१३ मा लण्डनमा पहिलो पटक आयोजित ‘वाक फर नेपाल’ का उनी संयोजक थिए । उक्त पदयात्राका १ सय २० जना भन्दा बढी सहभागीहरुले नेपालका विभिन्न संस्थाका लागि झण्डै तीन हजार पाउण्ड उठाएका थिए । यसै वर्ष जुन महिनामा हेल्प नेपाल नेटवर्कलगायत विभिन्न संघसंस्थासँगको सहकार्यमा उनले लण्डनको रिचमण्ड पार्कमा दोस्रो ‘वाकफर नेपाल’ को पनि संयोजन गरेका थिए । बेलायतको बाथ विश्वविद्यालयबाट फार्मेसी विषयमा स्नातकोत्तर गरेका जीवन गुरुङ गोर्खाली युथ युकेका एकजना सक्रिय सदस्य पनि हुन् । यसै वर्ष जनवरी महिनामा उनले गोर्खा जिल्लामा गई स्वास्थ्य शिविर आयोजना गर्न सघाएका थिए । - See more at: http://www.nepalbritain.com/?p=18858#sthash.oZcztttv.1UtLNYQO.dpuf

गोरखा जिल्ला गुरुङ समाज यू के अत्यन्त जरुरि सूचना !!

गोरखा जिल्ला गुरुङ समाज यू के ले महान पर्ब ल्होसारको पुनित अबसरलाई  लछित गरेर प्रकाशित गर्दै आएको दरौदी थेम्स को तेश्रो अंक प्रकाशित गर्न गैरहेको कुरा इमेल मार्फत पहिले नै जानकारी गराईसकेकोमा यहाहरुलाई पुन सहर्ष जानकारी गराउना चाहान्छौ ! तसर्थ तमु जातिसँग सम्बन्धित विभिन्न बिषयहरुमा लेख, रचना, साहित्य, कथा, कविता, गीत गजल, साथै ल्होसारको शुभकामना तथा अन्य सन्देशहरु, र व्यवसायिक विज्ञापनहरु यही ३१ अगष्ट २०१४ सम्म आई पुग्ने गरि निम्न ठेगानामा इमेल गरि पठाई सहयोग गरि दिन हुन हार्दिक अनुरोध गरिन्छ !
लेख रचनाहरु र अन्य सामाग्रीहरु पठाउनको लागि इमेल ठेगाना :
gurung_tham@hotmail.com


गोरखा जिल्ला गुरुङ समाज यू के