गोरखा जिल्ला गुरुङ समाज यू के को नबौ अधिबेशन सम्बन्धि जरुरि सूचना

यही मिति १४ मे २०१६ शनिबार का दिन गोरखा जिल्ला गुरुङ समाज यू के को बार्षिक साधारण सभा तथा बि बि क्यु कार्यक्रम हुन् गैरेहेको हुदा सम्पूर्ण गोरखा जिल्ला गुरुङ समाज यू के का सदश्यहरुलाई जानकारी तथा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ l
साथै उक्त दिन समाजका बिबिध बिषयमा छलफल तथा निर्णयहरु गर्नु पर्ने हुदा तल उल्लेखित स्थान मिति र निर्धारित समयमा समस्त सदश्यहरु उपस्थित भई कार्यक्रम सफल पारिदिन हुन् गोरखा जिल्ला गुरुङ समाज यू के हार्दिक अनुरोध गर्दछ l

गुरुङ जातिको उत्पति कहाँबाट भयो र किन मनाउँछन् गुरुङहरु तमु ल्होसार ?

नेपालमा रहेका विभिन्न  जनजातिहरु मध्ये आज गुरुङ जातिको नयाँ वर्ष हो । आज उनीहरु बादर वर्ग अर्थात प्र–ल्होसार मनाउँदैछन् । यही सन्दर्भमा तमु अर्थात गुरुङ जातिको बारेमा संक्षिप्त चिनारी र उनीहरुले मान्ने नयाँ वर्षको बारेमा छोटो चर्चा गर्ने प्रयत्न गरिएको छ ।

गुरुङको बसोबासः

गुरुङ जातिको मूल थलो अन्नपूर्ण, मनास्लु, हिमचुली पहाडको दक्षिण पहाडका क्षेत्र हो । समयान्तरमा उनीहरु नेपालको पूर्वी पहाडका धेरै ठाउँहरुमा समेत छरिएका छन् । उनीहरु थोरै सङ्ख्यामा सिक्किम र भुटानमा समेत बसेको अनुमान गरिन्छ । गुरुङहरु पूर्वतर्फ तामाङ, दक्षिण तर्फ खस, पश्चिम पट्टी मगर उत्तरतर्फ थकालीहरुको बिचमा बसोबास गरेर बसेका छन् । तिनै क्षेत्रमा उनीहरुले आफ्नो सभ्यताको विकास गरे । विभिन्न धर्म, संस्कृति, भाषाको विकास गरि आजसम्म अस्तित्वमा रहन सफल भए ।

गुरुङको उत्पतिः

केही इतिहासविद्हरुका अनुसार, गुरुङहरु हान जातिबाट उत्पत्ति भएको र मध्य एसियाबाट सर्दै र फैलिदैँ आए भनिएको छ । केही विद्वान भने गुरुङहरु मङ्गोलबाट बसाइ सरेकाहरु हुन् भनेका छन् । तर मानव सभ्यताको विकास भएको मूल थलोहरु मध्ये चीनको ह्वाङ्हो नदीबाट नै गुरुङ जातिको पनि