यसकारण उनी चर्चित दश जनामा परे ।


साथीभाइ माझ जे गुरुङ भनेर चिनिने जीवन गुरुङ एउटा गैरसरकारी संस्था ग्रासरुट मुभमेन्ट इन नेपाल (जिमिन) युके का सक्रिय सदस्य हुन् । सन् २०११ मा उनी र साथीहरुले गोर्खा कप र नेपाली मेलामा टिसर्ट, व्याच आदि बेचेर दाङ जिल्लमा विद्यालय भवन बनाउन दुईहजार पाउण्ड उठाएका थिए । सन् २०१२ मा उनले २६ माइल लामो लण्डन म्याराथुन दौडेर एस्थर बेन्जामिन्स ट्रष्टका लागि १८०० पाउण्ड उठाए । उक्त संस्थाले भारतमा सर्कसमा काम गर्न बेचिएका बालबालिकालाई उद्धार गर्ने काम गर्दछ । सन् २०१३ मा लण्डनमा पहिलो पटक आयोजित ‘वाक फर नेपाल’ का उनी संयोजक थिए । उक्त पदयात्राका १ सय २० जना भन्दा बढी सहभागीहरुले नेपालका विभिन्न संस्थाका लागि झण्डै तीन हजार पाउण्ड उठाएका थिए । यसै वर्ष जुन महिनामा हेल्प नेपाल नेटवर्कलगायत विभिन्न संघसंस्थासँगको सहकार्यमा उनले लण्डनको रिचमण्ड पार्कमा दोस्रो ‘वाकफर नेपाल’ को पनि संयोजन गरेका थिए । बेलायतको बाथ विश्वविद्यालयबाट फार्मेसी विषयमा स्नातकोत्तर गरेका जीवन गुरुङ गोर्खाली युथ युकेका एकजना सक्रिय सदस्य पनि हुन् । यसै वर्ष जनवरी महिनामा उनले गोर्खा जिल्लामा गई स्वास्थ्य शिविर आयोजना गर्न सघाएका थिए । - See more at: http://www.nepalbritain.com/?p=18858#sthash.oZcztttv.1UtLNYQO.dpuf