गोरखा जिल्ला गुरुङ समाज युकेको प्रायोजनमा गायक सविन गुरुङ र गायिका निर्जला गुरुङ बेलायत आउँदै


गोरखा जिल्ला गुरुङ समाज युकेले तमु (गुरुङ) हररुको यस वर्षको (पुष १५) तथा महान पर्व  हयूईल्हो लाइ विदाई गरी मुप्री ल्हो लाई स्वागत गर्दै मनाउनको लागि यही डिसेम्बर ३० तारिख शनिबारको दिन  ल्होछार/ ल्होसार कार्यक्रम 2080 Tudor Park Feltham London TW13 7EF 
मा भव्यताको साथ मनाउने भएको छ ।
उक्त लोछार/लोछारमा सांस्कृतिक तथा मनोरञ्जनको लागि नेपाल बाट गोरखा जिल्ला गुरुङ समाज युकेले प्रायोजन गरी
चर्चित लोक दोहोरी गायक गायिका सविन गुरुङ र निर्जला गुरुङलाई निमन्त्रणा गरिएको हो । यस कार्यक्रमको लागि गायक गायिका द्वय बेलायत आउने पक्का भएको कुरा समाजका महासचिव श्री शेर बहादुर गुरुङले जानकारी गराउनु भएको छ । उक्त कार्यक्रमलाई भव्य सभ्य रुपमा सफलता गर्नको लागि वर्तमान छैठौँ कार्यसमिति सम्पूर्ण सदस्यहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ । 
Media Admin GzGSUK