अतीतलाई फर्केर हेर्दा (सल्लाहकार गोरखा जिल्ला गुरुङग समाज यू के )


तुल बहादुर  गुरुङ,  ब्यखारका हाल फोल्कस्टोन, बेलायत

समाज द्वारा प्रकासित स्थानिया पत्रिका"दरौदी थेम्स" मार्फत मेरो केहि बिगतका स्मृतिहरू दोहोर्याउनेप्रयाश गरि रहेको छु I यो ५१ बर्ष पहिलेको कुरा हो…! हंगकंगका नांगा डाँडा, भिर पखेरु हरु मा सरकारी झोलापिठ्युमा बोकेर साथै राइफल काँधमा भिरेर लडाईको कठिनअभ्याश हरु गरेको हिजै जस्तो लाग्छ I यतिका दिनहरु बितिसकेछन तर सम्झना अझै मनमस्तिकमा ताजा नै...! रात भरिहिडेर लखतरान परेको बेला, दिएको
समय भित्र शुरकछितखाल्डो (Trench) खनेर, उकुश मुकुश हुने घाम को रापमा, भित्रलुकेर बस्नु पर्ने बाध्यता..! अहिले ति छन् हरु सम्झेर ल्याउदा , कसरि सकेको थिए होला जस्तो लाग्छ I मानिसको शरीरलाई
जे गरे पनि हुदो रहेछ I १९६४/६५ साल तिरको घटना स्मरण गर्दा...! बोर्नियो राज्यले सानोतर प्राकृतिक श्रोत (तेल/जंगल/सेतो बालुवा) का धनि ब्रुनाई राज्य माथिआक्रमण गरेको थियो I जसलाई बोर्नियो कन्फ्रोंतेशन (Borneo confrontation) भनि चिन्दछन I हंग कंगमा गरेको लडाईको कठिनअभ्याश त्येही समय उपयोग गर्न हामी लाई पुरा तयारीको साथ सुल्तान(राजा) को शुराख्छा हेतु ब्रुनाईमा तैनाथ गराएको थियो I भोग न प्याश, निन्द्रा न आराम गरि दिन रात दुश्मन सित डटी रहनु परेको थियो I जंगलसम्बन्धिको युद्ध पारखी गोर्खाहरु सित बोर्नियोका स्थानिया लडाकुहरु कोपनि केहि जोर चलेन I अन्त्यमा, दुश्मनहरुले हार माने I यिनै युद्धमा एकगोर्खा योद्धा राम बहादुर लिम्बु ले अदम्य साहस र असामान्य वीरता प्रदर्शन गरि भिक्टोरिया क्रस (VC), उच्च दर्जाको बहादुरी पदक प्राप्तगरेका थिए I जसले संसारमा नेपाल र नेपालीहरुलाई चिनाउन प्रमुख भूमिका खेलेको इतिहास हामीबाट लुकेको छैन । जब युद्दको अन्त भयो, गोर्खालीहरुको संख्या पनिघटाउने फैसला गरयो I परिणाम अनुरुप १९६९ साल मा तुरुन्तअवकाश (Redundancy) सुनाउन शिपाहिहरुको छान बिनशुरु गरायो I यस छनौटबाट धेरै संख्यामा हाम्रो गोर्खाली दाजुभाइहरु बिना पेन्सन घर फर्काएका थिए I यस बिषयलाई लिएरहाल सम्म पनि बेलायत सरकार संग मुद्दा चलि रहेका छन् I जसो तसो गरेर भए पनि मैले भने २२ सालको लामो फौजीसेवा पुरा गरेर अवकाश लिने मौका पाए I आफ्नो गाउँ ठाउँमाफर्किएर दुख जेलो गरि आनन्दको जिन्दकी बिताई रहेको बेला,हंग कंग मा ID (HKID) वितरण भै रहेको छ भन्ने खबर सुन्नमाआयो I यसै ID को सिलसिलामा फेरि हंगकंग जाने अवशरप्राप्त भयो, जहाँ धेरै बर्ष पहिले आफ्नो तिता मिठा स्मृतिहरुछोडेर आएको थिए I ति नांगा डांडाहरु पनि घना रुखबिरुवाहरुले भरिपुर्ण भैसकेका रहेछन I मानौ, पुराना नांगा डांडाहरुको साटो नया हरा भरा डांडा ल्याएर राखीदिए जस्तो…. I स-साना घरहरु लोप भै गगन चुम्बी इमारतहरु खडा भैसकेकारहेछन I गाडी कुद्ने ति घुमाउरो बाटोहरु पनि डाडाहरुको गर्भलाइ चिरेर मुसाले शुरुंग खनेको जस्तै गरि सिधा अनि छोटो दुरीको बाटो बनाई सकेका रहेछन. I येसो गमेर सोच्छु अनिमनमनै तुलुना पनि गर्छु, “ हाम्रो देश को बामे सरिरहेकोबिकाश र हंगकंग, हुसैन बोल्ट को गति समातेको बिकाश”... कति अन्तर!! के हाम्रो देशलाइ सतिको श्राप परेकै हो त ? हंग कंगमा रहदा बस्दा गोर्खा जिल्लाका आफन्तहरुले एक निजि संस्था को आवश्यकता भएको र मलाई अगुवाई गरिदिन अनुरोध गर्नु भएकोले सम्पूर्णगाउलेहरुको सर सल्लाहाले "गोर्खाली समाज हंग कंग” को स्थापना गरियो Iगाउलेहरुको प्रतिनिध्हित्व गरि केहि वर्ष अदक्छ्य पद सम्हाली बसे I हाल सम्ममा पनि उक्त समाजले हंग कंगमा उत्तम कार्य गरिनै रहेका छन् I समाज सेवा प्रति सदैव तत्पर रहने मेरो मन, बेलायत मा आएपश्चात, यहाँ पनि गोर्खा जिल्लाका संस्थाहरु कुममा कुम मिलाएर अगाडीबडी रहेको देख्न पाउँदा साथै उक्त संस्थाहरुमा भाग लिन पाउदा मलाईज्यादा नै हर्ष लागेको छ I मानिशको जिन्दगिमा कहिले शुख त कहिलेदुख हुञ्छ I दुखको बेला धर्य धारण गरि कोशिस जारी राखे एक दिनअवश्य पनि शुखले साथ दिनेछन् I यिनै मन्त्रलाइ आत्मासाथ गरि मैले पनिहाल सम्मको जिन्दगि गुजार्न सफलित्भुत भएको महसुश गर्दछु I म आफ्नोसमाजलाई तन मनले भ्याए सम्मको शहयोग गर्ने प्रतिबद्ता पनि ब्यक्त गर्नचाहन्छु...I