ल्होछार तिमीलाई स्वागत छ

हरि तमु
कल्दुंग गोरखा (हाल स्विनडन)

सुनौलो बिहानीको किरण झैँ भएर
हरेक बर्ष आउनु ल्होछार तिमीलाई स्वागत छ
तमुहरुको सस्कार सस्कृतिलाई सधै
सजाएर आउनु ल्होछार तिमीलाई स्वागत छ।

सम्पूर्ण तमुहरुको एकता, जोश, जागर  र  खुशी
लिएर आउनु ल्होछार तिमीलाई स्वागत छ
सु स्वास्थ्य, दिर्गायु र सफलता लिएर
आउनु  ल्होछार  तिमीलाई स्वागत छ ।
हरेक बर्गका तमुहरुको ग्रह दशालाई
शान्ति गर्न आउनु ल्होछार तिमीलाई स्वागत छ
तमु सस्कार सस्कृतिलाई बचाउन
हरेक बर्ष आउनु ल्होछार तिमीलाई स्वागत छ ।


रिस राग र दौन्दलाई हटाई शान्ति र सहमति
लिएर आउनु  ल्होछार तिमीलाई स्वागत छ
अज्ञानता र अबिभेकता लाई हटाई ज्ञानको
ज्योति लिएर आउनु ल्होछार  तिमीलाई स्वागत छ ।

गाउ, शहर, देश, विदेश सबै तिर
यही छ हामी सबैको साझा  चाहना
तमु ल्होछार (नया बर्ष ) को
सम्पूर्ण तमुहरुमा मेरो हार्दिक शुभकामना ।।