तमु सस्कार सस्कृति र यस अन्तर्गत नाचिने केहि नाचहरु
हरि गुरुङ
मिडिया संयोजक
गोरखा जिल्ला समाज/ गोर्खाली गुरुङग समाज यू के
तमुहरुको सस्कार र सस्कृतिमा गरिने कर्मकाण्ड र नाचगानहरु त धेरै छन् l प्राचिन कालमा यस्ता सस्कार धेरै भए पनि हाल आएर धेरै लोप भई सकेको र लोप हुने अबस्थामा छन l यसको प्रमुख कारण भनेको अधिम काल देखि कुनै लेख, अभिलेख र दस्ताबेज हरु नहुनु र राख्न नसक्नु लाई मान्न सकिन्छ l त्यस बखत अहिलेको जस्तो पुस्तक, पत्र पत्रिकामा लेख्ने चलन थिएँन l परापुर्ब कालमा लेख अभिलेख हरु राख्न शिला पत्र र ताम्र पत्रको चलन भएको पाइन्छ l
तमु हरुको सस्कार सस्कृतिको अभिलेक नहुनुमा यस प्रकारको लेख दस्ताबेजमा उतार्नु नसक्नु, तयार भएका
अभिलेख लाई सुरचित राख्न नसक्नु र त्यस बखतका शासक बर्गहरुबाट दमन शोरण र नष्ट गरिएको कुरा धेरै
तमु बुदिजिबिहरु बताउनु हुन्छ l जस मधे केहि तमु सस्कार र नाच गान हरु यस प्रकार रहेका छन l
घाटु नाच :
विशेष गरी घाटु नाच पश्चिमाञ्चलको लमजुङ, गोर्खा, तनहुँ, कास्की र स्याङजाका गुरुङ वस्तीमा प्रचलित छ। ऐतिहासिक घटनाक्रमसंग जोडिएको गुरुङ समुदायमा प्रचलित घाटु नाच गुरुङ बस्तीहरुमा आज पनि उत्तिकै लोकप्रिय छ। राजा परशुराम र रानी यम्फावतीको कथामा आधारित यो नाच गुरुङ जातिले सदियौंदेखि विभिन्न घटनाक्रमलाई किंवदन्तीको रुपमा आफ्नो संस्कृतिको धरोहरको रुपमा अंगाल्दै आएका छन्।
जुन बिशेषत सति घाटु र बाह्र मासे घाटु गरेर दुइ प्रकारको हुन्छ l सती घाटु भैशाख पुर्नेमामा मात्र नाचिन्छ, यस खालको घाटुमा गीत,संगीत र बिधिलाई बिशेष ध्यान दिनु पर्दछ l सारंशमा भन्नु पर्दा घाटुको लागि गुरुबा(गुरु ) मादाले, तिन जना घान्सेरी र गुरु आमा हुनु पर्दछ l यो नाचको लागि घान्सेरी तिन कन्या हुनु पर्दछ भने घाटु गुरु र मादाले पनि गीत र मादलको तालमा बिधिबत अनुभबी हुनु पर्दछ l अन्यथा घाटुको घान्सेरी झुल्न सक्दैन l यो नाच घाटु गुरुबाट सम्पुण देवी देवताको नाम पुकारेर बिधिबत तरिकाले शुरु गर्ने गरिन्छ l यसरीनै बाह्र मासे घाटु पनि नाच्ने गरिन्छ l तर यो बाह्र मासे घाटु जहिले र जुनसुकै अबसरमा पनि नाच्न सकिन्छ सति घाटु जसरी बिधि अपनाई राख्नु पर्दैन भने निश्चित तिथि मितिको पनि अबशेक पर्दैन l बाह्र मासे घाटु कुनै पनि रमाइलो खालको अवसरहरुमा पनि नाच्न सकिन्छ l
गुरुङ समुदायको चर्चित 'घाटु' नाच पनि अहिले संरक्षणको पर्खाइमा छ। नाच्ने, गाउने मान्छे पाउन छाड्यो। गुरु बा, गुरुआमा बूढाबूढी हुँदै गए। नयाँ पुस्ताले सिकेका छैनन्। घाटु नाचका लागि चाहिने खर्च जुटाउन पनि समस्या छ।
गाउँमा माघदेखि जेठ पूर्णिमासम्म घाटु नचाउने चलन छ। पर्व विशेषमा गाउँगाउँमा नचाउने घाटु अहिले कतिपय ठाउमा हटिसकेको स्थानीय बूढापाका बताउँछन्। बूढाबूढी नसक्ने हुँदै जाने, अधिकांश युवा बिदेसिने गरेकाले गाउँमा घाटु नाच्ने, गाउने नभएकोले लोप हुने अबस्थमा छ ।
जसले परम्परा धानिरहेको छ, उसलाई पनि गाह्रो छ। संरक्षणका लागि कुनै पनि निकायबाट पहल भएको छैन।
सोरठी नाच :
सोरठी नाच पनि परापुर्ब काल देखी नै तमुहरुले एक ठुलो सास्कृतिक नाचको रुपमा
नाच्ने गर्दछ l केटा मान्छेलाइ केटीको पहिरनमा पहिराएर नचाइने यो नाच अति नै लोकप्रिय छ । सोरठी नाच नचाउने बेलामा गाउँका ठिटाठिटीहरू एक ठाउँमा जम्मा हुन्छन् । यो नै गाउँले क्लवको उदाहरण हो भन्दा फरक नपर्ला । यो सोरठी नाच गुरु, जोगे, मारुनी र मादाले नभई हुदैन l
सोरठी नाच पनि बिधिबत रुपमा र अनौपचारिक रुप गरि दुई प्रकारले नाच्ने गरिन्छ l
घाटु नाचमा जसरि यस नाचमा पनि गुरुले गीत,मन्त्र पढी मारुनिहरुलाई नचाउने गरिन्छ l
बिधिबत रुपमा नाच्ने हो भने गुरु बाट गीत र मादाले बाट मादलको ताल मिल्नु पर्दछ
सोरठी नाच पनि बिशेस गरेर गुरुङ हरुको चाड पर्ब, भोज भत्तेर र अन्य कार्यक्रमहरुमा
नाच्ने गरिन्छ l गुरुङ हरुको सस्कार र सस्कृतिको सम्पतिको रुपमा रहेको यस
सोरठी नाच हाल आएर सोरठी गुरु, मादाले र मारुनिहारुको अभाबले गर्दा आझेलमा परेको र कम प्रचलनमा आएको पाइनछ l यस अवस्था प्रति सबैको ध्यान जानु अति अबश्यक छ l
रोधी घरको नाच :
गुरुङ भाषाअनुसार रोवको अर्थ सुत्ने र धींको अर्थ घर हुन्छ। रोव र धींलाई सन्धि गर्दा रोवधी वा सुत्ने र घर हुन्छ रोवधी भन्ने शब्द अपभं्रश भई रोधी भएको कुरा तमु बुदिजीबीहरुको कथन छ। परापुर्ब कालमा रोधी घर बाट नै गुरुङहरुले धेरै सस्कार सस्कृतिको बिकाश गरेको पाईन्छ। जहाँ बिभिन्न उमेरका युवायुवती एकै ठाउँमा भेला भएर पारिवारिक सीप, ज्ञान, कला र व्यवहार सिक्ने गर्दथे। रोधी घरलाई यदाकदा बृक्रितिको रुपमा हेरिए पनि यसमा धेरै मात्रामा राम्रो पक्षहरु पाउन सकिन्छ । रोधी घर गाउको आकार अनुसार ठुलो गाउमा ३,४ वटा सम्म र सानो गाउमा थोरै रोधी घर हुने गर्दथ्यो ।
रोधी घरमा मनोरंजन मात्र नभएर अनुसासन र नीति नियमको लागि समाजको मुखिया तालुकीसँग दर्ता गर्नु पर्दथ्यो । त्यस बखत गाउमा गरिने सम्पूर्ण सामाजिक कामहरु र मनाउने चाडपर्बहरु कसरी सम्पन्न गर्ने भनि रोधी घरमा नै निर्णय गर्ने गर्दथ्यो । धान, कोदो, मकै लगाएत अन्य सामानको मुल्य पनि रोधी घर बाट नै तोक्ने चलन थियो । खेतालाको ज्याला युवायुवतीहरूको समानको मूल्य पनि यही बाट नै निर्धारण गरिन्थ्यो ।
रोधी घरमा नाच गर्नको लागि बिशेष दिन भने हुदैन थियो । गाउघरमा खेति पाती लगाएर फुर्सदको समयमा रोधी बस्ने चलन थियो । रोधी घरमा गाउने गीतहरु र नाच हरु बिबिध खालको हुन्छ जस्तो झ्याउरे, ठाडो भाका,सुनीमाया भाका, चुड्का, दोहोरि आदि । रोजगारीको लागि सहरतिर सर्ने विदेश तिर लाग्ने र अन्य बिबिध कारणले गाउ बाट तमुहरु बिस्थापित हुदा रोधी घरको नाच र रोधी सस्कृति धरापमा पर्न गएको छ । रोधीको संरक्षण र सम्बद्र्धन गर्न सम्पूर्ण तमूहरूको सामूहिक दायित्व देखिएको छ ।
स्यार्गा नाच :
तमुहरुको अन्तिम सस्कार अथबा अर्गुमा
नाचिने नाचलाई स्यर्गा नाच भनिन्छ l यो नाच खास गरेर मृतात्महरुलाइ खुशी बनाउन र चिर शान्तिको लागि लागि नाच्ने गरिन्छ l यो नाच एक वा दुई समुह भएर नाचिन्छ l नाचको टोलि आ आफ्नो गाउको समुहमा नाच्ने हुनाले एक वा सो भन्दा बढी गाउ बाट पनि अर्घु गर्ने घर धनीले बोलाउने गरिन्छ l स्यर्गा नाचमा पनि दोहोरीको गीतमा जस्तै प्रश्न प्रति प्रश्न गरेर गीत गाउने गरिन्छ l यसमा गाउने भाका लय भने छुटै खालको हुन्छ जुन गुरुले थाल्ने गर्छ र अरुले पछि लाने गर्दछ l जसमा दुई गुरुहरुको गीतमा एकदम रोचक दोहोरि पर्छ l साथमा धेरै जनाले कम्मरमा भिरेको ठुलो तङ्गतुंगे (मादल बाजा) एकदम जोडले बजाएर नाच्ने गरिन्छ l गीतको जोड तोडमा सबैजना एकदम उफ्रेर नाच्ने गर्दछ l यो नाच सास्कृतिक झलक बाहेक अर्गुमा मात्र नाच्ने हुनाले कमै मात्र देखन सकिन्छ l जसले गर्दा हेर्ने दर्शकहरु पनि एकदम रमाइलो र रोचक मानेर हेर्ने गर्दछ l साथ साथै अर्गुमा लामा, घ्याप्री र पच्युहरु पनि जोवाई संग नाच्ने गरिन्छ जुन नाचको पनि आफ्नै बिशेसता रहेको छ l
चुड्का नाच :
चुड्का नाच गुरुङ समुदायमा एकदम सरल र चलन चल्तीको नाच हो । जुन नाच कुनै पनि समयमा नाच्ने गरिन्छ । गाटु, सोरठी र श्यार्गा नाचहरु बिशेष परिस्थितिमा मात्र नाचिन्छ भने यस नाचमा त्यस खालको परिस्थिति लागु हुदैन । चुड्का नाच बिशेष गरेर गाउ घरमा पुजा आजमा, घाट बजारमा, बिबाह र भोज भतेरमा नाच्ने गरिन्छ । यो नाच एकदम सरल सजिलो भएकोले केटा केटि देखि बुडा पाका सबैजना रमाइलो मानेर नाच्ने गर्दछन । बिशेष गरेर गोरखा सिरानचोक भेकका गुरुङ हरु हिउदोमा खेति पाती थन्क्याई सके पछि फुर्सदिला हुन्छन र भोज खाएर चुड्का नाचेर रमाइलो गर्छन । यसरी हिउदोमा छिमेकि जिल्ला लम्जुङ्गबाट पनि रिमै, मुमैहरुलाई निम्त्याएर सम्मान पुर्बक भोज खानदिने चलन छ । यसरी पाउना बोलाएर सम्मान गरे पछि फेरी लम्जुङ्ग बाट पनि सिरानचोके रिमैमुमैलाई भोजको लागि लिन आउने गर्दछ।
गाऊ घरमा कुनै रमाइलो चाड पर्बमा र कुनै व्यक्ति विदेश बाट आउदा गाऊको आम समुहले चुड्का नाचेर फुल झार्ने चलन छ । त्यसै गरि गाउमा छोरा छोरिको जन्म हुदा, भात खुलामा र छेवर गर्दा पनि खुसियालीमा चुड्का नाचेर फुल झार्ने चलन छ। यसरी नाचेर जम्मा भएको पैसा कोषमा जम्मा गरेर गाउको बिकाशमा खर्च गर्दछन। आफ्नो गाउको आबश्यकता हेरेर बाटो घाटो, खाने पानी, बिजुली बत्ति र पानी मिल पनि बनाएका थुप्रै उदाहणहरु छन् । जुन गाउको बिकासको लागि एकदम सबल र राम्रो पक्ष हो । जसले गर्दा चुड्का नाच गुरुङ समुदायमा अतिनै प्रचलित,पहिचान र सस्कृति बोकेको नाच हो।त्यसैले यसको ठुलो महिमा र महत्तो छ।