त ल्हो ल्होछार पर्वमा चर्चित गायक मौसम गुरुङ र कार्यक्रम अतिथि तथा गायिका सुनिला गुरुङ बेलायत आउँदै

गोरखा जिल्ला गुरुङ समाज युकेले यस वर्ष पर्न गएको त ल्हो (घोडा वर्ग) ल्होछार/ल्होसार पर्व यही आउँदो शुक्रबार २६ डिसेम्बर २०२५ का दिन Empire Hall High Street, Aldershot, GU11 1DJ मा भव्यताका साथ मनाउने भएको छ ।

सप्रिल ल्होलाई विदाई गर्दै त ल्हो लाई स्वागत गरी मनाउने तमु गुरुङहरुको महान पर्व ल्होछार/ल्होसार कार्यक्रममा चर्चित लोकदोहोरी गायक मौसम गुरुङ र कार्यक्रम अतिथि तथा गायिका सुनिला गुरुङ आउने भएका छन । हाल अत्यन्तै चर्चित अनि लाखौं दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल र समधुर स्वर र आफ्नै मौलिक शब्दहरूमा स्वर दिएका चर्चित गायक मौसम गुरुङ र कार्यक्रम अतिथि तथा चर्चित गायिका सुनिला गुरुङले कार्यक्रममा भरपुर मनोरञ्जन प्रदान गर्ने भएको छ । यसर्थ विगतका वर्षहरु झै यो वर्ष हर्ष उल्लासका साथ मनाउनको लागि कार्यसमिति जोडतोडका साथ तयारीमा जुटिरहेको छ । वर्ष दिनमा एकपटक मनाइने ल्होछार/ल्होसार पर्व समस्त गोरखा जिल्ला गुरुङ समाज युकेका सदस्यहरुलाई उक्त दिनको लागि अहिले नै दिन बिदा मिलाइ उपस्थित भएर कार्यक्रम भव्यताका साथ सफल पारी दिन हुन अध्यक्ष लगायत कार्य समितिका सम्पूर्ण सदस्यहरु हार्दिक अनुरोध गर्दछ ।