स्वस्थ तथा खुशी रहन थाईची अभ्यास


Man Gurung
Instructor Member of Taichi Union of Great Britain
Consultant.
मानिसको जिबनमा स्वस्थ रहन र जिबनलाई सार्थक बनाउनको लागि पनि खुशी रहन आवश्क रहन्छ ! बिभिन्न किसिमका समस्याहरुले ग्रसित भएका मानिस खुशी हुन् बाट बन्चित हुन्छन ! मानिसको बाल्यकालमा भय त्रास, चिन्ता इत्यादी समस्याहरुको कम प्रभाब पर्दछ ! उसको उमेरको बृद्दि संगै आबस्यकता तथा चुनौतिहरु पनि बढ्दै जान्छ ! तर त्यस लाई सामना गर्नको लागि जिबनमा उसले गर्ने उपलब्धि हरुले पनि मद्दत गर्दछ ! आबस्यकता अनुसारको चुनौतिहरु सामना गर्नका लागि हामीहरु मानसिक तथा शारीरिक रुपले तन्दरुस्त हुनु पर्दछ ! पश्चिमा देशहरु युरोप तथा अमेरिकामा सारीरिक व्ययम को बिकाश धेरै भए पनि मानसिक व्यायामको बारेमा प्रयोग त्यति भएको रहेनछ ! तर अहिले पुर्बी आशिया चाइना ,
जापान, इन्डिया र नेपालमा , थाईची , योग र ध्यानको विकास भएको हुनाले अहिले पश्चिमा देश हरुमा पनि बढ्दो प्रयोग भएको पाइन्छ !

थाई ची चा इ निज भाषामा थाई बिस्तारै र श्री शक्ति बाट बनेको हुन्छ ! त्यसैले डा याङ्ग जउङ्ग मिङ्गले दिएको परिभाषा अनुसार थाइची चल्नु र स्थिर बस्तु बाट बनेको हुन्छ ! चल्दा बिभाजन हुने र स्थिर हुदा एकता हुने गर्छ ! थाईची सदियौ देखि चाइनाको साब्लीन मन्दिर र उदांग पहाडमा प्रशिक्षण गरिन्थ्यो ! , थाईची धेरै किसिमको भए पनि हाल आएर याङ्ग छेन, उ सन् र उ किसिमका छन् !
थाईचीको अभ्यासले हामी लाई के फाइ दा हुन्छ ? Dr Yang Twing Ming को भनाइ अनुसार थाईची छुवान अद्यात्मिक ज्ञान प्राप्ति गर्नको लागि ताओको गुम्बमा अभ्यास गरिन्थ्यो ! यसले गर्दा मानिसलाई दुवै बाहिरी तथा भित्रि जिबनको परिभासा, शान्ति र सुमुधुर बाताबरणको सिर्जना हुन्थ्यो ! यस्तो बाताबरणको सृजनाले गर्दा थाईचीले मानब शरीरलाई नरम, शान्त र बृस्रम अवस्थामा राख्दछ ! यी तत्वो हरु हाम्रा मानब शरीरको लागि दिमाग तथा शरीर का लागि महत्वो पूर्ण साचो हो ! यसै गरि थाइचीको दैनिक नियमित रुपमा कसरत गर्नाले दिमागलाई सन्ता र समधुर बनाउछ र सोचाई लाई नया जीवित शक्तिमा पुर्याउछ ! डा पिटर यम बयानको भनाइ अनुसार , थाईचीको प्रयोगले जनावरले आफ्नो लडाइमा चाल बुने जस्तै शारीर लाइ चलाउन अति महत्तो पूर्ण भूमिका रहन्छ !
अन्य फाइदाहरू, थाईचीको नियमित अभ्यासले दिमाग ठण्ड बनाउनु, सकारात्मक सोच बनाउनु, स्मरण शक्ति बढाउनु ब्लोड प्रेसर, मधुमेह जस्ता रोगहरु लाई कम गर्ने तथा हटाउने काम गर्दछ ! थाईचीले बालक हरुलाई पदाईमा ध्यान केन्द्रित गर्न पनि मद्दत गर्दछ ! थाईची यिन (Yin) र (Yang) यांग ताब धर्म अनुसार प्राकृतिक तरिकाले बनेको हुन्छ ! यीन लाई महिला तथा नरम कसरत र यांग लाई पुरष तथा कडा कसरत
मानिन्छ ! थाईचीमा (Ying) र (Yang)को कसरतबाट शरीरको शक्ति भित्रि तथा बाहिरी दुवै सन्तुलित हुन्छ भनिन्छ !
बृदाहरुलाई थाईची तरलता जस्तै गरि प्र्याय भागको कसरत गर्ने भएकोले शारीरिक कसरतको लागि सुहाउदो ब्यायाम हो ! यसरी हामीले आफैलाई स्वस्थ बनाउन र त्यसलाई दिगो बनाउन पहिला स्वस्थ परिक्षन र ब्यायाम गर्न डाकटरको परामार्श लिनु पर्दछ ! केहि बिरामीलाई निषेध पनि गरिएको हुन्छ ! वजन नाप्ने, खान र थाईची जस्ता ब्यायाम गर्ने र प्रशिक्षक तथा  न्युट्रीसनिष्ट, डाक्टर हरुबाट परामर्श लिने र त्यसलाई
हप्तामा तिन दिन प्रयोग गर्नु पर्दछ ! यसरी लगातार अभ्यास गरीएमा त्यसको परिणम केहि महिना तथा बर्षमा देखन सकिन्छ ! त्यसैले हाम्रो समाजमा प्रत्यक्ष प्रभाब पर्दछ र सुखी परिवार तथा समाज हुनमा मद्त गर्दछ !