Gurung (Tamu) Lhosar 2082 Celebrated with Unity and Pride by GzGSUK



The Gurung (Tamu) Losar 2082 was celebrated with dignity, cultural vibrancy, and a strong sense of togetherness by Gorkha Zilla Gurung Samaj UK on 26 December 2025 at Empire Hall, England.

As the year turns once again, Losar reminds the Gurung community

गोरखा जिल्ला गुरुङ समाज युके द्वारा आयोजित त ल्हो ल्होछार कार्यक्रम भव्य रुपमा सम्पन्न


तमु (गुरुङ)हरुको महान चाड पुषे १५ यस वर्ष पर्न गएको सप्रि ल्हो लाई विदाई गर्दै त ल्हो लाई स्वागत गरी मनाइने ल्होछार कार्यक्रम अध्यक्ष श्री टेकमान गुरुङको अध्यक्षतामा आयोजित ल्होछार कार्यक्रम शुक्रबार २६ डिसेम्बर २०२५ का दिन Empiral Hall Aldershort मा आयोजना गरिएको थियो । समाजका महासचिव  समीर गुरुङ द्वारा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम सञ्चालन गर्नुअघि महासचिव द्वारा स्वास्थ्य र सुरक्षा सम्बन्धी जानकारी जानकारी गराइएको थियो । उपाध्यक्ष क्या री शेर बहादुर गुरुङले कार्यक्रममा उपस्थित अतिथिहरु र सम्पूर्ण सदस्यहरुलाई हार्दिक स्वागत गर्दै समाजको बारेमा विशेष मन्तव्य राखिएको थियो ।

कार्यक्रममा आमन्त्रित संघ संस्थाका अतिथिहरुमा तमुधि युकेका अध्यक्ष श्रीमान श्रीमती जुम काजी गुरुङ, तमु समाज युकेका अध्यक्ष दम्पति बिन्दु घले गुरुङ, तमु प्ये ल्हु संघ युकेका उपाध्यक्ष श्रीमान श्रीमती पूर्ण वीर गुरुङ, रसमोर नेपाली कम्युनिटीका अध्यक्ष श्रीमती लीला सेलिङ मावो, इलमपोखरी समाज युकेका अध्यक्ष श्रीमान श्रीमती

परशु राम गुरुङ, लमजुङ समाज युकेका अध्यक्ष पूर्णराज गुरुङ र गोरखाली समाज युकेका अध्यक्ष हेम कुमार गुरुङको उपस्थिति रहेको थियो ।
समाजका संस्थापक अध्यक्ष श्री थम प्रसाद गुरुङ, वर्तमान अध्यक्ष श्री टेकमान गुरुङ,अतिथि गायिका तथा धार्चे गाउँपालिकाका उपाध्यक्ष सुनिला गुरुङ र एफसीए आमा समूहकी अध्यक्ष श्रीमती देउ माया गुरुङले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
गोरखा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष श्री टेकमान गुरुङ द्वारा उपस्थित अतिथि लगायत सम्पूर्ण सदस्यहरूलाई ल्होछार/ल्होसारको शुभकामना व्यक्त गर्नु भएको थियो । त ल्हो ल्होछार कार्यक्रम सम्पन्न गर्न खट्नु भएका कार्यसमितिका सम्पूर्ण सदस्यहरु क्षेत्रीय प्रतिनिधिहरु, एफसीए क्षेत्रीय प्रतिनिधि र आमा समूह लाई विशेष धन्यवाद व्यक्त गरिएको थियो । 


समाजको सम्पूर्ण सदस्यहरुको ग्रह शान्तिको लागि समाजका आजीवन सदस्य श्री गुरु लामा काजी गुरुङ द्वारा ग्रह शान्ति पूजा गरी कार्यक्रमको थलानी गरिएको थियो ।कार्यक्रममा बेलायती सैनिकमा पदोन्नति भएका र विभिन्न विषयहरुमा ब्याचलर डिग्री र मास्टर डिग्री गर्ने विद्यार्थी छोराछोरीहरु लाई समाजका अध्यक्ष बाट खदा लगाएर बधाईको साथमा सम्मान गरिएको थियो ।


संस्कृतिक कार्यक्रममा सांस्कृतिक संयोजक डेभिड गुरुङ सांस्कृतिक टिम र महासचिव समीर गुरुङले सञ्चालन गरेका थिए । जेनी गुरुङ र सुक बहादुर गुरुङले अत्यन्तै सुन्दर नाचको प्रस्तुति दिएका थिए । एफसीए क्षेत्रबाट गुरुङ संस्कृतिको धरोहर लोप हुने अवस्थाको सोरठी नाच अत्यन्तै रोचक शैलीमा प्रस्तुत गरिएको थियो । जसमा सुवाष गुरुङ, अनिल गुरुङ, रेशम गुरुङ, मान गुरुङ, ध्रुव गुरुङ, मिन गुरुङ, नारायण गुरुङ, सन्तोष गुरुङ, देव गुरुङ र राम गुरुङको संयुक्त टिम रहेको थियो ।

जेनिसा गुरुङ र युकी गुरुङले ङै नासरी बोलको गुरुङ भाषाको गीतमा नाच प्रस्तुत गर्न दर्शक दीर्घबाट तालीको वर्षा भएको थियो । त्यसैगरी एन्जेल गुरुङले रेशम बोलको गीतमा मिठो प्रस्तुति दिएका थिए । सविता घले र निलु गुरुङले

ङयोल माया हो हिरा मोती बोलको गीतमा सुन्दर नाचको प्रस्तुति गरेका थिए । यसैगरी एफसीए आमा समूहले अहिलेको चर्चित गायक मौसम गुरुङको मायालुलाई हङकङको चिनो बोलको गीतमा उत्कृष्ट नाच प्रस्तुत गरिएको थियो । उक्त बोलको गीतमा आशा गुरुङ, गङ्गा गुरुङ, टिका गुरुङ र जुना गुरुङले सुन्दर नृत्य प्रस्तुत गरेका थिए ।


केन्ट क्षेत्रबाट मोडारी म्रोबा बोलको गुरुङ गीतमा सोनिया गुरुङ, सुजु गुरुङ, एलिना गुरुङ र जस्मिन गुरुङले अत्यन्त उत्कृष्ट नाच प्रस्तुत गरिएको थियो । यसैगरी ए ङोल्स्यो ए ङोल्स्यो बोलको गुरुङ गीतमा एम कुमारी गुरुङले उत्कृष्ट एकल नृत्य प्रस्तुत गरिएको थियो । मुस्कुराउँदै हेर्ने उनीलाई बोलको गीतमा चुनु गुरुङ र गुराँस गुरुङले मिठो नृत्य प्रस्तुत गरिएको थियो । माछी दाई रिमिक्स बोलको गीतमा आस्मा र निलु गुरुङको प्रस्तुति रहेको थियो । त्यसैगरी गलबन्दी चिनो बोलको गीतमा जिना गुरुङ र सुप्रिम गुरुङले सुन्दर नृत्य प्रस्तुत गरेका थिए । मखमली बोलको गीतमा सोनिया गुरुङ, सुजु गुरुङ, एलिना गुरुङ र जस्मिन गुरुङले अत्यन्तै सुन्दर नाच प्रस्तुत गरेको थियो । यसैगरी चाइनोजो जिन्दगानीमा र गुरुङ रिमिक्स गीतमा सुजन गुरुङ, सुजु गुरुङ, रिदिमा गुरुङ र प्राश्ना गुरुङले सुन्दर नृत्य प्रस्तुत गरेका थिए । यस वर्षको सांस्कृतिक नृत्यमा एउटा राम्रो पक्ष भनेको धेरैजसो तमु भाषाको गीतमा नृत्य प्रस्तुत भएको थियो । यो एकदमै खुसीको कुरा हो, जसलाई निरन्तरता दिन जरुरी छ ।


स्थानीय कलाकारहरुको सुन्दर नृत्यपछि नेपालबाट आमन्त्रण गरिएको चर्चित गायक मौसम गुरुङ र सुनिला गुरुङले अत्यन्तै मिठो गीतहरु प्रस्तुत गरिएको थियो ।

मौसम गुरुङले प्रस्तुत गरेको गीतहरु मध्येमा मायालुलाई हङकङको चिनो बोलको गीतमा दर्शक दीर्घबाट वान्स मोरको आवाज गुन्जिएकोले पुन यो गीतलाई प्रस्तुत गरिएको थियो । चर्चित गायिका सुनिला गुरुङले, बुद्धभूमि बोलको गीत र मत चेली उत्तरी गोर्खाको गीत गाएर भरपुर मनोरञ्जन प्रदान गरिएको थियो ।

कार्यक्रमको सुरु देखि अन्तसम्ममा रिसेप्सन, टिकेटिङमा आर्थिक कारोबारको लागि अत्यन्तै जिम्मेवार पदमा रहेका कोषाध्यक्ष श्रीमती मेशा गुरुङ दम्पतिले व्यवस्थापन गरिएको थियो । यसैगरी डिनर सरभमा एफसीए प्रतिनिधि सदस्य हेम कुमार गुरुङ र राज गुरुङले कार्यक्रमको सुरुदेखि अन्त्य सम्म व्यवस्थापन गरेका थिए । अतिथिहरू र कलाकारहरुको व्यवस्थापनको लागि एफसीए आमा समूहद्वारा व्यवस्थापन गरिएको थियो । कार्यक्रमको सुरुदेखि अन्त्यसम्म photographer मा सूर्य मान गुरुङ र भिडियोग्राफरमा मनि राज गुरुङले जिम्मेवारी बहन गरिएको थियो । DMT Band का संयोजक दिनेश गुरुङले कार्यक्रम अवधिभर साउन्ड सिस्टमको व्यवस्थापन गरिएको थियो ।  


नेपाल बाट आमन्त्रित चर्चित गायक मौसम गुरुङ र गायिका सुनिला गुरुङलाई सल्लाहकार निरराज गुरुङले खदा लगाई धन्यवाद ज्ञापन गरिएको थियो । सम्मान गर्ने क्रममा संस्थाको स्थापना काल देखि हालसम्म वेबसाइट व्यवस्थापन र प्रकाशन गर्दै आइरहेकोमा वेब मास्टर हरि गुरुङ (सूर्य)  लाई संस्थाको अध्यक्ष श्री टेकमान गुरुङले फेटा र खदा लगाएर सम्मान गरिएको थियो । यसैगरी लामो समयसम्म Photographer को भूमिका निभाउँदै आइरहेको सूर्य मान गुरुङ र भिडियो र फोटोग्राफरमा लामो समय निरन्तर योगदान दिँदै आइरहेको मनि राज गुरुङलाई पनि समाजका अध्यक्षबाट फेटा लगाएर सम्मान गरिएको थियो । त्यसैगरी DMT ब्यान्डका संयोजक तथा सांस्कृतिक सल्लाहकार दिनेश गुरुङलाई पनि अध्यक्ष द्वारा खदा लगाएर सम्मान गरिएको थियो । हल व्यवस्थापन र क्याटरिङको बन्दोबस्तको लागि Empire Hall Aldershot का प्रोप्राइटर पुरण गिरी लाई अध्यक्ष द्वारा विशेष धन्यवाद व्यक्त गरिएको थियो ।


कार्यक्रमको अन्तमा यस त ल्हो ल्होछार कार्यक्रमको प्रमुख संयोजक तथा संस्थाका उपाध्यक्ष श्री राज कुमार गुरुङले कार्यक्रम सफल बनाउनमा सहयोग गर्नुहुने
कार्यसमिति सदस्यहरु लगायत सबै क्षेत्रका क्षेत्रीय प्रतिनिधिहरु र उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै अर्को वर्ष पनि यसरी नै लोसार कार्यक्रम भव्य रुपमा मनाउने प्रण गर्दै कार्यक्रम अन्त भएको घोषणा गरिएको थियो ।

चर्चित गायिका सुनिला गुरुङ ल्होछार कार्यक्रमको लागि बेलायत आइ पुगे

गोरखा जिल्ला गुरुङ समाज युकेको निमन्त्रणामा  चर्चित गायिका तथा धार्चे गाउँपालिकाका उपाध्यक्ष सुनिला गुरुङ वेलायत आइ पुगेका छन् । गायिका सुनिल गुरुङ डिसेम्बर २२ तारिख साँझ ८ बजे 
लण्डन स्थित हेद्रो विमानस्थल ओर्लिएकी हुन् । विमानस्थलमा समाजका अध्यक्ष श्री टेकमान गुरुङ, सल्लाहकारहरु मदन गुरुङ आच्यो, टक मान गुरुङ, गणेश गुरुङ, एफ सी ए आमा समूहका अध्यक्ष श्रीमती देउ माया गुरुङ, सदस्यहरु श्रीमती टिका गुरुङ र दूर माया गुरुङ, खड्ग गुरुङले खदा र फुलको गुच्छाले भव्य स्वागत गरिएको थियो । समाजका उपाध्यक्ष राजकुमार गुरुङ भने गायिका सुनिला गुरुङ सँगै  बेलायत आउनु भएको हो ।

चर्चित गायक तथा सर्जक मौसम गुरुङ १८ डिसेम्बर २०२५ का दिन आएका हुन ।
यस वर्ष पर्न गएको त ल्हो (घोडा वर्ग) ल्होछार/ल्होसार पर्व गायक तथा सर्जक मौसम गुरुङ र चर्चित गायिका सुनिला गुरुङको प्रस्तुतिमा भव्य रुपमा मनाउन गइरहेको छ । साथमा स्थानीय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक बेजोड प्रस्तुतिहरु पनि रहेको छ । ल्होछार/ल्होसार 
कार्यक्रम  यही आउँने शुक्रबार २६ डिसेम्बर २०२५ का दिन Empire Hall High Street, Aldershot, GU11 1DJ मा भव्यताका साथ मनाउने भएको छ ।