गोरखा जिल्ला गुरुंग समाज यू के को ल्होसार २०१२ भब्यताका साथ समपन्न

                                                                                                          (हरि गुरुंग बेलायत)
गुरुंग जातिहरुको महान पर्ब ल्होसार हरेक बर्ष पौष १५ मा परम्परागत रुपमा मनाउने गरिन्छ I   बिदेशमा रहेका तमुहरूले  आ- आफ्नो  समय अनुकुल पारेर केहि फरक दिनमा मनाउने गरिन्छ I  यसरी नै गोरखा जिल्ला गुरुंग समाज यू के ले हरेक बर्ष झै यो बर्ष पनि यही ३१ डिसेम्बर का दिन कनौट स्कूल अल्डरसटमा मुप्रील्हो  ल्होसार  भब्यताका साथ मनायो I लामागुरुको  पुजा पाठ बाट कार्यक्रमको सुरुवात गरिएको थियो I  यो बर्ष गरुड़ बर्ग परेकोहुनाले उनीहरुको ग्रह शान्तिको लागि लामागुरु बाट ग्रह काटेर रूपा लगाउने काम पनि भयो I यस पुजा अबधिभर लामागुरुलाई पुजाको लागि दिनेश गुरुंगले सहयोग गरेका थिए I

   पुजाको समापन पछि समाजका सदस्य तथा  संयोजक बलराम गुरुंगले दोस्रो चरणको कार्यक्रम सञ्चालन गरेको थिए I समाजका अध्यक्ष पञ्च गुरुंग बाटा कार्यक्रममा  उपस्थित सबैलाई  ल्होसरको शुभकामान र स्वागत मनतब्य राख़नु
भएको थियो I
         कार्यक्रमको प्रमुख अतिथिमा
गोरखाली समाजका अध्यक्ष खुशीमन गुरुंग हुनुहुन्थ्यो l  अतिथिहरुमा तमुधी यू के का अध्यक्ष मुछेत्र गुरुंग तमु प्येल्हु संघ युके का अध्यक्ष,गोरखाली समाजका अध्यक्ष तथा उपाध्यक्ष हुनुहुन्थ्यो l  त्यसै गरि समाजका सल्लाहकारहरुमा खुसिमान गुरंग, थम प्रसाद गुरुंग, तिल कुमारी गुरुंग तथा ढक बहादुर गुरुंगको उपस्थिति थियो l समाजका अध्यक्ष पञ्च गुरुंगले अतिथिहरुलाई खादा लगाएर सम्मान गर्नु भएको थियो l साथै  यो बर्ष बिमान चालक क्यापटेन सुश्री बिमला गुरुंगलाई पनि सम्मान गरियो, त्यसै गरि समाजका जेष्ठ उमेरका ब्यक्ति टेक बहादुर गुरुंग तथा श्रीमती जगदम्बी  गुरुगलाई पनि   खादा लगाएर सम्मान गर्नु भएको थियो l  
                    सम्मान कार्यक्रम पछि समाजका महा सचिब तुल बहादुर गुरुंगले बोल्नु भएको थियो l  वहाले बर्ष भरी समाजले गरको कार्यहरुको छोटकरीमा प्रस्तुत गर्नु भएको थियो l  शैक्षिक क्षेत्रमा उच्च अंकल्याई उत्रिण  तमु नानीहरुलाई अवार्ड र सम्मान पनि गरियो l सम्मान कार्यक्रमको  समाप्ति पछि बलराम गुरुंगले सास्कृतिक टोलीलाई  माइक हस्तानतरण गरेका थिए l सास्कृतिक कार्यक्रम सुश्री नबीना, समीर  र गोपाल गुरुंगले सञ्चालन गरेका थिए l यो बर्ष केन्ट  एकाइका टोलीले राम्रो नाच प्रस्तुत गरेका थिए, त्यसै गरि  लनडन एकाइ र फानबरो टोलीका कलाकार  हरुले एकदम जोसिलो नाच प्रस्तुत गरेका थिए l सास्कृतिक कार्यक्रमको समाप्ति पछि कलाकारहरुलाई प्रमाणपत्र र खादा लगाई सम्मान गरियो l 
मिस यु के नेपाल २०११ मा भाग लिने प्रतियोगिहरू सुश्री बिजय गुरुंग, सानु गुरुंग, बिर्सना गुरुंग तथा मिस यु के नेपाल २०११ का बिजेता सुश्री गौमाया गुरुंगलाई  खादा र प्रमाणपत्र बाटा  सम्मान गरियो l
ल्होसार २०१२ को खानपान र अन्य ब्यबस्था  समाजका कोओरडीनेटर  गणेश गुरुंगले गरेका थिए l 
सास्कृतिक कार्यक्रमको कोरियोग्रफरहरुमा  क्रमस बीर बहादुर गुरुंग, सुबाश गुरुंग,गगन गुरुंग र सनतोक गुरुंग हुनुहुन्थ्यो l कार्यक्रमको अन्तम समाजका  उपाध्यक्ष फड़क जित गुरुंगले बोल्नु भएको थियो  l वहाले ल्होसार कार्यक्रममा सहयोग  गर्नुहुने र उपस्थित अतिथिहरु ,समाजका सम्पूर्णलाई  धन्यबाद दिदै यो बर्षको ल्होसारकार्यक्रम समाप्त भएको घोसणा गर्नु भयो l