
गोर्खाली गुरुङहरु लगायत नेपालीहरुको बाक्लो उपस्थिति
रहेको कार्यक्रम समाजका अध्यक्ष फडकजीत गुरुङ र संस्थापक अध्यक्ष थमप्रसाद गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा नेपालबाट आएका लामा गुरु लोपन सोनम गुरुङ र स्थानीय लामा काजी गुरुङले धार्मिक पूजापाठ समेत गरे ।
कार्यक्रममा एनआरएनए युके अध्यक्ष पुनम गुरुङले प्रमुख अतिथिको आसनबाट ल्होछार गुरुङहरुको मौलिक पर्व हो भन्दै ‘गुरुङहरुको भाषा, कला, संस्कृति र पहिचान संरक्षण तथा सम्वर्धन गर्ने एउटा भरपर्दो माध्यम पनि हो’ भनिन् । साथै, उनले ल्होछारको शुभकामना पनि व्यक्त गरिन् ।

कार्यक्रममा समाजका अध्यक्ष फडकजीत गुरुङले प्रमुख अतिथि, अतिथि, कलाकारलगायतलाई धन्यवाद दिदै ल्होछार/ल्होसारको शुभकामना दिए । महासचिव मान गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सचिव मदन गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी गराएका थिए । कार्यक्रममा पाहुनाहरुलाई खादा लगाई स्वागत गरिएको थियो ।
संयोजक एवं महासचिव मान गुरुङले स्वागत मन्तब्य दिदै औपचारिक कार्यक्रम र सल्लाहकार बलराम गुरुङ, अबिसा गुरुङ र अक्सोना गुरुङले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रम सफल बनाउन समाजका उपाध्यक्ष मिनकुमार गुरुङ, उपाध्यक्ष नैना गुरुङ, कोषाध्यक्ष दिनेश गुरुङ, सहकोषाध्यक्ष रेशम गुरुङ, सूर्यमान गुरुङ, घन (जोन) घोतोने गुरुङ, मनिराज गुरुङ, एफसी आमा समूह, देउमाया गुरुङ, जुमना गुरुङ, थानेश्वर गुरुङ, देउबहादुर गुरुङ, खड्क गुरुङ लगायत कार्यसमितिले विशेष भूमिका खेलेको थियो ।