भर्च्युल माध्यम द्वारा गोरखा जिल्ला गुरुङ समाज यू के को बाह्रौँ लोछार/लोसार कार्यक्रम सम्पन्न

गोरखा जिल्ला गुरुङ समाज यू के ले आइतबार 27  डिसेम्बर 2020 का दिन
 महान पर्ब पुस पन्द्र (१५) मुसा बर्गलाई बिदाई गरि गाई बर्गलाई स्वागत गर्दै  भर्चुअल प्रविधिको प्रयोग मार्फत ल्वो लोछार/लोसार कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका महासचिव मान गुरुङ ज्यूले संचालन गर्नुभएको कार्यक्रम गोरखा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष फडक जित गुरुङ ज्यु र प्रमुख अतिथि तमु ह्युल छोंजधीं राष्ट्रिय गुरुङ परिषद नेपालका अध्यक्ष रेशम गुरुङ ज्यु ले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।  नेपालबाट अतिथि श्रद्धेय लामा लोपेन सोनाम गुरुङ, प्रमुख अतिथिमा तमु ह्युल छोजधी राष्ट्रिय गुरुङ परिषदका अध्यक्ष रेशम गुरुङ ज्यू, अतिथि कलाकारहरुमा गणेश गुरुङ र सुनिला गुरुङ हुनुहुन्थ्यो ।
समाजका उपाध्यक्ष श्रीमती नैना गुरुङ ज्यू ले स्वागत मन्तव्य र समाजको च्यारिटीको विषयमा छोटो भनाई राख्नुभएको थियो । ततपश्चात श्रद्धेय लामा लोपेन सोनाम गुरुङ ज्यू ले लोछार/लोसारको बारेमा छोटो मन्तब्य र प्रवचन सुनाउनुभएको थियो । साथै पुस 15 बाट नयाँ वर्ष सुरु भएपछि छ वटा ल्हो हरुमा ग्रहदशा नराम्रो रहेको बताउनुभयो । उक्त छ वटा वर्गको लागिको ग्रहशान्ति पाठ पढ्नु भएको थियो ।

यसै क्रममा सांस्कृतिक सल्लाहकार वीरबहादुर गुरुङ ज्यु बाट छोटो मन्तव्य र ल्होसारको शुभकामना व्यक्त गर्नुभएको थियो । संस्थापक अध्यक्ष श्री थम प्रसाद गुरूड०ज्यूबाट शुभकामना सहित दरौदी थेम्स पत्रिका प्रकाशनमा लेख रचनाहरु पठाई दिनको लागि अनुरोध गर्नुभएको थियो ।
यसै अवसरमा उहाँले तमु ह्युल छोजधी गुरुङ राष्ट्रीय परिषद नेपालका अध्यक्ष रेशम गुरुङ ज्यु बाट पनि पाँचौं अङ्क प्रकाशन हुन लागि रहेको दरौदी थेम्स पत्रिकाको लागि शुभकामना सन्देश अपेक्षा गरिएको अवगत गराउनु भएको थियो । साथै संभव भएमा ल्होछार/लोसारको बारेमा पनि लेख मार्फत प्रष्ट पारिदिन हुनको लागी अनुरोध गर्नु भएको थियो । नेपालबाट जोडिनु भएका अतिथि कलाकार गणेश गुरुङ  ज्यूबाट ल्होसारको शुभकामना  सन्देश पछि

लोकप्रिय ल्होसार गित “खैमु ल्होसार” बोलको गीत कसरी सृजना भयो सोको बारेमा प्रष्ट पार्नुभएको थियो । उक्त गीतलाई प्रत्यक्ष लाइभमा गाएर सुनाउनुभएको थियो । 
कार्यक्रमको प्रमुख अतिथी रेशम गुरूड०ज्यू पनि नेपालबाट प्रत्यक्ष कार्यक्रममा जोड दिनुभएको थियो । उहाँले नेपालको राजनीतिक परिस्थिति र गुरुङ हरुको सार्वजनिक बिदा कटौती भएको बारेमा उल्लेख गर्नुभएको थियो ।
कटौती गरिएको सार्वजनिक बिदाहरु पूर्ण रूपमा लागू गर्नको लागि सरकारसँग जोडदार माग रहेको कुरा उल्लेख गर्नुभयो । साथै तमुहररुको अन्तराष्ट्रीय सम्मेलन ईन्डियामा हुन गई रहेको जानकारी  पनि गराऊनु भएको थियो ।

समाजको अध्यक्ष श्री फड्कजित गुरुङ ज्यू बाट कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद तथा
लोछार/ल्होसारको आशीँमला ब्यक्त गर्नु भएको थियो । अतिथी कलाकार सुनीला गुरुङ  ज्यूलाई नेटवर्कको समस्याले गर्दा लाईभमा ल्याऊन समस्या भएको थियो । धेरै पटकको प्रयास पछि लोसारको शुभकामना र थोरै लाईव गित गाउँन संभव हुनु भयो भने पुरा प्रस्तुती दिन सफल हुनु भएन । समाजका कोषाध्यक्ष दिनेश गुरूड०ज्यूले सुरीलो बाँसुरीको धुन बजाएर कार्यक्रमलाई मनोरन्जन प्रदान भएको थियो । कोषाध्यक्ष दिनेश गुरुङ

ज्यु बाट संस्कृतिक कार्यक्रम अगाडी बढाऊने क्रममा गणेश गुरूड०ज्यूको खैचडीको तल र गित सँगै सल्लाहकार बिर बहादुर गुरूड०ज्यू र उहाँको धर्म पत्नीबाट लाईभमा कौरा नृत्य प्रस्तुति गरेर मनोरन्जन प्रदान गर्नु भएको थियो । विभिन्न track गीतहरुमा उपाध्यक्ष मीन गुरुङ ज्यू र सहकोषाध्यक्ष रेशम गुरुङ ज्यू , सानी नानी मेलिना गुरुङ र अमृता गुरुङ ज्यूले नृत्य प्रस्तुत गरेर मनोरन्जन प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको अन्तमा उपाध्यक्ष मीन गुरुङ ज्यूले उपस्थिति सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने अध्यक्ष फडक जित गुरुङ ज्यूले virtual लोछार/लोसार कार्यक्रमलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।
कार्यक्रमको सुरुदेखि अन्तसम्म प्राविधिक रुपमा खट्नु हुने
महासचिब मान गुरुङ, मिडिया सचिव सूर्यमान गुरुङ, वेव मास्टर हरि गुरुङ, कोषाध्यक्ष दिनेश गुरुङ र भिडियोमा मनिराज गुरुङको अहम भुमिका रहेको थियो ।