रष्ट्रिय लोक दोहोरी कलाकारहरुको साथमा 14औं वार्षिक उत्सव भव्यरुपमा मनाउदै

विश्वव्यापी महामारी रोग Covid 19 का कारण बेलायत लगायत विश्वका विभिन्न देशहरुमा सार्वजनिक रुपमा भेला भएर मनाउने कार्यक्रमहरु स्थगन भइरहेको छ । यसरी प्रत्यक्ष भेटघाट भएर कार्यक्रम मनाउन नसकेपछि पछिल्लो समयमा virtual प्रविधिमार्फत कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको छ । गोरखा जिल्ला गुरुङ समाज यूके ले यस बर्षको तमु ल्होसार कार्यक्रम भर्चुअल प्रविधि द्वारा मनाइएको थियो । 14औं बार्षिकोत्सव कार्यक्रम पनि प्रत्यक्ष भेटघाट गरी मनाउन नमिल्ने हुनाले zoom प्रविधि द्वारा नै मनाउने कार्य समितिको निर्णय अनुसार यही शनिबार 27 मार्चको दिन भव्य रुपमा मनाउन गइरहेका छौं । वार्षिकोत्सव कार्यक्रममा मनोरञ्जनको लागि नेपालका राष्ट्रिय कलाकारहरुलाई अनुरोध गरिएकोमा उहाँहरुले सहर्ष स्वीकारी कार्यक्रममा सहभागी हुने भएको छ । यसको लागि सम्पूर्ण कलाकारहरुलाई गोरखा जिल्ला गुरुङ समाज यूके का वर्तमान कार्यसमिति हार्दिक धन्यवाद व्यक्त गर्दछ । 

रष्ट्रिय कलाकारहरुमा गायिका तथा समाजसेवी हरिमाया गुरुङ, उक्त कार्यक्रमको संस्कृतिक सयोजक तथा लोक दोहोरी कलाकार सविन गुरुङ, लोक दोहोरी गायक पृथ्वी गुरुङ,लोक दोहोरी गायिका सुनिला गुरुङ, लोकदोहोरी गायक चिज गुरुङ र कुशल नृत्यकार विनिता गुरुङले मनोरन्जन प्रदान गर्नुहुने भएको छ ।कार्यक्रमको प्रमुख अतिथिमा पूर्व निर्वाचन आयुक्त तथा सचिव श्री दोलख बहादुर गुरुङ हुनुहुन्छ । कार्यक्रम बेलायतको समय अनुसार बिहान 11 बजे देखि शुरु हुने भएको छ । यसर्थ वार्षिकोत्सव कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई भरपुर मनोरंजन लिनु हुन सम्पूर्ण गोरखा जिल्ला गुरुङ समाज यूके का सदस्य ज्यूहरुलाई यो कार्य समिति हार्दिक अनुरोध गरिन्छ ।