भर्चुअल माध्यम द्वारा 14औं वार्षिक उत्सव कार्यक्रम भव्यरुपमा सम्पन्न

गोरखा जिल्ला गुरुङ समाज यूके को स्थापनाको 14औं बार्षिकउत्सव तथा दरौंदी थेम्स पत्रिकाको विमोचन कार्यक्रम मार्च 27 शनिबार 2021 का दिन भर्चुअल माध्यम द्वारा भब्यताकासाथ सम्पन्न भएको छ । गोरखा जिल्ला गुरुङ समाज यूकेले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार जन्म दिवसको रुपमा मनाउँदै आइरहेको छ । सोही अनुरुप यस वर्ष पनि वार्षिक उत्सव कार्यक्रम मनाईएको हो ।

Covid 19 का कारण बिरामी बिदामा बस्नुभएका अध्यक्ष श्री फडक जित गुरुङको

अनुपस्थितिमा समाजका उपाध्यक्ष श्री मिन कुमार गुरुङले कार्यवाहक अध्यक्ष र कार्यक्रमको सभापतीत्व गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारको (पूर्व निर्वाचन आयुक्त, पूर्व सचिव, पूर्व स्थानीय प्रशासक) श्री दोलख बहादुर गुरुङ ज्यु हुनुहुन्थ्यो । त्यसैगरी अतिथिहरुमा सिरानचोक गाउँपालिकाका अध्यक्ष श्री राजु गुरुङ, लेखक तथा सामाजिक अभियन्ता श्री दिल बहादुर गुरुङ हुनुहुन्थ्यो । कार्यक्रममा मनोरन्जनको लागि नेपालबाट राष्ट्रिय कलाकारहरुमा गायिका हरि माया गुरुङ, लोकदोहोरि गायक पृथ्वी गुरुङ, लोकदोहोरी गायिका सुनिला गुरुङ, लोकदोहोरी गायक सविन गुरुङ र नृत्य कलाकार बिनिता गुरुङ हुनुहुन्थ्यो ।

समाजका महासचिव श्री मान गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजका महिला उपाध्यक्ष श्रीमती नैना गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थापक अध्यक्ष तथा सल्लाहकार श्री थम प्रसाद गुरुङ, कार्यबहाक अध्यक्ष श्री मीन कुमार गुरुङ, प्रमुख अतिथि श्री दोलखबहादुर गुरुङ र सम्पूर्ण सल्लाहकारहरुले दरौदी थेम्स पत्रिकाको विमोचन गर्नुभएको थियो । उक्त अवसरमा पत्रिकाका संयोजक श्री थम प्रसाद गुरुङले

आफ्नो मन्तव्य राख्नु हुँदै
 पत्रिकाको सह-संयोजक श्री मान गुरुङ, अङ्ग्रेजी सम्पादक श्री ग्यारी घले, नेपाली सम्पादक, श्री हरि गुरुङ (सूर्य ) बजार व्यवस्थापक क्या रि श्री शेर बहादुर घोताने, श्री टेकमान गुरुङ,
श्री मदन गुरुङ लगायत लेख रचनाहरु, शुभकामना सन्देशहरु पठाएर सहयोग गर्नु हुने र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । समाजका सल्लाहकारहरु ग्यारी घले, बिर बहादुर गुरुङ, निरा राज गुरुङ, र अध्यक्ष फडक जित गुरुङले, आफ्नो मन्तव्य राख्नु भएको थियो । त्यसैगरी अतिथिहरु राजु गुरुङ, दिल बहादुर गुरुङ र गायिका कलाकार हरि माया गुरुङले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।
प्रमुख अतिथि दोलख बहादुर गुरुङ ज्युले कार्यक्रममा उपस्थिति हुन पाउँदा अति नै गर्व लागेको र संसारको जुनसुकै ठाउँमा रहेतापनि आफ्नो भाषा कला संस्कृति र संस्कारको संरक्षण सम्बर्धनको लागि सबै एकजुट भएर लागिपर्नु पर्ने बताउनुभएको थियो । कार्यक्रमको दोस्रो चरणमा भर्चुअल माध्यम द्वारा नेपालबाट राष्ट्रिय कलाकारहरुले नाचगान प्रस्तुत गरेर भरपुर मनोरञ्जन प्रदान गरेको थियो । नेपालको संस्कृतिक कार्यक्रमको समापनपछि कार्यवाहक अध्यक्ष तथा सभाका सभापति मिन कुमार गुरुङले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । तत्पश्चात समाजक कोषाध्यक्ष दिनेश गुरुङले विभिन्न मनोरञ्जनात्मक नेपाली गितहरु बजाएर सबैलाई नचाएका थिए । कार्यक्रमको zoom प्रविधिमा महासचिब मान गुरुङ, मिडिया संयोजक सूर्य मान गुरुङले विशेष भूमिका निभाएको थियो भने कलाकारहरूको संयोजकमा सल्लाहकार बिर बाहदुर गुरुङ, डिजेमा दिनेश गुरुङ, भिडियोमा मनिराज गुरुङ र फोटोमा घन बहादुर (जोन) घोतानेले विशेष भूमिका निभाएको थियो ।