छैटौं अधिवेशन तथा चौधौं बार्षिक साधारण भेला

समाजको विधान अनुसार नयाँ कार्यसमितिको चयन हरेक 3 बर्षको मार्च महिनाको अन्तिम शनिबार गर्नुपर्नेमा करोना महामारीले गर्दा यस पटकको अधिवेशन समयमा सम्पन्न गर्न सम्भव भएन ।

यसर्थ कार्यसमितिको बैठकलेनिर्णय गरेअनुसार छैटौं अधिवेशन तथा 14औं वार्षिक भेला 18 September 2021 शनिबारका दिन गर्ने निर्णय भएको थियो । 17 जुलाई 2021 शनिबारको दिन बसेको कार्यसमितिको भर्चुअल बैठकले श्री ग्यारी घले ज्यु को संयोजकत्वमा चार सदस्यीय निर्वाचन समिति चयन गरिएको थियो ।

चार सदस्यीय निर्वाचन समितिमा :

श्री ग्यारी घले निर्वाचन अधिकृत
श्री मदन गुरुङ (बलराम) निर्वाचन सचिव
श्री बम बहादुर गुरुङ सदस्य
श्रीमती दिल माया गुरुङ सदस्यमा चयन गरिएको छ ।



यहि 18 September 2021 शनिबारको दिन सम्पन्न हुनगईरहेको छैटौ अधिवेशन Godmersham & Crundale Village Hall
Godmersham Canterbury
CT4 7DR Kent मा गर्ने निर्णय भएको छ । उक्त अधिवेशनको लागि निर्वाचन अधिकृत श्री ग्यारी घले ज्यु ले निर्वाचन सम्बन्धी नियमावली प्रकाशन गरिसक्नुभएको छ भने महासचिव श्री मान गुरुङले इमेल मार्फत सबै सदस्यहरुलाई जानकारी गराइसक्नुभएको छ ।
उक्त दिन वर्तमान अध्यक्ष श्री फडक जित गुरुङले सस्थाको पाँचौं कार्यसमिति लाइ औपचारिक कार्यक्रममार्फत विघटन गरी छैटौं नयाँ कार्यसमिति गठनको लागि निर्वाचन समिति लाई जिम्मेवारी दिनु हुनेछ । तत्पश्चात निर्वाचन अधिकृत श्री ग्यारी घले र उहाँको समितिले छैटौं कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नु हुनेछ ।