हरि गुरुङ, लण्डन
![]() |
Photo Maniraj Gurung |
समाजका महासचिव क्या. शेर बहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने फान्बोरो, अल्डरसट क्याम्बरलीका संयोजक रेशम गुरुङले सुरक्षा प्रणाली बारे अवगत गराएका थिए । समाजका अध्यक्ष श्री गौतम गुरुङ बाट दीप प्रज्वलन गरी सबैलाइ हि ल्होसारको शुभकामनाको साथमा कार्यक्रमको सुरुवात गरिएको थियो । उक्त हि ल्हो ल्होछार/ल्होसार कार्यक्रममा वेलायतका विभिन्न सङघ संस्थाहरु बाट आमन्त्रित अतिथिहरुमा
तमु धीं युकेका अध्यक्ष श्रीमान,श्रीमती हरि गुरुङ, तमु समाज युकेका अध्यक्ष श्रीमान,श्रीमती शिव कुमार गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष श्रीमान,श्रीमती दल बहादुर गुरुङ, इलम पोखरी समाज यूके का अध्यक्ष श्रीमान,श्रीमती परशुराम गुरुङ, गोरखा किचनका प्रोपाइटर श्री भिम गुरुङको सहभागिता रहेको थियो ।![]() |
Photo Maniraj Gurung |
यसै गरी नेपालबाट आमनन्त्रित म्युजिक भिडियो तथा चलचित्रकर्मीको समूह निर्देशक दीप गुरुङ, नायक तथा मोडल आनन्द गुरुङ, नायिका तथा मोडल लक्ष्मी गुरुङ र तमुधी युके बाट आमन्त्रित कलाकारहरु लोकदोहोरी गायक चिज गुरुङ, सुरेन्द्र गुरुङ र भिमु गुरुङको सहभागिता रहेको थियो । उक्त ल्होसार कार्यक्रममा गोरखा जिल्ला गुरुङ समाज यूके का सदस्य तथा छोराछोरीहरुले युकेका बिभिन्न विश्व विद्यालयहरुबाट विभिन्न विषयमा व्याच्युल्स डिग्री र मास्टर डिग्री गरेका नानी बाबू हरुलाइ समाजका अध्यक्ष श्री गौतम गुरुङले खदा लगाएर सम्मान गरेका थिए । गत 27 अगष्ट २०२२ मा सम्पन्न युथ च्यारिटी डिनर नाईटको कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष तथा गोरखा खिचनका प्रोपाइटर श्री फडक जित गुरुङ र श्री भिम गुरुङ बाट निशुल्क खानाको प्रबन्ध गरिएको थियो । उक्त कार्यक्रमबाट उठेको रकम मध्येबाट £2000 Frimley Park Hospital को ICU Depatment लाई प्रदान गर्ने भनिए अनुसार £2000 को चेक निवर्तमान अध्यक्ष फजित गुरुङ र भीम गुरुङलाई हस्तान्तरण गरिएको छ । उक्त रकम वहाँहरुले समय मिलाएर फ्रिम्ली पाक हस्पिटललाई हस्तान्तरण गर्नु हुनेछ । बाँकी रहेको रकम £5227 गोरखा जिल्ला गुरुङ समाज यूकेका युथ हरुको निर्णय अनुसार जिल्लाको अत्यावश्यक क्षेत्रमा सहयोग गर्ने भएको छ ।
अन्तमा लोकदोहोरी गायक चिज गुरुङ र भिमु गुरुङले विभिन्न दोहोरी गीतहरुमा सबैलाई नचाएर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको निर्धारित समयमै कार्यक्रम सफलतापूर्वक पूरा भएको थियो ।कार्यक्रमको अन्तमा समाजक उपाध्यक्ष मीन गुरुङले उपस्थित सम्पूर्ण सदस्यहरुलाई हि ल्होछारको शुभकामना र धन्यवाद दिँदै , अर्को वर्ष पनि यसरी नै रमाइलो गर्ने प्रणको साथ कार्यक्रमको समापन गरिएको थियो ।