अक्षय कोषका लागि संकलित आर्थिक सहयोग हस्तान्तरण


गोरखा जिल्ला बारपाक शुलिकोट गाउँ पालिका ताकु झ्याल्लामा अवस्थित
श्री जल कन्यादेबी माध्यमिक विद्यालय, हाल आएर स्थानीय बासिन्दाको पहलमा  कक्षा १२ सम्म सन्चालनमा ल्याएका छन । १२ कक्षा सम्म सन्चालनको
लागि शिक्षकको तलब स्थानीयबाट मात्र पुर्ती गर्न कठिनाइ भएको र सहयोग माग भए अनुसार गोरखा जिल्ला गुरुङ समाज यूकेका सदस्यहरु बाट सहयोग संकलन गरिएको थियो ।
गोरखा जिल्ला गुरुङ समाज यूकेलाइ सहयोग लागि अनुरोध भए अनुसार संयोजक श्री टेकमान गुरुङ बाट सहयोग संकलन गरिएको थियो । संकलित सहयोग
रकम £३३१० गोरखा जिल्ला गुरुङ समाज युके को खातामा जम्मा गरिएको थियो ।
हाल नेपाल विदामा जानु भएको समाजका महासचिव श्री शेर बहादुर गुरुङले शुक्रबार ३१ मार्च २०२३ का
दिन नेपाल सरकारको पुर्व सचिव तथा पूर्व निर्वाचन आयुक्त अक्षय कोष व्यवस्थापन समितिका संयोजक
श्री दोलख बहादुर गुरुङ लाइ रु ५,२३,००० (पाँच लाख तेईस हजार) सहयोग रकम हस्तान्तरण गरिएको थियो । उत्त अवसरमा समाजको महासचिव श्रीमती गंगा गुरुङ र
बिध्यालयका पूर्व अध्यक्ष प्रेम बहादुर गुरुङ र पूर्व प्राध्यापिका श्रीमती टीका देबी गुरुङको पनि उपस्थित रहेको थियो ।