गोर्खा जिल्ला गुरुङ समाज युकेको मुप्री ल्हो ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न

गोरखा जिल्ला गुरुङ समाज युकेले तमुहरुको महान पर्व पुष पन्ध्र तथा यस वर्ष पर्न गएको मुप्रि ल्हो ल्होछार/ल्होसार कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ । समाजको अध्यक्ष श्री गौतम गुरुङको अध्यक्षता र महासचिव क्याप्टेन शेर बहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रम यस वर्ष भने दिनको १२:३० बजेबाट सुरुवात गरिएको थियो ।बुद्धिस्ट कमुनिटी सेन्टर केन्टको निमन्त्रणमा आउनु भएका गोरखा जिल्लाको आदरणीय खेन्पो रन बहादुर गुरुङ र लामा काजी गुरुङको उपस्थितमा ल्होसार पर्वको दिनमा आयु र ग्रह शान्ति, धर्मपाला, सुद्धीकरण पूजा गरिएको थियो । उक्त पूजा कार्यक्रम दिनको ३ बजेबाट बेलुकी ७ बजे सम्म गरिएको थियो । विभिन्न संघ संस्थाको अतिथिहरुमा तमु प्येल्हु संघको प्रमुख सल्लाहकार श्रीमान श्रीमती पूर्ण वीर गुरुङ, काउन्सिलर श्रीमान श्रीमती  विष्णु बहादुर गुरुङ, गोर्खाली समाजका अध्यक्ष अशोक ढकालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालका चर्चित गायक गायिका निर्जला गुरुङ र सविन गुरुङ लगायत स्थानीय कलाकारहरुलाई सम्मान गरिएको थियो । यसै गरी सम्मान गर्ने क्रममा समाजका संस्थापक अध्यक्ष श्री थमप्रसाद गुरुङलाई पनि समाजका अध्यक्ष श्री गौतम गुरुङले खादा र फेटा लगाएर सम्मान गरिएको थियो । यसै गरी यस वर्ष बाचुलर तथा मास्टर डिग्री गर्ने छोरा छोरीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित पाउने विद्यार्थीहरुमा आजीवन सदस्य वीर बहादुर गुरुङ र हिमाला गुरुङको छोरी मिस सहनशिला गुरुङ, आजीवन सदस्य तथा सल्लाहकार गणेश गुरुङ र सकुन गुरुङको छोरी मिस निलु गुरुङ, आजीवन सदस्य हेम कुमार गुरुङ र कुमारी गुरुङको छोरा भवित गुरुङ, आजीवन सदस्य हरि गुरुङ र लक्ष्मी गुरुङको छोरा विनीत गुरुङ रहेका थिए ।


हातेमालो आमा समूह लन्डन द्वारा यस वर्षको भाग्य चिट्ठा (राफल ड्र) को प्रायोजन गरिएको थियो ।
उक्त चिट्ठा प्रायोजनको लागि हातेमालो आमा समूह लण्डनका सदस्य तथा सल्लाहकार तिल कमारी गुरुङ र हिमाला गुरुङले संयोजन गरिएको थियो ।

जसको लागि हातेमालो आमा समूह लन्डनबाट 500 पाउण्ड, सुजित गुरुङ (गोर्खा मोटर्गेज) बाट 500 पाउण्ड, गोरखा दरबार रेस्टुरेन्टबाट 150 पाउण्ड लगायत धेरै सदस्यहरुबाट सहयोग प्राप्त भएको थियो ।
 भाग्यशाली चिठठामा पहिलो पुरस्कार एक तोलाको सुन
दोश्रो पुरस्कार एप्पल घडी र तेस्रो पुरस्कारमा एप्पल आइप्याड राखिएको थियो ।
बिरालो वर्गलाई विदाई गर्दै गडुर वर्गलाई स्वागत गरी मनाइने यस वर्षको तमु समुदायको महान पर्व पुष पन्ध्र मुप्री ल्हो लोसार भव्यताका साथ मनाउनको लागि नेपालबाट चर्चित गायक गायिका निर्जला गुरुङ र सविन गुरुङलाई आमन्त्रण गरिएको थियो ।

झण्डै ६५० भन्दा बढी सदस्यहरुको उपस्थित रहेको कार्यक्रममा गायक सवीन गुरुङ र गायिका निर्जला गुरुङले विभिन्न चर्चित गीतहरु गाएर मनोरञ्जन प्रदान गरेका थिए । रिमै थुमै प्रितना रोधीमा भन्ने बोलको गीतमा निर्जला गुरुङको अति सुन्दर नृत्यले कार्यक्रमलाई मनमोहक र रोचक तुलाएको थियो ।
DTM ब्यान्डका संयोजक दिनेश गुरुङ मिन गुरुङ लगायतका कलाकारहरुले विभिन्न लोक धुनको गीतहरु बजाएर मनोरञ्जन प्रदान गरिएको थियो । संस्कृति संयोजक सुवास गुरुङको व्यवस्थापनमा स्थानीय कलाकारहरुले उत्कृष्ट सोरठी नाच प्रस्तुत गरिएको थियो ।
साथमा कोपिला घले र गुना गुरुङ लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।
उक्त दिनको कार्यक्रममा रिसेप्सन तथा टिकेटिङमा समाजको कोषाध्यक्ष चेत बहादुर गुरुङ र एरिया प्रतिनिधि रेशम गुरुङले व्यवस्थापन गरेका थिए भने खानामा लन्डन प्रतिनिधि देउ बहादुर गुरुङले गरेका थिए । पेय पदार्थमा सन्तोष गुरुङको संयोजनमा जोन घोताने गुरुङ र सुजन गुरुङले व्यवस्थापन गरेका थिए ।

समाजका उपाध्यक्ष द्वय मिन गुरुङ, श्रीमती नैना गुरुङ र हातेमालो आमा समूहकी अध्यक्ष श्रीमती विष्णु गुरुङ
 लगायत सम्पूर्ण सदस्यहरुले अतिथिहरुको खाना व्यवस्थापन पूजा व्यवस्थापन लगायत विभिन्न कार्यहरुमा मद्दत गरिएको थियो । गोरखा दरबार रेस्टुरेन्टले अति स्वादिष्ट भोजनको व्यवस्था गरिएको थियो । कार्यक्रम अवधिभरको फोटो सूर्य मान गुरुङ र हरि गुरुङले कैद गरेका थिए भने भिडियो मनि राज गुरुङले व्यवस्थापन गरेका थिए । कार्यक्रमको अन्तमा समाजका उपाध्यक्ष श्री मिन गुरुङले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरिएको थियो । अन्तमा राष्ट्रिय कलाकार द्वय निर्जला गुरुङ र सविन गुरुङले विभिन्न गीतहरुमा उपस्थित सम्पूर्णलाई नचाएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए । अन्तमा अर्को वर्षमा भेट्ने वाचा गर्दै कार्यक्रम स्थलबाट बिदा भएका थिए ।