दरौँदी थेम्स पत्रिकाको छैटौँ संस्करण प्रकाशन सम्बन्धमा

गोरखा जिल्ला गुरुङ समाज युकेले तमु (गुरुङ) हरुको महान पर्व लोसारको अवसर पारेर हरेक तीन वर्षमा प्रकाशन गर्दै आइरहेको दरौदी थेम्स पत्रिका यस पटक छैटौँ संस्करणको लागि प्रकाशन गर्न गइरहेको समाजका सम्पूर्ण सदस्यज्यूहरुमा सहर्ष जानकारी गराउँदछौँ ।

उक्त संस्करणको लागि आफ्नो लेख रचनाहरु कथा कविता मुक्तक गजल, जीवन यात्राका संस्मरणहरु
लगायत भाषा संस्कारका लेख लगायत आफ्नो इच्छा अनुसारको लेख रचनाहरु आगामी अक्टोबर महिनाको अन्त सम्ममा daraudi_thames@yahoo.com मा
इमेल गरी पठाउन सक्नु हुनेछ । लेख रचनाको साथमा आफ्नो फोटो पनि इमेल गरी पठाइ दिनुहुन अनुरोध गरिन्छ ।
तमु (गुरुङ)हरुको महान पर्व ल्होछार/ल्होसारको अवसरमा आफ्नो पारिवारिक फोटो सहित शुभकामना दिन इच्छुक सदस्यहरुले उच्च गुणस्तरको फोटो सोही इमेल मार्फत पठाउन सक्नुहुनेछ । पारिवारिक फोटोको साथमा शुभकामना सन्देश छपाउन इच्छुक सदस्यहरुको लागि सशुल्क £15‌ पाउण्ड लाग्नेछ ।

साथमा बेलायतमा रहेको विभिन्न व्यापार व्यवसायीहरु ले पनि यस पत्रिकामा सशुल्क विज्ञापन प्रकाशन गर्न सक्नुहुनेछ । विज्ञापनको लागि शुल्कहरु यस प्रकारले निर्धारण गरिएको छ ।

Back Cover Full Page: £200 (First come, first served)
Inner Cover Front & Back Full Page: £150 (First come, first served)
2nd & Subsequent Pages Full Page: £100
Half Page: £50
Quarter Page: £25

Please scan and email your business flyers to Daraudi_Thames@yahoo.com.

पाँचौं संस्करणमा बेलायत लगायत विश्वका अन्य देशहरुबाट पनि उत्कृष्ट लेख रचनाहरु प्राप्त भएकोमा यस संस्करणमा पनि धेरै भन्दा धेरै लेख रचनाहरु प्राप्त हुने आशा गरेका छौं । यसको निम्ति  विशेषता समाजका क्षेत्रीय प्रतिनिधिहरु र सम्पूर्ण सदस्यज्यूहरुले आफ्नो दाजुभाइ दिदीबहिनी छोरा छोरीहरुलाई लेख रचना समयमै daraudi_thames@yahoo.com मा उपलब्ध गराउनको लागि जानकारी गरिदिन हुन गोरखा जिल्ला गुरुङ समाज युके हार्दिक अनुरोध गरिन्छ ।

Gorkha Zilla Gurung Samaj UK
Registered Charity No 1175191