१८औँ वार्षिक साधारण भेला तथा समर पार्टी भव्य रुपमा सम्पन्न


गोर्खा जिल्ला गुरुङ समाज युकेको १८ औँ वार्षिक भेटघाट कार्यक्रम तथा कलाकारहरु लाई सम्मान तथा विदाई कार्यक्रम भव्य सभ्य रूपमा सम्पन्न भएको छ ।

आइतबार ४ मे २०२५ का दिन हेज इन कम्युनिटी हल हेज लन्डनमा भएको १८औँ वार्षिक भेटघाट कार्यक्रम अध्यक्ष श्री टेकमान गुरुङको अध्यक्षतामा उपाध्यक्ष रिटायर्ड क्याप्टेन श्री शेरबहादुर घोताने गुरुङले सञ्चालन गरेका थिए । समाजको अध्यक्ष श्री टेकमान गुरुङ र संस्थापक अध्यक्ष रिटायर्ड लेफ्टिनेन्ट श्री थम प्रसाद गुरुङले

पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । समाजका अध्यक्ष श्री टेकमान गुरुङले स्वागत मन्तव्य राखेका थिए भने

महासचिव श्री पोष बहादुर गुरुङको अनुपस्थितिमा उपाध्यक्ष क्याप्टेन रिटायर्ड श्री शेरबहादुर घोतानेले  २०२४ - २५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी कोषाध्यक्ष श्री सरोज गुरुङको अनुपस्थितिमा
सह कोषाध्यक्ष श्रीमती मेशा गुरुङले वार्षिक आयव्ययको प्रतिवेदन प्रस्तुत गरेका थिए । यसै क्रममा संस्थाको लगानीको बारेमा लगानीका ट्रस्टीहरू तथा

संस्थापक अध्यक्ष रिटायर्ड लेफ्टिनेन्ट श्री थम प्रसाद गुरुङ र सल्लाहकार रिटायर्ड क्याप्टेन श्री ग्यारी घलेले उपस्थित सदस्यहरूलाई जानकारी गराइएको थियो । भविष्यमा लगानीको विषयमा सरल तथा फाइदाजनक हिसाबमा समाजका उपाध्यक्ष श्री राजकुमार गुरुङ र सल्लाहकार श्री टकमान गुरुङले आफ्नो विचारहरु व्यक्त गरेका थिए । हरेक तीन सालमा प्रकाशित गर्ने दरौदी थेम्सका संयोजक तथा समाजको सल्लाहकार श्री तुलबहादुर गुरुङले पत्रिकाको विषयमा आफ्नो भनाइहरु राख्नुभएको थियो । गोर्खा जिल्ला गुरुङ समाज युकेको मुखपत्र, वेबसाइटको विषयमा वेब मास्टर श्री हरि गुरुङ (सूर्य) ले

उपस्थित सभा सदस्यहरूलाई हाल भइरहेको विविध विषयहरूमा जानकारी गराएको थियो ।  सांस्कृतिक संयोजक श्री डेविड गुरुङले युवाहरुको समसामयिक विषय तथा भावी योजनाहरूबारे जानकारी गराइएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा नेपालबाट आउनुभएका चर्चित गायिका देवी आलेलाई समाजको अध्यक्ष  टेकमान गुरुङले खदा र सम्मानपत्रको साथमा स्वागत सम्मान गरिएको थियो । त्यसैगरी हालसालै समाजमा सदस्य बन्नुभएका नयाँ सदस्यहरूलाई पनि अध्यक्ष टेकमान गुरुङले खदा लगाएर स्वागत गरिएको थियो ।
सम्मान गर्ने क्रममा गोर्खा जिल्ला गुरुङ समाज युकेका आजिवन सदस्य श्री मित्र गुरुङ चितवन समाज युकेको अध्यक्षमा नियुक्त हुनुभएकोमा उहाँहरुको दम्पतिलाई खदा र फूलको गुच्छाले सम्मान गरिएको थियो । त्यसैगरी बुद्धिस्ट कम्युनिटी स्वीण्डन युकेको अध्यक्षमा
नियुक्त हुनुभएका समाजका आजीवन सदस्य श्रीमती लक्ष्मी गुरुङलाई पनि खदा र फूलको गुच्छाले सम्मान गरिएको थियो ।
तत्पश्चात् Culture Co ordinator सांस्कृतिक संयोजक श्री डेविड गुरुङले संस्कृति कार्यक्रमको लागि कलाकारहरूलाई मञ्चमा बोलाएर कार्यक्रमको सुरुवात गरेको थिए । सांस्कृतिक कार्यक्रममा गोर्खा जिल्ला गुरुङ गुरुङ समाज युकेको निमन्त्रणमा आउनुभएका  गायिका बिमला गुरुङले अत्यन्तै मिठो गीत गाएर सबैलाई मन्त्रमुग्ध गराएका थिए । त्यसैगरी देवी आले र शीतल गुरुङले पनि आफ्नै एल्बममा रहेका मिठा गीतहरु गाएर उपस्थित सम्पूर्ण सदस्यहरूलाई रमाइलो गरी नचाएको थियो । अत्यन्तै मनका धनी गोर्खा जिल्ला
गुरुङ समाज युकेका आमाहरु हातेमालो आमा समूह लण्डनले कलाकारहरुलाई मायाको चिनो स्वरुप खदा फूलको गुच्छा र आर्थिक दान गरेका थिए ।

दिउँला चिनो युके लण्डनको गायक शितल गुरुङले आफ्नो एल्बमका विभिन्न गीतहरु गाएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए । गायिका देवी आले र बिमला गुरुङले पनि विभिन्न गीतहरू गाएर भरपुर मनोरञ्जन गरिएको थियो ।

अन्तमा समाजका अध्यक्ष श्री टेकमान गुरुङले नेपालबाट आमन्त्रित कलाकार द्वय गायक शितल गुरुङ र गायिका बिमला गुरुङलाई खदा र फूलको गुच्छाले बिदाई गरेको थियो । विदाई पश्चात् गायिका बिमला गुरुङ, शीतल गुरुङ र देवी आलेले आफ्नो भनाइहरु व्यक्त गरेका थिए । कार्यक्रमको संयोजन, समाजको उपाध्यक्ष श्रीमती हिमाल गुरुङको संयोजकत्वमा भएको थियो भने पेय पदार्थहरुको संयोजन लन्डन क्षेत्रीय संयोजक श्री केशोर गुरुङले गरेका थिए । साउन्ड सिस्टममा समाजको सल्लाहकार श्री दिनेश गुरुङ थिए भने कार्यक्रम अवधिभरको फोटो र भिडियो Videographer श्री मनिराज गुरुङले गरेका थिए । कार्यक्रममा BBQ र मिष्ठान्न भोजनको प्रबन्ध गोर्खा दरबार क्याटरिङबाट गरिएको थियो ।
Webmaster Harisurya Gurung
Sunday 4 May 2025