गोरखा जिल्ला गुरुङ समाज युकेको वार्षिक भेटघाट कार्यक्रम २०२५

गोरखा जिल्ला गुरुङ समाज युकेले स्थापनाकाल देखि हरेक वर्ष वार्षिक भेटघाट कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यसै अनुरुप यस वर्षको वार्षिक भेटघाट कार्यक्रम आइतबार ४ मे २०२५ का दिन Hayes End Community Centre Hayes, UB3 2TZ London मा मनाउने भएको छ ।

यही अप्रिल २ तारिख बसेको कार्यसमितिको भर्चुअल बैठक अनुसार कार्यक्रम बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म गर्ने भएको छ । समाजको हरेक कार्यक्रमहरु क्षेत्रगत हिसाबमा गर्दा त्यस क्षेत्रको कार्यसमितिक सदस्यहरुको अग्रसरतामा गरिने भएको हुँदा लण्डन क्षेत्रको उपाध्यक्ष श्रीमती हिमाल गुरुङको संयोजनमा कार्यक्रम हुन गइरहेको छ । वार्षिक भेटघाट कार्यक्रममा नेपालबाट निपान्त्रणा गरिएको कलाकारहरु शीतल गुरुङ, बिमला गुरुङ र अतिथि कलाकारमा देवी आले ले भरपुर मनोरञ्जन प्रदान गर्ने भएको छ । उक्त दिनको संस्कृति कार्यक्रमको सञ्चालन संस्कृति संयोजक सदस्य डेविड गुरुङले गर्ने भएको छ भने सोही दिन नेपालबाट आमन्त्रित कलाकार शीतल गुरुङ र बिमला गुरुङलाई विदाई कार्यक्रम पनि गरीने भएको छ ।
वार्षिक भेटघाट कार्यक्रम भव्य सब्य सफल बनाउनको लागि समाजका अध्यक्ष श्री टेकमान गुरुङ उपाध्यक्षहरु
क्रमश राजकुमार गुरुङ, क्याप्टेन री. शेरबहादुर गुरुङ र श्रीमती हिमाला गुरुङले समाजका सम्पूर्ण सदस्यताहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ । भर्चुअल बैठक बुधबार ४ अप्रिल २०२५