त ल्हो ल्होछार/ल्होसार कार्यक्रमको लागि भव्य तयारी हुँदै

गोरखा जिल्ला गुरुङ समाज युकेले यस वर्ष पर्न गएको त ल्हो (घोडा वर्ग) ल्होछार/ल्होसार पर्व यही आउँदो शुक्रबार २६ डिसेम्बर २०२५ का दिन Empire Hall High Street, Aldershot, GU11 1DJ मा भव्यताका साथ मनाउने भएको छ ।

सप्रिल ल्होलाई विदाई गर्दै त ल्हो लाई स्वागत गरी मनाउने तमु गुरुङहरुको महान पर्व ल्होछार/ल्होसार नेपालका चर्चित लोकदोहोरी गायक  गायिकाहरुको साथमा धुमधामका साथ मनाउने भएको छ । नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु छनोट भइसकेको र छिट्टै नै नाम सार्वजनिक गर्ने  कार्यसमितिको निर्णय रहेको छ । विगतका वर्षहरु झै यो वर्ष हर्ष उल्लासका साथ मनाउनको लागि कार्यसमिति जोडतोडका साथ तयारीमा जुटिरहेको छ । वर्ष दिनमा एकपटक मनाइने ल्होछार/ल्होसार पर्व समस्त गोरखा जिल्ला गुरुङ समाज युकेका सदस्यहरुलाई उक्त दिनको लागि अहिले नै दिन बिदा मिलाइ उपस्थित भएर कार्यक्रम भव्यताका साथ सफल पारी दिन हुन अध्यक्ष लगायत कार्य समितिका सम्पूर्ण सदस्यहरु हार्दिक अनुरोध गर्दछ ।