नब नेपालको इतिहासको पानामा गोरखा जिल्लाको नाम सुनौलो अक्षरमा कोरिएको तथ्यलाई नर्कान सकिन्न । विशाल नेपालको निर्माता श्री ५ बडामहाराजाधिराज पूथ्वीनारायण शाहको जन्म भएको गोरखा दरवार यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ । सदरमुकामबाट करीव ४० मिनेटको पैदल यात्रामा पुग्न सकिने यो दरवार डाँडाको टुप्पोमा रहेको छ । यो दरवार राजा रामशाहको पालामा नै निर्माण भएको हो भन्ने भनाई छ । तर यहि समयमा नै बनेको हो भन्ने पुष्टी भने हुन सकेको छैन । त्यसको क्षेत्रको प्राचिन नाउँ स्वोर्णकुट भएको जानकारी पनि पाईन्छ । गोरखा दरवार क्षेत्रमा लिच्छविकाल देखिका विभिन्न धार्मिक सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरु रहेको कुरा इतिहार विदहरुले वताउँछन् ।
वजारदेखि दरबारसम्म ढुङ्गाको सिढींहरु बनाएका छन् । पर्यटकहरुलाई उक्त स्थानमा ट्रेकिङ्ग प्याकेजका रुपमा लैजान सकिन्छ । यो दरवार दुई खण्डमा विभाजित छ । दरवारको पश्चिम खण्ड कालिका माई भगवतीको मन्दिरका रुपमा र दरवारको पूर्वी खण्ड कालिराजप्रासाद च्यथबि एबबिअभ को छ । उक्त दरवार पृथ्वीनारायण शाह जन्मेको कोठा आगो ताप्ने अगेनो राजगद्दी भएको कोठा रङ्ग र महल पूजा कोठा आदी विभिन्न खण्डहरुमा विभाजित रहेका छन् । यस दरबारको झ्याल कोठाहरुको बनौटमा देखिने काष्ठकला अनुपम नमुनाका रुपमा रहेको छ भने दरबार निर्माणको कला कौशल विशेष किसीमको रहेको छ । डाँडाको टुप्पामा अवस्थित यो दरबार साच्चैनै सुन्दर शान्त र विशाल छ ।
दरवारमा नित्य पुजाहरु हुने गर्दछन् । नेपालीहरुको महान पर्व विजय दशमी बडा दशैं दीपावली र चैते दशैमा विशेष भव्यताका साथ त्यहुको पुजा आजा संचालन हन्छ । फुलपातीमा गोरखाको दशैं घरबाट ल्याइएको फुलपाती काठमाण्डौंमा जमलमा ल्याइने परम्परा यद्यपी कायमै छ । गोरखाबाट फुलपाती गोरखाबाट फुलपाती काठमाडौं भित्र्याइए पछि मात्र हनुमानढोका काठाठौंमा फुलपातीको कार्यक्रम शुरु गरिन्छ । वडा दशैंका अवससरमा नवरात्रत्रीको अवधिीमा कालिका माईको पुजा आजको विशेष कार्यक्रम हुने र थुप्रै राँगा बोकाहरुको वलि दिइन्छ । नवरथा भरिको पुजा आजाको कार्यक्रमहरु विदेशी पर्यटकहरुलाई नितान्त नौलो र महत्वपूर्ण एवं आकर्षक हुन सक्ने हुँदा यस कार्यक्रमलाई केन्द्र बनाई पर्यटकहरुलाई आकर्षित गर्ने गराउने तर्फ सोचाई राख्नु पर्ने देखिन्छ ।
दरवारको परिसरमा ऐतिहासिक महत्वपूृर्ण महत्वपूर्ण नगरा धातुबाट बनेको तोप प्राचीन बाजाहरु पनि रहेका छन् । दरवारको परिसरबाट चारैतिर टाढाटाढासम्म पनोरम दृष्यहरु अवलोकन गर्न सकिने र उत्तरतर्फ अन्नपूर्ण सृंखला हिउँचुली गणेश हिमाल मनाशलु हिमाल आदि हिमशिखरहरु टड्कारो रुपमा देख्न सकिन्छ भने दक्षिणतर्फ गोरखा बजार मनकामना मन्दिर रहेको डाँडो दरौदीका फाँटहरु र साना साना रमणीय ग्रामिण इलाकाहरु देख्न सकिन्छ ।