गो ज़ि गुरुंग समाज यू के को तेस्रो साधरणसभा सम्पन्न


     हरि गुरुंग बेलायत    
                 यही २१ मे २०११  शानिबारको दिन गोरखा जिल्ला गुरुंग समाज यू के को तेस्रो साधरण सभा  तथा बी बी क्यू कार्यक्रम भब्य
ताका साथ सम्पन्न  भयो | कार्यक्रमको शुरुमा टीपन  टापन अनि चियापानको थियो  | त्यस पछि १२:३० बजे तिर मात्र साधारण सभा शुरु भएको थियो |  सभाको अध्यक्षता समाजका अध्यक्ष श्री  पञ्च गुरुंगले गर्नु भएको थियो |  कार्यक्रम समाजका महासचिप तुल बहादुर गुरुंगले सञ्चालन गरेका थिए | 
उक्त कार्यक्रममा गोरखाली समाजका अध्यक्ष तथा
समाजका सल्लाहकार खुसिमान गुरुंग, समाजका उपाध्यक्ष  फडकजित गुरुंग,
सल्लाहकारहरु थम प्रसाद गुरुंग, ग्यारी घले,ढक बहादुर गुरुंग, प्रेम बहादुर गुरुंग र
महिला सल्लाहकार तील कुमारी गुरुंगको सहभागिता थियो | करीब ७ सय जनाको
सहभागिता रहेको उक्त कार्यक्रममा गोरखा जिल्लाका सदस्यहरु लगायत छिमेकी 
जिल्ला लम्जुंगबाट पनि अथितिहरू आउनु भएको थियो |    
                         अध्यक्षको स्वागत मनतब्य बाट शुरु भएको उक्क्त कार्यक्रममा 
महासचिप तुल बहादुर गुरुंगले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने 
कोषाध्यक्ष गौतम गुरुंगको अनुपस्थितिमा सह-कोषाध्यक्ष मीन गुरुंगले आर्थिक
प्रतिबेदन छोटकरीमा प्रस्तुत गरेका थिए |  त्यस पछि सस्थाका सल्लाहकारहरु 
लगायत बिभिन्न बक्कताहरुले आ-आफ्नो बिचार राख्नु भएको थियो | यसै क्रममा 
क्या री ग्यारी घलेले च्यारिटी फण्ड नेपालको लागी नभएर बेलायतमा आफ्नै सस्थाको
लागि उपोग  गर्न पनि आग्रह गर्नु भयो | त्यसै गरी सस्थाका भू पु  अध्यक्ष तथा 
सल्लाहकार थम प्रसाद गुरुंगले सस्थाको समसामयिक बिषयमा बोल्नु भएको थियो |
साथै समाजले प्रकाशन गर्न गई रहेको दोश्रो पत्रिका दरौदी थेम्सको बारेमा अबगत 
गराउनु भएको थियो | कार्यक्रममा महिला सल्लाहकार तील कुमारी गुरुंगले हामी 
एक मात्र सस्थामा बसेर हुदैन अन्य छेत्रमा पनि लाग्नु पर्ने बेला आएको बताउनु 
भयो |यसै गरी अन्य बक्क्ताहरुमा सल्लाहकार खुसिमान गुरुंग,राज कुमार गुरुंग
मान गुरुंग र कृष्ण गुरुंगले बोल्नु भएको थियो | अधिकाम्सा बक्क्ताहरूको  नेपाली 
भाषा र सस्कृतिको बिषयमा नै आफ्नो भनाई हरु केन्द्रित थियो |
                    कार्यक्रमको दोश्रो खंण्डमा कलाकारहरु , सस्थाका आजीबन सदस्यहरु 
र  बेलायती सेनामा  पदन्नोती हुनु भएका ब्याक्क्तिहरु सम्मान गरियो कार्यक्रम सस्था
का कोओरडीनेटर गणेश गुरुंग र बलराम गुरुंगले संचालन गरेका थिए | बिभिन्न 
कलाकारहरुलाई  खादा  तथा  प्रमाण पत्र प्रदान गरी सम्मान गरियो | त्यसै गरी हाल 
बेलायती सेनामा कार्यरतबिभिन्न पदमा पदन्नोती हुनुभएका ब्याक्क्तिहरु लाई पनि 
खादा लगाई सम्मान्न गरियो |
                     कार्यक्रमको अर्को चरणमा बी बी क्यू तथा डिनरको साथमा नचागान कार्य
क्रम भयो | डी जे टंक शेरचनले मुक्तक अनि सायेरी सुनाएर सबैलाई हसाउनु भयो | साथै 
लोक, पप र अन्य गीतहरु बजाएर  सबैलाई  नचाउनु भयो |  साथै यस दिन मौसम पनि 
अति राम्रो भयो | वाई बी सी क्याटरिगको स्वादिस्ट खाना र टंक जी को म्यूजिकले कार्य
क्रम अति रामईलोको साथ अन्त  भयो |