अन्तर समाज लोक नूत्य प्रतियोगितामा गोरखा जिल्ला गुरुंग समाज बिजयी


 

THURSDAY, 9 JUNE 2011

 तमुधी लण्डन इकाईले बुद्ध जयन्तिको
अबसरमा तेस्रो अन्तर समाज नेपाली लोक नूत्य प्रतियोगिता सम्पन गरेको छ | कार्यक्रम यही सनिबार ४ जुन २०११ का दिन हयार्रो लिजर सेण्टरमा भएको थियो | बिहान ११  बजे देखि दिउसो ४ सम्म लामा गुरु बाटा पूजापाठ ग्रह काटने, रूपा लगाउने, वांग दिने र प्रबचन कार्यक्रम गरिएको थियो | 
बेलुका ५.३० बजे अन्तर समाज लोक नूत्य प्रतियोगिता 
शुरू भएको थियो | यस बर्सको नूत्य प्रतियोगिता पनि गोरखा जिल्ला  गुरुंग समाज यू के ले नै प्रथम स्थान हासिल गरेको थियो | गोरखा जिल्ला गुरुंग समाज यू के ले यस बर्स पनि आफ्नो बिजयालाई  निरन्तरता दिन सफल भएको छ | प्रथम स्थान हासिल गर्ने टीम गोरखा  जिल्ला गुरुंग समाज यू के लाई पुरस्कार स्वरूप गोल्ड मेडल र आठ सय पौण्ड प्रदान गरियो | त्यसै गरि दोस्रो स्थान हासिल गर्ने टीम  भेरी अंचल गाउले समाज लाई मेडल र प्रायोजक एभरेस्ट क्यास एंड करीका लक्ष्य गुरुंगले ३ सय पौण्डको चेक प्रदान गरे  |  त्यसै गरि तेस्रो स्थान हासिल गर्ने टीम ननिटन गोरखा नेपाली  कम्युनिटी लाई मेडल र प्रायोजक ग्लोबल सेक्यूरिटी बाटा १ सय पौण्ड प्रदान गरिएको थियो | बिजयी सम्पूर्ण टीम लाई हाम्रो हार्दिक  बधाई आगामी बर्स हरुमा पनि कार्यक्रमले यसरी नै निरन्तरता पाऊदै जाओस हाम्रो यही सुभकमाना |

जय गोरखा जिल्ला गुरुंग 
समाज यू के परिवार 
हरि तमु स्वीनडन