गुरुङ परिषद्का अध्यक्ष रेशम बेलायतमा

Sabhar everesttimes.net/ गुरुङ परिषद्का अध्यक्ष रेशम बेलायतमा एटा संवाददाता - गोर्खा जिल्ला तमु समाज यूकेको निमन्त्रणामा बेलायतमा भ्रमणमा रहेका तमु ह्यूल छोज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ बेलायतमा विभिन्न संघसंस्थाले आयोजना गरेको विविध कार्यक्रम तथा ल्होछार उत्सवमा व्यस्त छन् । तमुहरुको महान चाड ल्होछारको अवसरमा आमन्त्रित अध्यक्ष गुरुङ बेलायतमा भेटघाटमा व्यस्त देखिन्छन् । उनले आफ्नै गृह जिल्लावासी तमु ल्होछार साथै तमुधिं यूके र तमु प्ये ल्हु संघ यूके लगायतको ल्होछार कार्यक्रममा सहभागिता जनाएका छन् ।
एनआरएनए यूकेद्वारा आयोजित अन्र्तराष्ट्रिय समन्वय परिषदको अध्यक्ष शेष घलेको स्वागत कार्यक्रम र अन्य विविध कार्यक्रममा पनि उनी सहभागिता भएका थिए । गत आइतबार ४ जनवरीका दिन तमुधिं भवन मिचेटमा अध्यक्ष रेशम गुरुङसँग रोचक अन्त्क्रिया कार्यक्रम सफलताको साथ सम्पन्न भएको छ । गोर्खा जिल्ला तमु समाज यूकेको संयोजनमा भएको उक्त कार्यक्रममा बेलायतस्थित विभिन्न तमु अग्रज तथा बुद्धिजिवीहरुको सहभागिता थियो । कार्यक्रममा तमुधिं यूके, तमु प्ये ल्हु संघ यूके, तमु समाज यूके, तमु धिंका ईकाई प्रतिनिधि, विभिन्न बेलायतस्थित तमु समाजका प्रतिनिधिहरु, वुद्धिजीवी, व्यापारी, कलाकार, पत्रकार, एनआरएनए यूकेका पदाधिकारीहरु, विभिन्न राजनीति दलसँग आवद्ध भातृ संगठनका प्रतिनिधिहरुको उपस्थिति थियो । निश्चित समयमा शुरु गरिएको उक्त कार्यक्रममा अध्यक्ष रेशम गुरुङले तमु ह्यूल छोंज धिं गुरुङ राष्ट्रिय परिषद नेपालको ऐतिहासकि पृष्ठभूमि, आवश्यकता, महत्व, विगत र वर्तमानबारे बताए । उनले ‘नेपालको ६० जिल्ला र ४० समाजमा शाखा विस्तार गरिएको र तमुहरुको हक, हित, संस्कार, संस्कृति, भाषा भेषभूषा संरक्षण र सम्वद्र्धन गर्न सामाजिक महत्वपूर्ण भूमिका रहेको’ आफ्नो दुई घण्टा लामो वक्तव्यमा जनाए । वर्तमान नेपालको राजनीति परिवेश, आदिवासी जनजाति महासंघ र जनजाति आन्दोलन, संस्थाको दायित्व र भूमिकाबारे स्पष्ट पारे । अन्य धार्मिक तमु संस्थाहरु तथा समाजहरुस“ग आप्mनो संस्थाको कुनै मतभेद र मतान्तर नभएको स्पष्ट पारे । विभिन्न संघसंस्थाका प्रतिनिधि तथा तमु अग्रजहरुको प्रश्नको जवाफ दि“दै धेरैबाट आफूलाई सुझाव र शुभकामना प्राप्त भएकोमा खुशी व्यक्त गर्दै लोभ र घमण्ड छाडी आँखा चिम्लेर सबैले म गुरुङ हुँ भन्ने सोच राखेर संस्थाको लागि मन, वचन र कर्मले लागेमा सबैको भलाइ हुने जिकिर गरे । संघीयता र जनजातिको मुद्दाहरु, एनआरएनको सवालहरु नयाँ संविधानमा समावेश नभएमा सडकबाट आन्दोलन गरिने र विदेशमा पनि आन्दोलनलाई सहयोग पुर्याउनु पर्ने संस्थाको धारणा व्यक्त गरे । तमु ल्होछार होस् वा तमु ल्होसार भन्ने जस्ता साना कुरामा विवाद नल्याउन र जे छ त्यसैमा चित्त बुझाउशँदै अगाडि बढ्न सुझाए । राजनीतिमा असम्भव भन्ने केही हुँदैन, चार पार्टीका प्रमुख नेताहरु सहमतिमा आए माघ ८ भित्र संविधान जारी हुनेमा आफ्नो दुईमत नरहेको बताउ“दै जनजातिका मागहरु संविधानमा लेखिनुपर्ने आफ्नो संस्थाको धारणा र सरकारस“ग सधै झक्झकाई रहने विश्वास दिलाए । नेपालमा यसैबर्ष अन्तर्राष्ट्रिय तमु सम्मेलन र गोष्ठीको आयोजना गरिनेबारे तयारी भएको जानकारी गराए । प्रारम्भिक चरणमा रहेको तयारी पुरा भएपछि निमन्त्रणा पठाउने समेत बताए । संयोजक गणेश गुरुङले संचालन गरेको उक्त अन्तर्क्रिया कार्यक्रममा गोर्खा जिल्ला तमु समाज यूकेले खाना पिउनको व्यवस्था गरेको थियो । उपस्थित सम्पूर्ण संघ र संस्था र प्रतिनिधिहरुलाई आयोजक गोर्खा जिल्ला तमु समाजका अध्यक्ष पंचबहादुर गुरुङले धन्यवाद दिदै आभार व्यक्त गरे । - See more at: http://www.everesttimes.net/article.php?type=article&aid=6931#sthash.e69Kkuyy.AnOt1tDv.dpuf