दरौंदी थेम्स पत्रिकाको पाँचौं संस्करण प्रकाशन गरिने

गोरखा जिल्ला गुरुङ समाज 
 यूकेको १४ औं वर्ष गाँठ तथा नेपाली नयाँ वर्ष २०७८ को अवसर पारेर दरौंदी थेम्स पत्रिकाको पाँचौं संस्करण प्रकाशन गर्न लागिएको हो । दरौंदी  थेम्स पत्रिका समाजको मुखपत्र भएकोले यसलाई निरन्तरता दिनको लागि पत्रिका प्रकाशन गर्ने निर्णय गरिएको छ । लेखक शुभचिन्तक तथा पाठकवृन्दहरुको रुचि र सुविधालाई मध्यनजर राख्दै समाज भित्रका विभिन्न गतिविधिहरु सदस्यहरुको आफ्नो रुचिका लेख रचनाहरु पाठकवृन्दहरु समक्ष पुर्याउन यस पत्रिकाले अहंम भूमिका निभाउने छ भन्नेमा विश्वस्त छ । 

तसर्थ आफ्नो कथा कविता मुक्तक लगायतका अन्य विषयका लेखरचनाहरु यही फेब्रुअरी २८ तारिक २०२१ भित्र पत्रिकाको संयोजक तथा समाजका संस्थापक अध्यक्ष थम प्रसाद गुरुङ ज्यू लाई gurung_tham@hotmail.com मा इमेल गरि पठाइदिन हुन

हार्दिक अनुरोध गरिन्छ । साथै समाज स्थापनाको १४ औ वर्षगाँठ र नेपाली नयाँ बर्ष २०७८ को उपलक्ष्यमा शुभकामना दिन इच्छुक सदस्यज्यूहरुले आफ्नो वा परिवारको तस्बिर Viber Group मा पठाई दिनु हुन पनि अनुरोध गरिन्छ । प्राप्त लेखरचनाहरु तथा शुभकामना सन्देशहरु यसै पत्रिकामा प्रकाशित गरी मार्च २७ शनिबार २०२१ मा विमोचन गरिने पनि सहर्ष जानकारी गराउन गराउन चाहन्छौं ।