इ - पत्रिका प्रकाशन सम्बन्धमा कार्यसमिति बैठकको निर्णय

कोरोना भाइरसको विषम परिस्थितिका कारण धेरै समयपछि गोरखा जिल्ला गुरुङ समाज युकेको पहिलो Virtual बैठक शनिबार मे २ तारिख २०२० का दिन बसेको थियो । सो बैठकले दरौंदी थेम्स पत्रिकाको प्रकाशन सम्बन्धमा छलफल गरिएको थियो । उक्त बैठकले समाजका संस्थापक अध्यक्ष थम प्रसाद गुरुङको संयोजकत्वमा पत्रिका प्रकाशन व्यवस्थापनको लागि १० सदस्यीय समिति गठन गरिएको थियो । गठित समितिमा फडक जित गुरुङ, मान गुरुङ ग्यारि घले , शेर बहादुर गुरुङ, हरि गुरुङ, सूर्यमान गुरुङ, मदन गुरुङ, रेशम गुरुङ, बिर बहादुर गुरुङ रहेका छन ।

उक्त बैठकमा यो वर्षको वर्तमान परिस्थिति र पत्रिकाको खर्च लाइ न्यून गर्ने हिसाबले सिमित कपि मात्र छपाउने निर्णय गरिएको थियो । सम्पूर्ण सदस्यहरूको लागि समाजको Website मा इ-पत्रिका प्रकाशन गर्ने निर्णय गरिएको थियो ‌। पत्रिका पढ्न इच्छुक  सदस्यहरुले कुनै पनि स्थान र कुनै पनि समयमा समाजको वेब साईटमा गएर हेर्न सकिनेछ ।