GzGSUK has Managed to provides 5 Oxygen Concentrator and Health items

गोरखा जिल्ला गुरुङ समाज युकेले स्थापनाकाल देखि नै नेपालमा आउने प्राकृतिक विपत्तिहरु लगायत विभिन्न रोगहरु बिरुद्ध लड्नको लागि सम्भव भएसम्म सकेको सहयोग गर्दै आइरहेको छ । 2015 सालको महाभुकम्पको समयमा पनि गोरखा जिल्ला गुरुङ समाज यूके ले जिल्लाका अति प्रभावित क्षेत्रहरुमा सहयोग प्रदान गरेको थियो । यसको साथै बेलाबखत अन्य जटिल प्रकृतिको रोगको बिमारीहरुलाई पनि सकेको सहयोग गर्दै आइरहेको छ ।
17 October 2017 मा च्यारिटी दर्ता भए पश्चात पनि निरन्तर रुपमा सहयोग प्रदान गर्दै आइरहेको छ । Covid 19 महामारीको दोश्रो लहरले नेपालमा अधिक संख्यामा बिरामी बढ्न गएको थियो । अत्यावश्यक Medical Kits र प्राणवायु Oxygen  Concentrator अभाव देखिएकोले गोरखा जिल्ला गुरुङ समाज यूके को वर्तमान कार्यसमितिले सहयोगको लागि थोरै समयमा सहयोग रकम  सङ्कलन गर्न सफल भएको थियो । समाजका कोषाध्यक्ष श्री दिनेश गुरुङको अनुसार जम्मा सहयोग रकम £3391.26 नेपाल पठाएको थियो । नेपाली रुपैयाँ झण्डै 6 लाख 15 हजारको सहयोग रकमले अत्यावश्यक स्वास्थ्य सामग्री र प्राणवायु मेसिन Oxygen Concentrator जिल्लाका निम्न क्षेत्रहरुमा वितरण गरिएको थियो । 

१) बारपाक सुनलकोट गाउँपालिका अन्तर्गत पर्ने
लाकुरी बोट स्वास्थ्य चौकीलाई 1 थान Oxygen Concentrator र अत्यावश्यक स्वास्थ्य सामग्री

२) अजिरकोट गाउँपालिका अन्तर्गत पर्ने भच्चेक स्वास्थ्य चौकीलाई एक थान Oxygen Concentrator

३) सिरानचोक गाउँपालिका अन्तर्गत पर्ने श्रीनाथ कोट हेल्थ पोष्टलाइ एक थान Oxygen Concentrator र स्वास्थ्य  समग्री

४) बारपाक सुलिकोट गाउँपालिका अन्तर्गत पर्ने  सौरपानी स्वास्थ्य चौकीलाई एक थान Oxygen Concentrator स्वास्थ्य समग्री

५) गण्डकी गाउँपालिका वडा नम्बर 1 अन्तर्गत पर्ने मकैसिंग प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान Oxygen Concentrator

६) धार्चे गाउँपालिका वडा नम्बर 5 को गुम्दा स्वास्थ्य चौकीलाई अत्यावश्यक स्वस्थ्य सामग्रीहरु ।

We have succeeded in distributing such needed Oxygen Concentrator and including health items in the most affected places in Gorkha district to safe from Covid 19 epidemic