सत्रौँ वार्षिक भेटघाट तथा सातौं महाधिवेशन सम्बन्धी जरुरी सूचना

२९ मार्च २००८ सालमा भएको साधारण भेलाले री लेप्टेन श्री थम प्रसाद गुरुङको अध्यक्षतामा गोरखा जिल्ला गुरुङ समाज युकेको स्थापना भएको थियो ।

उक्त प्रथम अधिवेशन तथा साधारण भेलाले थम् प्रसाद गुरुङलाई सर्वसम्मत संस्थापक अध्यक्षको चयन गरी (२००८- २०१०) का लागि नयाँ कार्यसमिति गठन गरिएको थियो ।
स्थापना पश्चात् हाल सम्म चार जना अध्यक्षहरुले संस्थालाई नेतृत्व दिइसकेका छन । अबको सातौं कार्य समितिको अध्यक्षताको लागि शनिबार ११ मे २०२४ मा सत्रौँ वार्षिक भेटघाट तथा सातौँ महाधिवेशन हुन गइरहेको छ । उत्त महाधिवेशनले सातौं कार्यकालको लागि नयाँ अध्यक्ष तथा कार्यसमिति चयन गर्नेछ ।

उक्त दिनको कार्यक्रम Hayes End Community Kingsway Hayes UB3 2TZ मा बिहानको १० बजेबाट कार्यक्रम सुरु हुने भएको छ । उक्त कार्यक्रममा समाजका सम्पूर्ण सदस्यज्यूहरू उपस्थित भएर कार्यक्रमको शोभा बढाई कार्यक्रमलाई भव्य सभ्य सफल बनाइदिनु हुन छैटौं कार्यसमितिका अध्यक्ष श्री गौतम गुरुङले अनुरोध गर्नुभएको छ । उक्त दिन महाधिवेशनको समापन पछि नेपालबाट आमन्त्रित चर्चित गायक गायिका निर्जला गुरुङ र सविन गुरुङले भरपुर मनोरञ्जन प्रदान गर्ने भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम अवस्थामा रहेको र समाजका सम्पूर्ण सदस्यहरुलाई उपस्थितिको लागि महासचिव श्री शेर बहादुर गुरुङले अनुरोध गर्नुभएको छ ।