गोरखा जिल्ला गुरुङ समाज युकेको १७औं वार्षिक भेटघाट तथा सातौं महाधिवेशन शनिबार ११ मे २०२४ का दिन Hayes End Community Kingsway Hayes मा भव्य रुपमा सम्पन्न भएको छ । संस्थाका निवर्तमान अध्यक्ष श्री गौतम गुरुङको सभापतित्वमा आयोजित सातौं महाधिवेशन संस्थाका महासचिव क्याप्टेन शेर बहादुर गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रमको शुभारम्भमा संस्थाका मृतक सदस्यहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मौनधारण गरिएको थियो । अध्यक्ष श्री गौतम गुरुङबाट स्वागत मन्तव्य राख्दै सुरु गरिएको
कार्यक्रममा महासचिव क्याप्टेन शेरबहादुर गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी कोषाध्यक्ष श्री चेतबहादुर गुरुङले नयाँ सदस्यहरुको विवरण र वार्षिक कोषको प्रतिवेदनहरु प्रस्तुत गरेको थिए । संस्थाको कोष लगानी विषयमा सल्लाहकार क्याप्टेन रीटायर ग्यारी घलेबाट रिपोर्ट प्रस्तुत गरिएको थियो भने च्यारिटीको विषयमा संस्थापक अध्यक्ष लेफ्टिनेन्ट रीटायर थम प्रसाद गुरुङले नयाँ अपडेटहरु प्रस्तुत गरेका थिए ।
समाजको वेबसाइटको विषयमा वेब मास्टर हरि गुरुङले विस्तृत जानकारी गरिएको थियो भने तमु हेरिटेज पुस्तकको विषयमा महासचिव क्याप्टेन शेरबहादुर गुरुङले थप जानकारीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष तथा सल्लाहकार श्री फडकजित गुरुङ, सल्लाहकार लेफ्टिनेन्ट रीटायर लेप्टेन पञ्च गुरुङ, तिलकुमारी गुरुङले समसामयिक विषयमा आफ्नो भनाइहररु प्रस्तुत गरेका थिए ।
यसपश्चात् समाजका निवर्तमान अध्यक्ष श्री गौतम गुरुङले आफ्नो भनाइहरु राख्दै छैठौँ कार्यसमिति विघटन भएको घोषणा गरिएको थियो । यसै अवसरमा निवर्तमान अध्यक्ष श्री गौतम गुरुङ र संस्थापक अध्यक्ष लेफ्टिनेन्ट रीटायर थमप्रसाद गुरुङले संयुक्त रुपमा १७औ वार्षिक उत्सवको केक काटेर वार्षिक उत्सव मनाइएको थियो ।
तत्पश्चात नयाँ कार्यसमिति गठन गर्नको लागि निर्वाचन समितिलाई सभाहल हस्तान्तरण गरिएको थियो ।
सातौँ नयाँ कार्य समिति चयनको लागि क्याप्टेन रीटायर ग्यारी घलेको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो । उक्त समितिमा लेफ्टिनेन्ट रीटायर पञ्च गुरुङ, तुल बहादुर गुरुङ र तिल कुमारी गुरुङ सदस्य रहेको थियो ।
उक्त गठित निर्वाचन समितिले श्री टेकमान गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । उपाध्यक्ष हरुमा श्री राज कुमार गुरुङ, क्याप्टेन शेरबहादुर गुरुङ, महिला उपाध्यक्षमा श्रीमती हिमाला गुरुङ निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
यसै गरी महासचिवमा पोष गुरुङ, सह सचिवमा सुजन गुरुङ, कोषाध्यक्षमा सरोज गुरुङ, सांस्कृतिक सचिवमा डेविड गुरुङ र अविशा गुरुङ चयन भएका छन ।
प्राविधिकहरुमा Webmaster मा हरि (सूर्य) गुरुङ
सहायक वेब मास्टर प्रशान्त गुरुङ, फोटोग्राफरमा सूर्यमान गुरुङ, भिडियोग्राफरमा मनि राज गुरुङ चयन भएका छन् । युवा संयोजकमा सन्तोष गुरुङ (लण्डन) समीर गुरुङ (केन्ट) अन्य सदस्यहरुमा श्रीमती रुपा गुरुङ (लण्डन) श्रीमती मेसा गुरुङ (लण्डन) चयन भएका छन । गठित नयाँ कार्यसमितिमा युवाहरूको बाहुल्यता रहेकाले संस्थालाई नयाँ ऊर्जा थपिएको छ । अन्य थप सदस्यहरु र क्षेत्रीय प्रतिनिधिहरु विस्तार गर्न बाँकी रहेको छ ।
महाधिवेशनको समापन पछि नेपालबाट आमन्त्रित चर्चित गायक गायिका निर्जला गुरुङ र सविन गुरुङलाई अध्यक्षले खदा लगाएर सम्मान गरिएको थियो ।
गायिका निर्जला गुरुङ र उदय गुरुङको दोहोरी गीतले भरपुर मनोरञ्जन प्रदान गरिएको थियो ।
यसैगरी सबिन गुरुङ र निर्जला गुरुङको विभिन्न चर्चित गीतहरूमा सम्पूर्ण सदस्यहरुले भरपुर मनोरञ्जन गर्दै कार्यक्रमको समापन गरिएको थियो ।