गोरखा जिल्ला गुरुङ समाज युकेले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि मुप्रि ल्हो लाई विदाई तथा सप्री ल्हो लाई स्वागत गर्दै मनाउने तमुहरूको महान पर्व ल्होछार/ल्होसार पर्व शनिबार २८ डिसेम्बर २०२४ का दिन Hawkinge Community Hall Heron Foestal Ave Folkestone Kent CT18 7FP मा भव्यताका साथ मनाउने तयारी भइरहेको छ । गोरखा जिल्ला गुरुङ समाज युकेले यस वर्ष पनि ल्होछार ल्होसार पर्वलाई हर्षउल्लासका साथ मनाउनको लागि नेपालबाट
चर्चित राष्ट्रिय कलाकारहरूलाई आमन्त्रण गरिएको छ ।
यस वर्ष सप्रि ल्हो ल्होछार कार्यक्रममा नेपालबाट आमन्त्रित गरिएका चर्चित राष्ट्रिय कलाकारहरुमा गायिका हरिमाया गुरुङ, गायक शीतल गुरुङ, गायिका बिमला गुरुङ आउने भएका कुरा समाजका उपाध्यक्ष तथा ल्होछार ल्होसार कार्यक्रम संयोजक री क्या श्री शेरबहादुर गुरुङले जानकारी गराउनु भएको छ । उक्त दिनको लोछार कार्यक्रममा कार्यक्रमको सिलसिलामा बेलायतमै रहेकी रेजिना परियार पनि सहभागी भएर भव्य रुपमा मनोरञ्जन प्रदान गर्ने भएको छ ।
“प्ये म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ म्हि म्हमु।” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) को अस्तित्व नै हराउँछ भन्ने उक्तिलाई चरितार्थ गर्न विश्वभरका तमु गुरुङहरुले हरेक वर्ष पुष १५ मा ल्होछार ल्होसार पर्व परापूर्वकालदेखि मनाउँदै आइरहेको छ । गोर्खा जिल्ला गुरुङ समाज युके ले पनि यस वर्षको लोसार भव्यताका साथ मनाउनको लागि विगत केही महिनादेखि सम्पूर्ण कार्यसमिति जोड तोडका साथ तयारीमा जुटिरहेको छ ।
नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरूको साथमा महान ल्होछार/ल्होसार पर्व हर्षोल्लासका साथ
भव्य सभ्य रूपमा मनाउनको लागि गोरखा जिल्ला गुरुङ समाज युकेका उपाध्यक्ष तथा ल्होछार कार्यक्रम संयोजक
री क्या श्री शेरबहादुर गुरुङ, अध्यक्ष तथा सातौं कार्यसमिति सम्पूर्ण सदस्यहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।