गोरखा जिल्ला गुरुङ समाज युके को सप्रि ल्हो ल्होछार ल्होसार कार्यक्रमको अन्तिम तयारी बैठक आज मिति शनिबार २१ डिसेम्बरका दिन सम्पन्न गरेको छ । समाजका अध्यक्ष श्री टेकमान गुरुङको अध्यक्षतामा बसेको अन्तिम तयारी बैठक समाजको महासचिव श्री पोष हादुर गुरुङले सञ्चालन गरेका थिए । आज सम्पन्न अन्तिम तयारी बैठकमा समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्री थम प्रसाद गुरुङ, अन्य सल्लाहकारहरु, सप्री
ल्हो ल्होछार/ल्होसार कार्यक्रम मूल आयोजक समितिका संयोजक तथा समाजका उपाध्यक्ष री
क्या शेरबहादुर गुरुङ, उपाध्यक्ष श्री राजकुमार गुरुङ, श्रीमती हिमाल गुरुङ, सांस्कृतिक सचिव तथा संयोजक डेविड गुरुङ, लगायत कार्यसमितिको झन्डै २५ जना सदस्यहरु उपस्थित रहेको थियो । आजको बैठकमा कार्यक्रममा कसरी सहज र सरल तरिकाबाट हर्ष उल्लासका साथ मनाउन सकिन्छ भन्ने विविध विषयमा छलफलका साथ आजको बैठक सम्पन्न भएको छ ।
तमु गुरुङहरुको यस वर्ष पर्न गएको सप्री ल्हो ल्होछार ल्होसार कार्यक्रम यही शनिबार २८ डिसेम्बर २०२४ का दिन Hawkinge Community Hall Heron Foestal Ave Folkestone Kent CT18 7FP मा भव्यताका साथ मनाउने तयारी भइरहेको छ । गोरखा जिल्ला गुरुङ समाज युकेले यस वर्ष पनि ल्होछार ल्होसार पर्वलाई हर्षउल्लासका साथ मनाउनको लागि नेपालबाट राष्ट्रिय कलाकारहरू गायिका हरिमाया गुरुङ, गायक शितल गुरुङ र गायिका विमला गुरुङलाई
आमन्त्रण गरिएको छ ।