गोरखा जिल्ला गुरुङ समाज युके को सप्री ल्हो ल्होछार/ल्होसार कार्यक्रम भव्य रूपमा सम्पन्न

Photo Suryaman Gurung 
गोरखा जिल्ला गुरुङ समाज युकेद्वारा आयोजित सप्री ल्हो ल्होछार/ल्होसार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । फानब्रोरो, अल्डरसट, लन्डन र केन्ट गरी तीन क्षेत्रमा हरेक वर्ष पालो गरी लोसार मनाउँदै आइरहेकोमा यस वर्ष

केन्टको Hawkinge Community Hall Heron Foestal Ave मा ल्होछार ल्होसार कार्यक्रम आयोजना गरिएको थियो। ।
अध्यक्ष श्री टेकमान गुरुङले अध्यक्षता गरेको कार्यक्रममा महासचिव पोष गुरुङले सञ्चालन गरेको थिए भने कार्यक्रम संयोजक उपाध्यक्ष क्या री शेरबहादुर गुरुङ बाट स्वागत मन्तव्य राख्दै कार्यक्रम सुरुवात गरिएको थियो  ।
Photo Suryaman Gurung 

गोरखा जिल्ला गुरुङ समाज युकेका आजीवन सदस्य तथा लामा गुरु काजी गुरुङले ग्रह शान्ति पाठ गर्नुभएको थियो । नयाँ ल्हो को सुरुवातीसँगै ग्रह चल्ने हुनाले सम्पूर्णको ग्रह शान्ति तथा आयु रिपु, लगाई पूजापाठ गर्नुभएको थियो ।


सप्री लो ल्होछार कार्यक्रममा आमन्त्रित संघसंस्था हरुमा
गुरुङ सोसाइटी केन्टका अध्यक्ष श्रीमान श्रीमती डोल बहादुर गुरुङ, लमजुङ समाज युकेको उपाध्यक्ष श्रीमान श्रीमती पूर्णराज गुरुङ, तमु पेल्हु संघयुकेका उपाध्यक्ष श्रीमान श्रीमती पूर्णवीर गुरुङ, तमु समाज युकेका संस्थापक अध्यक्ष श्रीमान श्रीमती चित्रबहादुर गुरुङ र गोर्खाली समाज युकेका अध्यक्ष हेम गुरुङको उपस्थिति रहेको थियो ।
Photo Suryaman Gurung 

मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरुमा केन्ट समूहको सोरठी नाच, केन्ट आमा समूहको अति नै रमाइलो कौडा नाच, केन्ट युथ टोलीको विभिन्न उत्कृष्ट नृत्य प्रस्तुतिले कार्यक्रमलाई अति नै मनोरञ्जन तुल्याएको थियो ।

हाम्रो अति नै पुरानो तथा लोपन्मुख सोरठी नाच हरेक वर्षको लोसार कार्यक्रममा प्रस्तुत गर्दै आइरहेकोमा यस वर्ष पनि सोरठी नाचले दर्शक श्रोताको मन जित्न सफल भएको थियो ।
यसैगरी डीएमटी टिमका दिनेश गुरुङले बाँसुरी र सारंगी, तुलसी रानाले हार्मोनियम, मीन गुरुङले मादलर, रेशम पाचेले ढोलक लाइभ म्युजिक बजाएर दर्शक श्रोताहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
यसैगरी नेपालबाट आमन्त्रित कलाकारहरूमा गायिका बिमला गुरुङले सुन्दर नृत्य र अति नै मिठो नेपाली गीत हरू गाएर मनोरञ्जन प्रदान गरेका थिए । 
Photo Suryaman Gurung 

त्यसैगरी चर्चित गायक
 शीतल गुरुङ, हरिमाया गुरुङ र रेजिना परियारले दोहोरी लगायत विभिन्न चर्चित नेपाली गीतहरू गाएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
सप्री ल्हो ल्होछार ल्होसार कार्यक्रमको सम्पूर्ण तस्बिर सूर्यमान गुरुङले लिएका थिए भने मनिराज गुरुङले भिडियो ग्राफिकको काम गरेका थिए ।
विशेषगरी सप्रि ल्हो ल्होछार/ल्होसार कार्यक्रमलाई भव्य रूपमा सफल बनाउनको लागि लागिपर्नु भएका कार्यक्रम संयोजक री क्या शेरबहादुर गुरुङ, सम्पूर्ण केन्ट गोर्खाली आमा समूह र दाजुभाईहरुमा समाजका अध्यक्ष श्री टेकमान गुरुङ लगायत सम्पूर्ण सदस्यहरु हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ ।
Photo Suryaman Gurung 

नेपालका राष्ट्रिय चर्चित कलाकारहरूको विभिन्न ट्रयाकका गीतहरूमा राति अबेरसम्म नाचगान गरेर भरपुर मनोरञ्जन लिएका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्यहरूलाई कार्यक्रम भव्य रुपमा सफल बनाइदिएको समाजका उपाध्यक्ष श्री राजकुमार गुरुङले सबैलाई धन्यवाद दिँदै अर्को वर्षको लोसारमा भेट्ने वाचा गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।