सप्री ल्हो ल्होछार ल्होसार कार्यक्रमको लागि आमन्त्रित कलाकारहरु बेलायत आइपुगे

गोरखा जिल्ला गुरुङ समाज युकेले सप्री ल्हो ल्होछार ल्होसार कार्यक्रम २०२४ का लागि आमन्त्रण गरिएको कलाकारहरु बेलायत आइपुगेका छन् ।

यस वर्ष गिद्ध वर्गलाई विदाई गर्दै नाग वर्गलाई स्वागत गरी मनाउने सप्रि ल्हो, लोछार भव्य रुपमा मनाउनको लागि गोरखा जिल्ला गुरुङ समाज युकेले शितल गुरुङ हरिमाया गुरुङ र बिमला गुरुङलाई आमन्त्रण गरिएको थियो । कलाकारहरू २५ डिसेम्बर बुधबारका दिन साँझ हिथ्रो विमानस्थलमा अवतरण गरिएको हो ।
कलाकारहरूको  स्वागतका लागि गोरखा जिल्ला गुरुङ समाज युके का अध्यक्ष  टेकमान गुरुङ, उपाध्यक्ष राजकुमार गुरुङ, सल्लाहकारहरु टकमान गुरुङ, धनबहादुर गुरुङ, बलराम गुरुङ (मदन), गणेश गुरुङ, दिनेश गुरुङ, निवर्तमान उपाध्यक्ष मिनकुमार गुरुङ, समाजका फोटोग्राफर, मनिराज गुरुङ लगायत अन्य सदस्यहरु हिथ्रो एयरपोर्ट पुगेका थिए ।  

गोरखा जिल्ला गुरुङ समाज युकेले, फानब्रो, अल्डरसट एरिया/ लन्डन एरिया र  फोक्सटन केन्ट एरियामा गरी तीन क्षेत्रमा हरेक साल पालो मिलाएर लोसार कार्यक्रम गर्दै आइरहेको छ ।
यसै क्रममा यस वर्ष केन्टस्थित हकिङ कम्युनिटी हल हेरोनमा हुने भएको छ । ल्होछार ल्होसार कार्यक्रम संयोजक रि क्या शेरबहादुर गुरुङका अनुसार कार्यक्रम बिहान १२ बजेदेखि बेलुका १० बजेसम्म हुने भएको छ ।
नेपालबाट आमन्त्रण गरिएका कलाकारहरू शितल गुरुङ हरिमाया गुरुङ र बिमला गुरुङको साथमा रेजिना परियारले पनि कार्यक्रममा प्रस्तुति दिने भएका छन् । कार्यक्रमलाई भव्य सभ्य रुपमा सफल बनाउनको लागि समाजको सम्पूर्ण सदस्यहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।