गोरखा जिल्ला गुरुङ समाज युकेको निमन्त्रणामा चर्चित गायिका तथा धार्चे गाउँपालिकाका उपाध्यक्ष सुनिला गुरुङ वेलायत आइ पुगेका छन् । गायिका सुनिल गुरुङ डिसेम्बर २२ तारिख साँझ ८ बजे लण्डन स्थित हेद्रो विमानस्थल ओर्लिएकी हुन् । विमानस्थलमा समाजका अध्यक्ष श्री टेकमान गुरुङ, सल्लाहकारहरु मदन गुरुङ आच्यो, टक मान गुरुङ, गणेश गुरुङ, एफ सी ए आमा समूहका अध्यक्ष श्रीमती देउ माया गुरुङ, सदस्यहरु श्रीमती टिका गुरुङ र दूर माया गुरुङ, खड्ग गुरुङले खदा र फुलको गुच्छाले भव्य स्वागत गरिएको थियो । समाजका उपाध्यक्ष राजकुमार गुरुङ भने गायिका सुनिला गुरुङ सँगै बेलायत आउनु भएको हो ।
चर्चित गायक तथा सर्जक मौसम गुरुङ १८ डिसेम्बर २०२५ का दिन आएका हुन ।
यस वर्ष पर्न गएको त ल्हो (घोडा वर्ग) ल्होछार/ल्होसार पर्व गायक तथा सर्जक मौसम गुरुङ र चर्चित गायिका सुनिला गुरुङको प्रस्तुतिमा भव्य रुपमा मनाउन गइरहेको छ । साथमा स्थानीय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक बेजोड प्रस्तुतिहरु पनि रहेको छ । ल्होछार/ल्होसार
कार्यक्रम यही आउँने शुक्रबार २६ डिसेम्बर २०२५ का दिन Empire Hall High Street, Aldershot, GU11 1DJ मा भव्यताका साथ मनाउने भएको छ ।