उपाध्यक्ष सुनिला गुरुङ द्वारा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत सँग भेटवार्ता





लण्डन, गोर्खा जिल्ला धार्चे गाउँपालिकाका उपाध्यक्ष तथा गायिका सुनिला गुरुङले बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीसँग भेटवार्ता गरेकी छिन । शुक्रबार ९ जनवरी २०२६ का दिन लन्डनस्थित केन्सिङटनमा रहेको नेपाली राजदूतावासमा कार्यवाहक राजदूत दुवाडीसँग भेटवार्ता गरेकी हुन् । उपाध्यक्ष सुनिलाले बेलायत स्थित नेपाली राजदूताबासमा भएको उक्त भेटघाटले आपसी समझदारी, सहकार्य र प्रवासी नेपाली, विशेष गरेर गोरखा जिल्ला धार्चे गाउँपालिका र गोरखा
जिल्ला गुरुङ समाज यूके बीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेकी छिन् । 

गायिका तथा उपाध्यक्ष सुनिला गुरुङले यस भेटघाटको लागि सहजीकरण गरिदिनु हुने तमुधि युकेका अध्यक्ष जुम काजी गुरुङ र व्यस्तताको बावजुद पनि भेटघाटमा सहभागिता जनाइदिनुहुने गोरखा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष टेकमान गुरुङ, निवर्तमान अध्यक्ष तथा सल्लाहकार फडकजित गुरुङ, एफसीए आमा समूहकी अध्यक्ष श्रीमती टिका गुरुङ र सामाजिक व्यक्तित्व बालचन्द्र गुरुङ लाई आफ्नो फेसबुकको स्टाटस मार्फत धन्यवाद तथा आभार व्यक्त गरेकी छिन । 

चर्चित गायिका तथा धार्चे गाउँपालिकाका उपाध्यक्ष सुनीला गुरुङ गोर्खा जिल्ला गुरुङ समाज युकेको निमन्त्रणामा २२ डिसेम्बर २०२५ का दिन बेलायत आइपुगेकी हुन भने चर्चित गायक मौसम गुरुङ १८ डिसेम्बर २०२५ मा बेलायत आएका थिए ।