गोरखा जिल्ला गुरुङ समाज युकेले स्थापना कालको १९ औँ वार्षिक उत्सव तथा साधारण भेला यही शनिबार २३ मे २०२६ का दिन Godmersham & Crundale Village Hall Canterbury Rd, Canterbury CT4 7DR हलमा गर्ने तयारी भइरहेको छ । गत शुक्रबार मे ८ तारिख समाजको अध्यक्ष श्री टेकमान गुरुङको अध्यक्षतामा बसेको भर्चुअल मिटिङले विभिन्न कार्यक्रमहरू तय गरी निर्णय गरिएको छ । समाजले स्थापनाको १९सौँ वर्षमा प्रवेश गरिरहँदा सदस्यहरुको सङ्ख्या बढ्ने क्रम जारी रहेको छ । विविध कारण सदस्यता बन्न नसक्नु भएका सदस्यहरुलाई पनि समाजको महासचिव,कोषाध्यक्ष र कार्य समितिलाई सम्पर्क गरी सदस्य बन्न पनि अनुरोध गरिएको छ । २०२१ साल भन्दा अगाडि आजीवन सदस्य र साधारण सदस्य रहने प्रावधान भएकोमा २०२१ पश्चात भने अजीवन सदस्य हटाएर सबै साधारण सदस्य रहने व्यवस्था भएको छ । सदस्यता बनेकाहरुको लागि टोकन अफ लव, पुरानो प्रावधानलाई पुन निरन्तरता दिने भएको छ ।
हरेक वर्ष फरक ठाउँमा गरिने कार्यक्रम यस पटक भने Godmersham & Crundale Village Hall Canterbury Rd, Canterbury CT4 7DR गरिने भएको छ । कार्यक्रमका संयोजक तथा समाजका उपाध्यक्ष क्याप्टेन शेर बहादुर गुरुङले कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको बताउनुभएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि कार्यक्रममा नेपालका राष्ट्रिय कलाकार चर्चित बाँसुरी बादक धन बहादुर गुरुङ र चर्चित गायिका रेश्मा तामाङले प्रस्तुति दिने भएका छन् ।
१९औँ वार्षिक साधारण भेला तथा समर विविक्यु कार्यक्रममा
सम्पूर्ण सदस्यहरु उपस्थित भएर कार्यक्रमलाई भव्य सफल बनाइदिनु हुन अध्यक्ष तथा सातौं कार्य समिति हार्दिक अनुरोध गर्दछ । साथै समाजको भाइबरमा उपस्थितिको लागि नाम लेखाउन छुट्नु भएका सदस्यहरुलाई यथाशक्य आफ्नो नाम लेखाएर कार्यक्रमलाई सफल बनाउनको लागि सहजीकरण गरिदिन हुन कार्य समिति हार्दिक अनुरोध गर्दछ ।
