गोरखा जिल्ला गुरुङ समाज युकेको १९ औँ वार्षिक उत्सव तथा साधारण भेला शनिबार २३ मे २०२६ का दिन Godmersham & Crundale Village Hall Canterbury Rd, Canterbury हलमा भव्य सभ्य रुपमा सम्पन्न भएको छ ।अध्यक्ष श्री टेकमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्री थम प्रसाद गुरुङ र अध्यक्ष श्री टेकमान गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । समाजका महासचिव समीर गुरुङले सञ्चालन गरेको १९ औँ वार्षिक साधारण भेलामा समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक क्याप्टेन शेर बहादुर गुरुङले कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद र हलको सुरक्षा सम्बन्धी विवरण दिँदै स्वागत मन्तव्य राखिएको थियो ।
समाजका महासचिव समीर गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष श्रीमती मेसा गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । केन्ट आमा समूहद्वारा
कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्यहरुलाई चिया कफी र खाजाको व्यवस्था गरिएको थियो । साधारण सभामा वर्तमान परिवेश र निकट भविष्यमा गरिने विविध कार्ययोजनाहरुको बारेमा लामो छलफल र बहस गरिएको थियो । प्रमुख योजनामा समाजले लगानी गर्ने भनिएको property investment को सम्बन्धमा समाजका सल्लाहकार टक मान गुरुङले विस्तृत रुपमा जानकारी गराइएको थियो ।
केन्टको क्षेत्रीय संयोजक राजु गुरुङले युवाहरुले गरिने कार्यक्रमहरुको बारेमा जानकारी र मेम्बरशिप पोर्टलको बारेमा नयाँ अवधारणा प्रस्तुत गरिएको थियो । यस मेम्बरशिप पोर्टल लागू गर्न सकिएमा सदस्य विवरण र नवीकरणमा कोषाध्यक्षलाई धेरै सहज हुने अनुमान गरिएको छ ।
संस्थाको आधिकारिक नयाँ इमेलको बारेमा समाजका महासचिव समीर गुरुङले जानकारी गराइएको थियो भने वेबसाइटको विषयमा webmaster हरि गुरुङले विस्तृत जानकारी गराइएको थियो । समाजले हरेक तीन वर्षमा प्रकाशित गर्दै आइरहेको दरौदी थेम्स पत्रिकाको छैठौँ संस्करण प्रकाशनको सम्बन्धमा पत्रिका संयोजक समाजको सल्लाहकार तुल बहादुर गुरुङले जानकारी गराइएको थियो ।
कार्यक्रमको अन्तमा सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपालका चर्चित बासुरी बादक धनबहादुर गुरुङले डीएमटी ब्यान्डको साथमा समधुर आवाजमा बाँसुरी बजाएर सबैलाई मनोरञ्जन प्रदान गरिएको थियोे । सारङ्गीमा डीएमटी ब्यान्डका दिनेश गुरुङ र मादलमा मिन गुरुङले साथ दिएको थियो । बेलायतको सांगीतिक कार्यक्रममा रहेकी रेश्मा तामाङले विभिन्न नेपाली गीत र गुरुङ गीतहरूमा आफ्नो प्रस्तुति
दिएर भरपुर मनोरञ्जन प्रदान गरिएको थियो । रेश्मा तामाङ र उदय गुरुङले अत्यन्तै मिठो दोहोरी गाएर उपस्थित सम्पूर्णलाई मनोरञ्जन प्रधान गरिएको थियो । कार्यक्रम अवधिभरको फोटो र भिडियो मनिराज गुरुङले क्याप्चर गरिएको थियो । साउन्ड सिस्टम समाजको सल्लाहकार दिनेश गुरुङले गरेका थिए । कार्यक्रममा मिष्ठान्न भोजन गोरखा भिल्ला रेस्टुरेन्ट बाट व्यवस्था गरिएको थियो ।