ल्होछार/लोसार पर्व २०२६ को पूर्व तयारी बैठक सम्पन्न

गोरखा जिल्ला गुरुङ समाज युकेले आउँदै गरेको तमु गुरुङहरूको महान पर्व ल्होछार/लोसारको पूर्व तयारी बैठक शनिबार ३ अक्टोबर २०२६ का दिन सम्पन्न गरेको छ  ।

भर्चुअल बैठक अध्यक्ष टेकमान गुरुङको अध्यक्षतामा महासचिव समीर गुरुङले सञ्चालन गरेको थियो ।
झन्डै ३ घण्टा लामो समय बसेको कार्यसमितिको बैठकमा विभिन्न विषयहरूमा गहन छलफल गरी (त ल्हो) घोडा वर्गलाई विदाई गरी (ल्हुल्हो) भेडा वर्गलाई स्वागत गरी मनाउने पुसे १५ लोसार पर्व भव्य रुपमा मनाउने निर्णय भएको छ ।
कार्यसमितिको दोस्रो तथा अन्तिम तयारी  बैठक आगामी डिसेम्बर १९ तारिख बिहान १० बजेदेखि १२ बजे सम्म पुनः भर्चुअल माध्यमबाट  गरिने आजको बैठकले निर्णय गरेको छ ।