कोषाध्यक्षको स्वागत तथा शुभकामना

कोषाध्यक्ष
राज कुमार गुरुङ  
पहाडी बजार गोर्खाको आगनमा ओर्लाने बितिकै welcome to Gorkha अक्षर हरुको यस्तै स्वगत मिल्छ ! एतिहासिक स्थल र शाह बंशीय राजाहरुको उदगम थलो र नेपालको पुरानो राजधानी हाम्रो गोरखा ! यही जिल्लामा जन्म भइ बिभिन्न पेशा ब्यबसाय को कारणले हाल यू के को बिभिन्न स्थानमा बसोबास गरि आउनु भएका सम्पूर्ण गुरुङग हरुको साझा सस्था हो गोर्खा जिल्ला गुरुङग समाज यू के ! कुन परिस्थिति, कुन एस्थितिमा र कुन उदेस्यले हाम्रो समाजको जन्म गरियो यस प्रति म दोर्याऊंन चाहन्न ! किन भने तपाई हरुले हाम्रो पहिलो ....२०१० ... २०११ मा नै पदी सक्नु भएको छ ! मात्र स्मरण गराउन चाहन्छु ! एउटा बिसुदा परोपकारी उदेश्यले स्थापना गरिएको समाज हो हाम्रो गोरखा जिल्ला गुरुङग समाज यू के !
हाम्रो आफ्नै कला सस्कृति र
परम्पराको समरक्षण तथा सम्बर्दन गर्न साथै आफ्नो समाज भित्र रहेका समस्याहरुको समाधानको सामाजिक दायितव पुरा गर्ने पबित्र उदेश्यले यस समाजको स्थापना भएको हो ! यसै भित्र रहेर अगि बढौ, लागि परौ भनि म बिनम्र अनुरोध गर्न चाहन्छु ! हाम्रो समाज छैटौ बर्ष पुरा गरिसक्दा र यहाँ सम्म आइ पुग्दा सम्म समाजले के कति कार्क्रम र गतिविधिहरु संचालन गर्यो र समग्रमा यसका उपलब्धिहरु सहित सस्थाका सबल र दुर्बल पक्षहरु सम्बन्धमा तपाई हरुले मुल्यांकन गरिराख्नु भएकै छ होला र भबिश्य एबम इतिहासले समेत अबश्य मुल्यंकन गर्ने नै छ !

हामी केहि कुराको निर्णय गर्दा आफुलाई अनुकुल हुने खालको गर्छौ ! आफुलाई मन परेको कुरा मात्र ठिक र सहि हो भन्ने लाग्दछ ! यो मानबिय कमजोरी हो यसलाई समाज र आन्तरिक हृदय बाट नै हटाउनु पर्छ ! त्यसैले हामी गोरखा जिल्ला गुरुङग समाज यू के का सम्पूर्ण बन्धु हरुमा के अनुरोध गर्न चाहन्छु भने एकले अर्का लाइ सम्मान गर्न प्रति बद्ध रहौ, आफ्नो जिमेवारी लाई पुरा गर्न गरौ ! कुनै पनि काम पारदर्शी तरिकाले गरौ, अनुसाशन र नियम भित्र रहेर काम गरौ, सदा सर्बदा सकारात्मक सोच लिएर काम गरौ, भन्दै हामी गोरखा जिल्ला वासी तथा गोरखा  जिल्ला गुरुङग समाजको चौतर्फी बिकाशको निम्ति सदा सर्बदा समर्पित रहौ ! समाजको उन्नति र प्रगतिको लागि मेरो तर्फ बाट सबै खाले भूमिका, सहयोग र समर्पण अविछिन्न रुपमा रहनेछ भन्दै यस ल्हु ल्होसार २०१५ (नया बर्ष ) को पावन अबसरमा मेरो व्यक्तिगत तथा सस्थाको तर्फबाट यहाहरुको सुख, शान्ति एबम उतरोतर प्रगतिको हार्दीक मंगलमय शुभकामना तथा सम्पूर्ण महानु भाबहरुलाई स्वगत गर्न चाहन्छु  !

जय तमु, जय गोरखा जिल्ला गुरुङग समाज यू के