गोर्खाली युथ यू के को गोरखामा स्वास्थ्य शिबिर २०१४


नविना गुरुङग

बिबिन्न पेश ब्यबसाय लगायतको परिस्थिति बाबजुद आफ्नो जन्म थलो एतिहासिक जिल्ला गोर्खाका बिभिन्न गाउ बस्तीहरु छाडी बेलायत बस्ने गुरुङग युवा युबतिहरुले आफ्नै तह बाट गरिएको रकम संकलन मार्फत युबाहरुको संगठन गोरखाली युथ यू के को तर्फ बाट गृह जिल्ला गोरखाको श्रीनाथ
कोट र मकैसिङ्ग गाउमा निशुल्क स्वास्थ्य शिबिर संचालन गरि स्थानिया जनसमुदायमा सेवामुलक

योगदान पुर्याएका छन् l
मिति २०१४ जनवरी १० र ११ मा श्रीनाथकोटमा र २०१४ जनवरी १४ र १५ तारेखमा मकैसिङ्गमा
शिबिर आयोजना गरिएको थियो  l उक्त कार्य सम्पन्न गर्नका लागि बेलायत बाट नविना गुरुङगको
संयोजकतोमा ५ जना टोलि नेपाल आएको थियो  l टोलीका अन्य सदस्यहरुमा सृजना गुरुङग (नर्स )
तर गुरुङ (नर्स ), सलिना गुरुङ (विद्यार्थी नर्स ) र अबिभाबक धन बहादुर गुरुङग हुनुहुन्थ्यो   l

आखा, दात, स्त्रीरोग र साधारण बिरामी बिषयमा सेवा उपलब्ध गरिएको उक्त शिबिरहरुमा काठमानडौ
बाट सम्बन्धित बिशेसज्ञ एबम चिकित्सकहरु ल्याएको थियो l  दन्त विशेशज्ञडा बिमल गुरुङग,
आरती गुरुङ, र उनको टोलि, त्यसै गरि नर्भिक अस्पतालका बरिस्ठ जर्मन डा लुसी थेलचर र गोकुल भट्ट आउनु भएको थियो l शिबिर अबधिभर आबशेक सामग्री बन्दोबस्तको सहयोग आपिपल अस्पतालका डा तथा सम्पूर्ण कर्म चारिहरु स्वयंम खटेर मिलाउनु भएको थियो  l त्यसरी  नै बिर काजी गुरुङ, ज्ञानु गुरुङ , बाबुराम गिरि   नविना गुरुङ र फार्मेसिस्ट नरेश गुरुङले पनि सिबिर अबधिभर सहयोग गर्नु भएको थियो l लोक गुरुङ र चेत गुरुंगले मकैसिङ्ग सिबिरको खान प्रयोजन गरि सहयोग गर्नु भएको थियो l  बेलायत यू के बनेको
योजनालाई पूर्णता दिनको लागि बेलायत काठमानडौ,   र गाउको आमपिपल अस्पताल  सबै संग सम्पर्क तथा आबशेक  बन्दोबस्तको भूमिका  श्रीनाथकोट काठमानडौ सम्पर्क  समितिले गरेको  थियॊ  l