स्वस्थ तथा खुशी रहन थाईची अभ्यास


Man Gurung
Instructor Member of Taichi Union of Great Britain
Consultant.
मानिसको जिबनमा स्वस्थ रहन र जिबनलाई सार्थक बनाउनको लागि पनि खुशी रहन आवश्क रहन्छ ! बिभिन्न किसिमका समस्याहरुले ग्रसित भएका मानिस खुशी हुन् बाट बन्चित हुन्छन ! मानिसको बाल्यकालमा भय त्रास, चिन्ता इत्यादी समस्याहरुको कम प्रभाब पर्दछ ! उसको उमेरको बृद्दि संगै आबस्यकता तथा चुनौतिहरु पनि बढ्दै जान्छ ! तर त्यस लाई सामना गर्नको लागि जिबनमा उसले गर्ने उपलब्धि हरुले पनि मद्दत गर्दछ ! आबस्यकता अनुसारको चुनौतिहरु सामना गर्नका लागि हामीहरु मानसिक तथा शारीरिक रुपले तन्दरुस्त हुनु पर्दछ ! पश्चिमा देशहरु युरोप तथा अमेरिकामा सारीरिक व्ययम को बिकाश धेरै भए पनि मानसिक व्यायामको बारेमा प्रयोग त्यति भएको रहेनछ ! तर अहिले पुर्बी आशिया चाइना ,
जापान, इन्डिया र नेपालमा , थाईची , योग र ध्यानको विकास भएको हुनाले अहिले पश्चिमा देश हरुमा पनि बढ्दो प्रयोग भएको पाइन्छ !

Capt (Retd) Sher Bahadur Gurung

Captain (Retired) Sherbahadur Gurung was born on 30 September 1968 in Hansapur GBS Word No 9 Sungure, Gorkha West Nepal. He was enlisted into Brigade of Gurkhas on 30 January 1987 at the British Gorkha Pokhara. On completion of his basic recruit training in Hong Kong, He joined C company of 6th Queen Elizabeth’s Own Gurkha Rifles at the Churchcrookham in United Kingdom. During the time of amalgamation in 1994, he was transferred to 1st Battalion the Royal Gurkha Rifle (1 RGR) in Brunei. On promotion to Sergeant in 1999, he assumed the appointment of Manoeuvre Support Section Commander in C Company and later posted to the training wing in Headquarter Company (HQ Coy) as an instructor. He was promoted to Colour Sergeant in 2001 and took over the post of Company Quarter Master Sergeant (CQMS) in the C Company and subsequently held the appointment of Company Sergeant Major (CSM) in 2003. On completion of the Mortar Officers/2IC course in Warminster in August 2006, he was commissioned

Gorkha Zilla Gurung SamajUK Lhosar 2014 Part A

Random Pictures of Gorkha Zilla Grg Lhosar 2014

गुरुङ परिषद्का अध्यक्ष रेशम बेलायतमा

Sabhar everesttimes.net/ गुरुङ परिषद्का अध्यक्ष रेशम बेलायतमा एटा संवाददाता - गोर्खा जिल्ला तमु समाज यूकेको निमन्त्रणामा बेलायतमा भ्रमणमा रहेका तमु ह्यूल छोज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ बेलायतमा विभिन्न संघसंस्थाले आयोजना गरेको विविध कार्यक्रम तथा ल्होछार उत्सवमा व्यस्त छन् । तमुहरुको महान चाड ल्होछारको अवसरमा आमन्त्रित अध्यक्ष गुरुङ बेलायतमा भेटघाटमा व्यस्त देखिन्छन् । उनले आफ्नै गृह जिल्लावासी तमु ल्होछार साथै तमुधिं यूके र तमु प्ये ल्हु संघ यूके लगायतको ल्होछार कार्यक्रममा सहभागिता जनाएका छन् ।

ल्होछार तिमीलाई स्वागत छ

हरि तमु
कल्दुंग गोरखा (हाल स्विनडन)

सुनौलो बिहानीको किरण झैँ भएर
हरेक बर्ष आउनु ल्होछार तिमीलाई स्वागत छ
तमुहरुको सस्कार सस्कृतिलाई सधै
सजाएर आउनु ल्होछार तिमीलाई स्वागत छ।

सम्पूर्ण तमुहरुको एकता, जोश, जागर  र  खुशी
लिएर आउनु ल्होछार तिमीलाई स्वागत छ
सु स्वास्थ्य, दिर्गायु र सफलता लिएर
आउनु  ल्होछार  तिमीलाई स्वागत छ ।

अतीतलाई फर्केर हेर्दा (सल्लाहकार गोरखा जिल्ला गुरुङग समाज यू के )


तुल बहादुर  गुरुङ,  ब्यखारका हाल फोल्कस्टोन, बेलायत

समाज द्वारा प्रकासित स्थानिया पत्रिका"दरौदी थेम्स" मार्फत मेरो केहि बिगतका स्मृतिहरू दोहोर्याउनेप्रयाश गरि रहेको छु I यो ५१ बर्ष पहिलेको कुरा हो…! हंगकंगका नांगा डाँडा, भिर पखेरु हरु मा सरकारी झोलापिठ्युमा बोकेर साथै राइफल काँधमा भिरेर लडाईको कठिनअभ्याश हरु गरेको हिजै जस्तो लाग्छ I यतिका दिनहरु बितिसकेछन तर सम्झना अझै मनमस्तिकमा ताजा नै...! रात भरिहिडेर लखतरान परेको बेला, दिएको
समय भित्र शुरकछितखाल्डो (Trench) खनेर, उकुश मुकुश हुने घाम को रापमा, भित्रलुकेर बस्नु पर्ने बाध्यता..! अहिले ति छन् हरु सम्झेर ल्याउदा , कसरि सकेको थिए होला जस्तो लाग्छ I मानिसको शरीरलाई

शुभ कामना भरत रोका (अध्यक्ष गोरखाली समाज यूके)

गोरखा जिल्ला गुरुग समाज यूकेले आफ्नो जतिको कलासस्कृति,रितिरिवाज,रहनसहन, र परम्पराको जगेर्ना गर्ने उदेस्यलेतयार पारिएको पुस्तक " दरौदी थेम्स" को तेस्रो सस्करण प्रकासितगर्नु भएकोमा गोरखा जिल्ला गुरुग समाज यूके लाइ हार्दिकसुभकामना दिन चाहन्छु । उक्त पुस्तकले समाजमा भएका गलतसस्कार हरुलाई सहि मार्ग निर्देसित गराई नया पिडीलाई आफ्नोकला सस्कृति रितिरिवाज रहनसहन र परम्पराको बाटोमा सहि ढंगलेअगाडी बढाउदै लानेछ भन्ने मैले महसुस गरेको छु । यस अंकले राष्ट्रियता, जति, धर्म, उमेर, लिङ्ग लाइ विभेद नगरीसमाजको पारस्परिक विचार उकास्न उल्लेखेनिया मदत गर्नेछ भन्नेकामना गर्दछु । साथै बिदेसमा बसेरपनि आफ्नो देसको कला रसस्कृतिको जगेर्ना गर्नु को साथै समाजमा भैपरीआएका परोपकारीकामगरी समाज

अन्तर्वार्ता,जिन्दगीको …..!


भक्त गुरुंग बोस्टन यु.एस.  

यस कथा नेपाली समाजमा हुने लिंगीय भेदभावमा आधारित छ! साथै हिन्दू नारीहरुको महान् चाड तिजको शुभ अवसरमा  तयार पारिएको हो ! यस महान् चाडको उपलक्ष्यमा सम्पूर्ण नेपाली नारीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु|)
एउटी टुहुरी केटीको अन्तरकथा ,बेदना ,पिडा जुन सामान्य मानिसमा भन्दा फरक हुन्छ;उनीमा पनि त्यो छटपटी ,उकुसमुकुसपना हृदयविदारक अंतर्द्वंद आदि इत्यादी थियो,,हुनु स्वाभाविकै  हो ! एउटा सम्भ्रान्त परिवारमा जन्मिएर पनि उनमा एउटा बन्धन छ समाजको,भेदभाव छ लिङ्गको | नारी भएकै कारण उनको जीवनमा ठुलो आरोह अवरोह भएको छ एउटा सम्बेदनशील नारी जो ‘आमा’जस्तो पवित्र शब्दको अधिकारी हुन सक्छे हाम्रो समाजले बुझी रहेको छैन
बुझ्ने प्रयास गरेको देखिंदैन! ‘सम्झना’एउटी अत्यन्तै सरल ,सोझी र एउटी पूर्ण नारी!                                     
मानव जीवन,एउटा जैविक प्राणीको नाताले उनमा एउटा हृदय ,एउटा स्वच्छ मन आदि इत्यादी जुन एउटा मानवमा हुन्छ ;एउटा भावना |उनलाई पनि समयको परिवर्तन संगै शारीरिक एवं मानसिक परिवर्तन तर्फ उन्मुख गराउदै लग्यो | एकाइशौं  बशन्त पार पछी उनमा एककिसिमको मानसिक परिवर्तन

यसकारण उनी चर्चित दश जनामा परे ।


साथीभाइ माझ जे गुरुङ भनेर चिनिने जीवन गुरुङ एउटा गैरसरकारी संस्था ग्रासरुट मुभमेन्ट इन नेपाल (जिमिन) युके का सक्रिय सदस्य हुन् । सन् २०११ मा उनी र साथीहरुले गोर्खा कप र नेपाली मेलामा टिसर्ट, व्याच आदि बेचेर दाङ जिल्लमा विद्यालय भवन बनाउन दुईहजार पाउण्ड उठाएका थिए । सन् २०१२ मा उनले २६ माइल लामो लण्डन म्याराथुन दौडेर एस्थर बेन्जामिन्स ट्रष्टका लागि १८०० पाउण्ड उठाए । उक्त संस्थाले भारतमा सर्कसमा काम गर्न बेचिएका बालबालिकालाई उद्धार गर्ने काम गर्दछ । सन् २०१३ मा लण्डनमा पहिलो पटक आयोजित ‘वाक फर नेपाल’ का उनी संयोजक थिए । उक्त पदयात्राका १ सय २० जना भन्दा बढी सहभागीहरुले नेपालका विभिन्न संस्थाका लागि झण्डै तीन हजार पाउण्ड उठाएका थिए । यसै वर्ष जुन महिनामा हेल्प नेपाल नेटवर्कलगायत विभिन्न संघसंस्थासँगको सहकार्यमा उनले लण्डनको रिचमण्ड पार्कमा दोस्रो ‘वाकफर नेपाल’ को पनि संयोजन गरेका थिए । बेलायतको बाथ विश्वविद्यालयबाट फार्मेसी विषयमा स्नातकोत्तर गरेका जीवन गुरुङ गोर्खाली युथ युकेका एकजना सक्रिय सदस्य पनि हुन् । यसै वर्ष जनवरी महिनामा उनले गोर्खा जिल्लामा गई स्वास्थ्य शिविर आयोजना गर्न सघाएका थिए । - See more at: http://www.nepalbritain.com/?p=18858#sthash.oZcztttv.1UtLNYQO.dpuf

गोरखा जिल्ला गुरुङ समाज यू के अत्यन्त जरुरि सूचना !!

गोरखा जिल्ला गुरुङ समाज यू के ले महान पर्ब ल्होसारको पुनित अबसरलाई  लछित गरेर प्रकाशित गर्दै आएको दरौदी थेम्स को तेश्रो अंक प्रकाशित गर्न गैरहेको कुरा इमेल मार्फत पहिले नै जानकारी गराईसकेकोमा यहाहरुलाई पुन सहर्ष जानकारी गराउना चाहान्छौ ! तसर्थ तमु जातिसँग सम्बन्धित विभिन्न बिषयहरुमा लेख, रचना, साहित्य, कथा, कविता, गीत गजल, साथै ल्होसारको शुभकामना तथा अन्य सन्देशहरु, र व्यवसायिक विज्ञापनहरु यही ३१ अगष्ट २०१४ सम्म आई पुग्ने गरि निम्न ठेगानामा इमेल गरि पठाई सहयोग गरि दिन हुन हार्दिक अनुरोध गरिन्छ !
लेख रचनाहरु र अन्य सामाग्रीहरु पठाउनको लागि इमेल ठेगाना :
gurung_tham@hotmail.com


गोरखा जिल्ला गुरुङ समाज यू के